
विनोद ओझा
कृष्णनगर/ जेठ ९
कपिलवस्तु को दक्षिणी पश्चिमी सीमावर्ती क्षेत्र हरूबाट खुलेआम तस्करी हुने गरेको छ। कोटिया बढनी हरदौना कर्मा बगही बन्चौरा कुकुर भुकवा डुमाई कृष्णनगर लक्ष्मीनगर लगायतका स्थानबाट टायलस, बरान, कपड़ा, चिनी, हार्डवेयर मलखाद खादान फलफुल विदेशी चुरोट जस्ता सामान हरू को तस्करी हुने गरेको हो। लक्ष्मीनगर ६८ नम्बर पिलर नाकामा सुरक्षाकर्मी र घुमुवाहरूको गस्ती हुँदाहुँदै पनि तस्करी नरोकिएको देखिएको छ स्थानीय प्रत्यक्षदर्शीका अनुसार साइकिल र मोटरसाइकिल मार्फत मालसमान ओसारपसार भइरहेको छ। केही सुरक्षाकर्मी र घुमुवा लाई मासिक रकम बुझाएर तस्करहरू निर्वाध रूपमा समान वरिपरि गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ। कहिलेकाहीँ दबाव का कारण सशस्त्र प्रहरीले मालसमान समात्ने गरेको भएपनि रोक्न प्रभावकारी कदम नचालिए को सामाजिक अभियन्ताहरू बताउँछन्।
