श्री त्रिनेत्र माविमा नि:शुल्क नेत्र जाँच शिविर
धर्मेन्द्र कुमार कुर्मी, विजयनगर
कपिलवस्तुकाे विजयनगर गाउँ पालिकामा २ दिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । गाउँपालिकाकाे आयाेजना र छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जकाे प्राविधिक सहयोगका आँखा जाँच शिविर भएको स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।
नि:शुल्क शिविरमार्फत १ हजार ५५ जनाले सेवा लिएका छन् । बुधबार वडा नम्बर २ मा रहेको जनजागृति मावि लाेहराैलामा सञ्चालित शिविरबाट ४ सय ६७ जनाले सेवा लिएका छन् । जसमा १ सय ८२ जना पुुरुष र २ सय ८५ जना महिलाले सेवा लिएका हुन् । यस शिविरबाट ६० जना माेतिबिन्दुका बिरामीहरु भेटिएका छन् ।
यस्तै बिहिबार वडा नम्बर ७ त्रिनेत्र मावि मधुनगर-साेनवर्षामा दाेस्राे दिन सञ्चालित शिविरबाट ५ सय ८८ जनाले सेवा लिएका छन् । जसमा २ सय ३८ जना पुरुष र २ सय ५० जना महिलाले सेवा लिएका छन् । जसमा ५२ जना माेतिबिन्दुका बिराम...









