पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस कृष्णानगरमा मनाइयो
धर्मेन्द्र कुमार कुर्मी
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ। वि.सं. १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो।
जिल्ला कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हर्सोउल्लासका साथ नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा एकता दिवस मनाइएको छ। राष्ट्रीय प्रजातन्त्र पार्टीको आयोजनामा कृष्णनगर बजारमा सो दिवस मनाइएको हो। कार्यक्रममा पृथ्वी नरायण शाहले नेपाल एकिकरणमा गरेको योगदान विर्सन नसकिने कुरा स्मरण गराउदै सम्पूर्ण नेपालीहरू राष्ट्र समृद्ध बनाउन लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन।
राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु जिल्लाको कृष्णनगर नगर अध्यक्ष जय प्रकाश गुप्ताको अध्यक्षतामा राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाह देव सरकार को ३०४ औं जन्मोत...









