Friday, September 11Nepali Online News Portal

श्री लौटन राम द्रोपती देवी माध्यमिक विद्यालयमा ६ कोठे भवनको शिलान्यास


   

बिनोद ओझा

कपिलवस्तु । विजयनगर गाउँपालिका–७, गणेशपुरस्थित श्री लौटन राम द्रोपती देवी माध्यमिक विद्यालयमा नयाँ ६ कोठे भवनको शिलान्यास गरिएको छ।
पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताकी श्रीमती स्वतन्त्र देवीको उपस्थितिमा भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको हो। गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा अध्यक्ष दिनेश कुमार चौधरीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन्।
पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताको पहलमा विनियोजित बजेटबाट निर्माण हुन लागेको उक्त भवन करिब १ करोड रुपैयाँको लागतमा निर्माण हुने बताइएको छ। भवन निर्माणको ठेक्का ब्रेभ कन्स्ट्रक्सन कम्पनीले पाएको छ।
नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै विद्यार्थीहरूको पठनपाठनमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्