Wednesday, July 29Nepali Online News Portal

लागू औषध सहित एक जना पक्राउ


   
Oplus_131072

सुधांशु गिरी
लिंक गेट, कृष्णनगर/ असार २५

मिति २०८२/०३/२३ गते साझा अन्दाजी ०४:०० बजे कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट भन्ने स्थान बाट लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्रहरी जवान बिनोद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले असार २४ गते मंगलवार बेलुका साढ़े तीन बजे तिर भारत बाट नेपाल आउदै गरेका कपिलवस्तु शिवराज नगरपालिका वडा न.१ बनकसबास बस्ने २२ बर्षिय सुमन सुदारोलाई संकाको आधारमा प्रहरीले पक्राउ गरेका छन् ।

इ.प्र.का.कृष्णनगर बाट खटिएको प्रहरीले सुमन चुदारोलाई शंका लागी चेकजाँच गर्दा निजले लगाएको बाया खुट्टाको चप्पल भित्र लुकाई छिपाई राखेको ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लई सम्मानित अदालतबाट म्याद थप गरी अनुशन्धान कार्य भईरहेको ।

पक्राउ परेका सुमन लाई कपिलवस्तु जिल्ला अदालत बाट सात दिनको म्याद थप गरि अनुसंधान कार्य भइरहेको इ.प्र.का कृष्णनगर प्रहरी निरिक्षक- इश्वरी लौडारी जानकारी दिएका छन्।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्