Saturday, May 30Nepali Online News Portal

DDA को छड्के अनुगमन, शिवशक्ति बाट अवैध औषधि


   

धर्मेन्द्र कुमार कुर्मी (चौधरी)
बहादुरगंज/ चैत १२

बहादुरगंजमा औषधि पसलमा DDA को छड्के अनुगमन, शिवशक्ति हेल्थ केयर सेन्टरबाट अवैध औषधि बरामद ।

कपिलवस्तु — बहादुरगंजमा औषधि पसलहरूमाथि औषधि व्यवस्था विभाग (DDA) को छड्के अनुगमन गरिएको छ। अनुगमनका क्रममा कृष्णनगर नगरपालिका क्षेत्रको शिवशक्ति हेल्थ केयर सेन्टरबाट अवैध औषधि बरामद गरिएको छ।
प्राप्त जानकारी अनुसार, सो हेल्थ केयर सेन्टर शिवराज अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बिनोद बढईको निजी स्वामित्वमा रहेको छ। अनुगमन टोलीले अस्पतालभित्र प्रतिबन्धित तथा बिना अनुमतिका औषधिहरू फेला पारेको छ।

औषधि व्यवस्था विभागका अनुसार, सो हेल्थ केयर सेन्टरमा राखिएका कतिपय औषधिहरू सरकारी मापदण्ड विपरीत रहेका छन्। अनुमति विना प्रयोग गरिएका औषधिहरूको स्रोत र विवरणबारे थप अनुसन्धान भइरहेको अनुगमन टोलीले जनाएको छ। यस घटनाले सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूले निजि व्यवसाय सञ्चालन गर्दा देखिन सक्ने अनियमितताको विषयलाई थप उजागर गरेको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले यस विषयमा आवश्यक कारबाही अघि बढाउने जनाएका छन्।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्