कपिलवस्तुको विजयनगरमा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा, सेवा प्रवाहमा सुधार भएको निष्कर्ष
धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तुको विजयनगर गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य शाखामार्फत सञ्चालन गरिएका कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकी, स्वास्थ्य सेवा केन्द्र, बर्थिङ सेन्टर तथा आधारभूत अस्पतालबाट प्रदान हुँदै आएका स्वास्थ्य सेवाको समग्र अवस्थाबारे समीक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।
समीक्षा कार्यक्रममा गाउँपालिकाभित्र स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले समेत आफ्नो संस्थामार्फत सञ्चालित कार्यक्रम, उपलब्धी तथा आगामी योजनाबारे प्रस्तुति दिएका थिए । स्वास्थ्य शाखाले प्रस्तुत गरेको तथ्यांकका आधारमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार तथा प्रगति भएको देखिएको जनाइएको छ । थप सुधार गर्नुपर्ने विषयमा याेजना समेत निर्माण गरि अगाडी बढ्ने जनाइएक...









