शिव(प्रदीप) चौबे/ तौलिहवा
भदौ २७
मिति २०८३ साल भदौ २७ गते शनिबारका दिन नेपाल पत्रकार महासंघ कपिलवस्तु साभाको हलमा स्वर्गीय प्रमोदराज शर्मा आर्याल स्मृति पत्रकारता पुरस्कार बितरण नेपाल प्रेस युनियन, कपिलवस्तको आयोजनामा सम्पन्न भयो ।
उक्त कार्यक्रममा कपिलवस्तुमा रहेका विभिन्न पत्रकारका संचारकर्मी, विभिन्न पत्रकार शाखा, युनियन, महासंघका पदाधिकारी हरुको उपस्थिति रह्यो । कार्यक्रमको संचालक अंकुश श्रीवास्तव (सचिव-नेपाल प्रेस युनियन, कपिलवस्तु ) गर्नु भयो ।
कार्यक्रममा तीन जना पत्रकारलाई राम्रो पत्रकारिता गरेकोमा पुरस्कार र प्रमाणपत्र वितरण गरिये । उक्त कार्यक्रमा कपिलवस्तुका विभिन्न मिडिया संग जोडियेका पत्रकार विभिन्न पदाधिकारी र मेयर समेत सदस्यहरुको उपस्तिथि थियो ।
