
सुधांशु गिरी
कृष्णनगर-८/ बैशाख २०
कृष्णनगर नगरपालिका-८, बहादुरगंज शिवराज अस्पतालमा कृष्णनगर नगरपालिकाको आयोजनामा निशुल्क मुटु तथा मृगौला स्वास्थ्य शिविर सम्पन्न भएको हो । कृष्णनगर नगरपालिकाको आयोजना र Save The Heart (मुटु जोगाउ, काठमाडौ) मनमोहन कार्डियो थोरासिक भस्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरको सहयोगमा निशुल्क स्वास्थ्य शिविर समपन्न भयो ।
मुटु तथा मृगौला निशुल्क शिविर मृगौला तथा प्रत्यारोपण विभाग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल बाट डा. हरु, स्टाफ नर्स, कर्म्चारीहरुको उपस्थिति रहयो । शिविर चली रहेको समयमा कृष्णनगर नगरपालिका कार्यालयका प्रशासकिये अधिकृत, मेयर- शाह, उप-मेयर- चौधरी, उप-मेयर सल्लाहकार भुलन चौधरी, स्वास्थ्य शाखा प्रमुख, लागात कर्मचारी, स्वास्थ्य चौकी का इन्चार्ज तथा स्वास्थ्यकर्मी, नगर प्रहरी, इ.प्र.का बहादुरगंज प्रहरी जवान, सफाईकर्मी, पत्रकार, समाजसेवी
लगायतको सहयोग र उपस्थिति रह्यो ।
हाराहारीमा २००० सेवाग्राहीले आफ्नो मुटु तथा मृगौलाको जाँच गराइयेको जानकारी प्राप्त भएको हो भने ३७ जनाको मुटु को पुन जाचका लागि काठमाडौ जानेहरुको व्यवस्था कृष्णनगर नगरपालिकाले मिलाउने हो भनी कृष्णनगर नगर पिता – रजत प्रताप शाह ले जनाउनु भएको हुन । पानी र खानाको व्यवस्थापन उदांउदो नेपाल कपिलवस्तु (The Rising Nepal Kapilvastu) संस्थाले गरेको जानकारी निर्भय सिंहले दिनु भयो ।
दुई दिने निशुल्क मुटु तथा मृगौला जाँच र औषधि वितरण गरियो भने मेसिन बाट चेकजाँच पनि निशुल्क गयो । डा. हरुले सेवाग्राहीलाई सके सम्मा आफू न जाने पनि हिन्दी भाषामा सहज र मीठो बोलीले चेकजाच गरेको छन भने औषधि खाने तरिका पनि बताए ।
मिति २० बैशाख २०८२ गते दिन शनिवार समय करिब साझा ०५:०० कृष्णनगर मेयर- रजत प्रताप शाह तथा पुर्व सांसद – अभिषेक प्रताप शाह द्वारा मायाको चिनो र प्रमाण पत्र सम्पुर्ण मृगौला तथा प्रत्यारोपण विभाग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा., स्टाफ नर्स, र कर्म्चारीहरु लाई प्रदान गरि शिविर को समापन्न भयो ।
