Friday, July 24Nepali Online News Portal

नि:शुल्क स्वास्थ्य शिविर, १ सय १२ जना सेवाग्राही


   

धर्मेन्द्र कुमार कुर्मी
विजयनगर/ असार ७

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । वडा नम्बर ४ काे जनज्याेति माध्यमिक विद्यालय शंकपुर-देउपुरामा महिलाहरुमा हुने प्रजनन स्वास्थ्य समस्याको स्कृनिङ तथा व्यवस्थापनका लागि नि:शुल्क स्वास्थ्य शिविर गरिएको हाे ।

गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजना र मेरी स्टाेभ चन्द्राैटाकाे प्राविधिक सहयोगमा १ दिने स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखाका अधिकृत इन्द्र प्रसाद भण्डारीले जानकारी दिए । उनले स्वास्थ्य शिविर मार्फत १ सय १२ जना महिलाहरुले सेवा लिएकाे बताए ।

उनका अनुसार २२ जना महिलाकाे पाठेघरकाे मुखकाे क्यान्सरकाे परिक्षण गरिएको छ भने ३ जना महिलालाई रिङ पेसरी राखिएकाे छ । स्वास्थ्य शिविरबाट नि:शुल्क औषधी वितरण, महिला तथा स्त्रीराेग विशेषज्ञबाट नि:शुल्क जाँच, महिलाहरुमा देखिने फिस्टुला राय तथा प्रेषण, बाँझोपन दम्पतीलाई परामर्श लगायत सेवा दिइएको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै वडा नम्बर ४ का वडा अध्यक्ष तिलकराम कँडेलले स्वास्थ्य शिविर निरन्तर सञ्चालन गर्न आवश्यक रहेकाे बताएका छन् । उनले स्वास्थ्य शिविरले अधिकांश ग्रामिण, गरिब, विपन्न महिलाहरुले प्रत्यक्ष लाभान्वित हुने गरेकाे बताउँदै शिविरले राहत भएको बताए ।गाउँपालिकामै आधारभूत अस्पताल सञ्चालनमा आइसकेको बताउँदै अस्पतालबाटै स्वास्थ्य उपचार सेवा लिन सबैलाई उनलेे अनुरोधसमेत गरे

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्