Thursday, October 29Nepali Online News Portal

Author: Krishnanagar Today

कपिलवस्तुमा बस दुर्घटना २८ जना घाइते ।।

कपिलवस्तुमा बस दुर्घटना २८ जना घाइते ।।

मुख्य समाचार
कपिलवस्तुमा बस दुर्घटना २८ जना घाइते ।। कपिलवस्तुको बेलनदी नजिकै काठमाडौँ देखि दाङको आउदै गरेको बस दुर्घटना हुँदा २८ जना बढी घाइते भएका छन । घाइतेहरुको चन्द्रौटा स्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भैरहेकोछ । एक जना ७२ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन । वृद्धलाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटनामा परि पल्टिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।...
आठौं साधरण सभा सम्पन्न

आठौं साधरण सभा सम्पन्न

जीवनशैली, विश्व, समाचार, सुचना प्रविधि
प्रदीप चौबे कृष्णनगर / असार २८ मिति २०८२ साल असार २८ गते एम्नेष्टी इन्टरनेसनल नेपाल समुह-५१ कपिलवस्तुको साधरण सभा कार्यक्रमको अध्यक्ष फजल महमुद खानको अध्यक्षतामा सम्पन्न भयो । अन्तर्राष्ट्रिय मानव अधिकार क्षेत्रमा काम गर्ने एम्नेष्टी इन्टरनेसनल नेपाल समूह-५१ कपिलवस्तुको आठौ साधरण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा समूह-५१ कपिलवस्तुको उप-संयोजक/ कार्यक्रम अध्यक्ष फजल महमुद खान, प्रमुख अतिथी- मौलाना महसुद खां नेपाली, सदस्य- राधे श्याम शुक्ला, सुधांशु गिरी, शेर बहादुर बि.क, कमला प्रसाद भुसाल, कृष प्रसाद घिमिरे, आमन्त्रित मो.इशहाक, साजिद अलि मुसलमा, नारायणी पाण्डे, सुनिल कुमार मोदनवाल र अरशद अहमद खां लगायतको उपस्थिति रह्यो । कार्यक्रममा प्राय सबै जनाले आ-आफ्नो कुरा राख्नु भयो । एम्नेष्टीलाई कृष्णनगरमा कुन प्रकारले मजबुत बनाउने र समूह विस्तार गर्ने सम्बन्धमा बोल्नु भयो । का...
लागू औषध सहित एक जना पक्राउ

लागू औषध सहित एक जना पक्राउ

सामाजिक सञ्जाल, सुचना प्रविधि, स्वास्थ्य/उपचार
सुधांशु गिरी लिंक गेट, कृष्णनगर/ असार २५ मिति २०८२/०३/२३ गते साझा अन्दाजी ०४:०० बजे कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट भन्ने स्थान बाट लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्रहरी जवान बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले असार २४ गते मंगलवार बेलुका साढ़े तीन बजे तिर भारत बाट नेपाल आउदै गरेका कपिलवस्तु शिवराज नगरपालिका वडा न.१ बनकसबास बस्ने २२ बर्षिय सुमन सुदारोलाई संकाको आधारमा प्रहरीले पक्राउ गरेका छन् । इ.प्र.का.कृष्णनगर बाट खटिएको प्रहरीले सुमन चुदारोलाई शंका लागी चेकजाँच गर्दा निजले लगाएको बाया खुट्टाको चप्पल भित्र लुकाई छिपाई राखेको ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लई सम्मानित अदालतबाट म्याद थप गरी अनुशन्धान कार्...
हरायेको मोटरसाइकल फेला पारियो

हरायेको मोटरसाइकल फेला पारियो

समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर मिति २०८२।०३।२० गते साझ अ. १५:०० बजेको समयमा जिल्ला कपिलवस्तु साविक रामनगर गा.वि.स. वडा नं. ०८ हाल कृष्णनगर न.पा.वडा नं.११ सरफर बस्ने वर्ष ५० को रामनाथ चौधरीको नाममा दर्ता रहेको ईन्जिन नंम्बर MD2A57BZ 8EWD21697 र चेसिस नंम्बर DAZWED-11257 भएको निलो रङको लु २२ प ७४९७ नंम्बरको बजाज डिस्कबर मोटरसाईकल जिल्ला कपिलवस्तु कृष्णनगर न.पा. वडा नं.०१ मडाहा स्थित कृष्णनगर-सुन्दरीडाँडा (RTO) सडकखण्ड स्थितबाट चोरी भएकोमा खोजतलास गर्दै जाने क्रममा मिति २०८२।०३।२० गते बेलुका अन्दाजी १५:३० बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ यात्रु गेट स्थितमा देश भारत उत्तर प्रदेश जिल्ला खुस्रीनगर लाजाबजार खड्डा बस्ने बर्ष अं.२५ को सोनु कुर्मीले लिदैगरेको अबस्थामा फेला पारी निजलाई सोही स्थानबाट रित पुर्वक पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित कपिलबस्तु जिल्ला अदालतबाट...
प्रहरीसँगको सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न

प्रहरीसँगको सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न

जीवनशैली, सामाजिक सञ्जाल, सुचना प्रविधि
लालु चौधरी -कपिलवस्तु कपिलवस्तुकाे कृष्णानगर नगर पालिका वाड-१२ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाई’ कार्यक्रम समापन भएको छ । ईलाका प्रहरी कार्यालय कृष्णानगर र प्रहरी चौकी कार्यालय बेदार्मी आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालयसँग शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित केही व्यक्तिहरुले सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छुटको सट्टा अभद्र व्यवहार हुने गरेको, खाल्डाखुल्डी सडकले सास्ती खेप्नु परेको गुनासो गरेका थिए । त्यस्तै भीआईपीलाई बढी सुरक्षा र सर्वसाधारण असुरक्षित भएको गुनासो गरेका थिए भने प्रहरीलाई आवश्यक सवारी नभएको पनि गुनासो आएको थियो उनले पहुँचका भरका अपराधी सुरक्षित हुने दिन सकिएको भन्दै अन्यायमा परेकाले न्याय पाउनेमा ढु...
नि:शुल्क स्वास्थ्य शिविर, १ सय १२ जना सेवाग्राही

नि:शुल्क स्वास्थ्य शिविर, १ सय १२ जना सेवाग्राही

स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी विजयनगर/ असार ७ कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । वडा नम्बर ४ काे जनज्याेति माध्यमिक विद्यालय शंकपुर-देउपुरामा महिलाहरुमा हुने प्रजनन स्वास्थ्य समस्याको स्कृनिङ तथा व्यवस्थापनका लागि नि:शुल्क स्वास्थ्य शिविर गरिएको हाे । गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजना र मेरी स्टाेभ चन्द्राैटाकाे प्राविधिक सहयोगमा १ दिने स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखाका अधिकृत इन्द्र प्रसाद भण्डारीले जानकारी दिए । उनले स्वास्थ्य शिविर मार्फत १ सय १२ जना महिलाहरुले सेवा लिएकाे बताए । उनका अनुसार २२ जना महिलाकाे पाठेघरकाे मुखकाे क्यान्सरकाे परिक्षण गरिएको छ भने ३ जना महिलालाई रिङ पेसरी राखिएकाे छ । स्वास्थ्य शिविरबाट नि:शुल्क औषधी वितरण, महिला तथा स्त्रीराेग विशेषज्ञबाट नि:शुल्क जाँच, महिलाहरुमा देखिने फिस्टुला रा...
आवश्यकतानुसार समाग्री वितरण

आवश्यकतानुसार समाग्री वितरण

जीवनशैली, समाचार, सामाजिक सञ्जाल, स्थानिय तह, स्वास्थ्य/उपचार
सुधांशु गिरी विजयनगर/ असार ६ मिति २०८२ साल असार ६ गते शुक्रवारका दिन विजयनगर गाउँपालिका प्रमुख - गोपाल थापा को सहयोग र उपस्तिथिमा आवश्यकतानुसार समाग्री विजयनगर गाउँपालिका कार्यलयको हाता भित्र आवश्यकतानुसार समाग्री वितरण गर्नु भयो । शारीरिक विकलाँँग भएको व्यक्तीलाई आवश्यकतानुसार समाग्री विजयनगर गाउँपालिका मेयर - गोपाल थापा द्वारा व्हील चेयर-२६ थान, व्हील चेरय (हैन्डीकैप्ट)-१ थान, इएर फोन-११ थान, सेतो छडी-१५ थान, तिन पांग्रे साईकल-३ र चश्मा-१ थान लगायत जम्मा ५७ समाग्री दिनु भएको हो । यसै गरि विजयनगर मेयर थापाले जनताको सेवामा तात्पर्य निहित रहनु भएको देखिन्छ । समाग्रीको साथमा आवश्यक बुझी र घरमै काम गरि कमाउने खाने महिलाहरुलाई सिलाई मसिन वितरण गरेको जानकारी रवि प्रताप यादव बाट प्राप्त भयो । ...
कपिलवस्तुको विजयनगरमा चट्याङ लागेर एक महिलाकाे मृत्यु

कपिलवस्तुको विजयनगरमा चट्याङ लागेर एक महिलाकाे मृत्यु

Uncategorized
धर्मेन्द्र कुर्मी विजयनगर ७ कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु भएको छ ।कपिलवस्तु जिल्लाकाे विजयनगर गाउँपालिका-५ नाैरंगिया बस्ने अन्दाज ४०/४५ वर्षीय जन्ममति यादवकाे चट्याङले मृत्युु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार डालपुर-नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार करिब साँझ साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटना स्थलमै यादवकाे मृत्यु भएकाे हाे । शवलाई पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको उनलेे बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जनाए ।...
संवाद कार्यक्रम सम्पन्न

संवाद कार्यक्रम सम्पन्न

अन्तर्वार्ता, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर-४/ जेठ २८ उदाँउदो नेपालको अयोजना र कृष्णनगर न.पा.को सहयोगमा कृष्णनगर न.पा.४ रमवापुर श्री शिव शक्ति आधारभुत (१-५) विधालयमा सरोकारवाला संग संवाद कार्यक्रम समपन्न गरियो । उदाँउदो नेपाल, कपिलवस्तुको सचिव निर्भय सिंह ज्युको अध्यक्षता र वडा.न.४ को वडा अध्यक्ष घन्श्यम बनियाको प्रमुख अतिथ्यको साथ बिनय कुमार गिरी (नगर सभापती- नेपाली काग्रेंस/ समाज सेवी), बाल जी मिश्रा (समाजसेवी), अखिलेश कुमार ठाकुर (वडा सदस्य वडा न.४), समेत ४५ जनाको उपस्थिति रह्यो । उक्त कार्यक्रमा मेलमिलापको बारे मौखिक र चलचित्र बाट जम्मा रहेका व्यक्तिहरु लाई देवेन्द्र पाण्डे द्वारा सम्झाइयेको हुन । मेलमिलाप कुन क्षेत्र र कसरी काम गर्छ बताईयो । केही कुनै समस्या परेमा (झै-झगडा, कुटपिट, जग्गा बारे विवाद, लगायत) छलफल गरिन्छ । श्री सम्मानित अदालत जानू पर्दैन भन्दै पाण्डे ज्युले जानकारी गराउनु भयो ...
पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम

जीवनशैली, समाचार, स्वास्थ्य/उपचार
सुधांशु गिरी जेठ १८/ कृष्णनगर-४ मिति २०८२ साल जेठ १८ गते दिन आइतबार कृष्णनगर-४, सिर्सिहवा स्वास्थ्य चौकीमा  कृष्णनगर नगरपालिकाको आयोजनामा `पुर्णखोप सुरक्षित भविश्य´ खुशी नगरवासी, समृद्ध कृष्णनगर नाराका साथ पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गरियो । सिर्सिहवा स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष एवं खोप समन्वय समिती अध्यक्ष श्री घनश्याम अग्रहरी बानिया ज्युको अध्यक्षतामा पुर्णखोप दिगोपना तथा सुनिश्चितता वडा स्तर घोषणा गरियेको हो । कार्यक्रममा सिर्सिहवाका वडा अध्यक्ष- घनश्याम अग्रहरी बानिया, चौकी इन्चार्ज- गोपाल ढाडी (प्र.स.नि), बाल जी मिश्रा, पवन कुमार हरिजन (वडा प्रविधिक), अखिलेश कुमार ठाकुर (वडा सदस्य), सोमना पासी (वडा सदस्य), व्यासमुनी केवट (समाजसेवी), रिंकु अग्रहरी (व्य. समिती सदस्य), दिपेन्द्र मणि त्रिपाठी (वि.व्य.समिती सदस्य), लगायतका भद्रभला हरुको उपस...