Tuesday, July 28Nepali Online News Portal

पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम


   

सुधांशु गिरी
जेठ १८/ कृष्णनगर-४

मिति २०८२ साल जेठ १८ गते दिन आइतबार कृष्णनगर-४, सिर्सिहवा स्वास्थ्य चौकीमा  कृष्णनगर नगरपालिकाको आयोजनामा `पुर्णखोप सुरक्षित भविश्य´ खुशी नगरवासी, समृद्ध कृष्णनगर नाराका साथ पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गरियो ।

सिर्सिहवा स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष एवं खोप समन्वय समिती अध्यक्ष श्री घनश्याम अग्रहरी बानिया ज्युको अध्यक्षतामा पुर्णखोप दिगोपना तथा सुनिश्चितता वडा स्तर घोषणा गरियेको हो । कार्यक्रममा सिर्सिहवाका वडा अध्यक्ष- घनश्याम अग्रहरी बानिया, चौकी इन्चार्ज- गोपाल ढाडी (प्र.स.नि), बाल जी मिश्रा, पवन कुमार हरिजन (वडा प्रविधिक), अखिलेश कुमार ठाकुर (वडा सदस्य), सोमना पासी (वडा सदस्य), व्यासमुनी केवट (समाजसेवी), रिंकु अग्रहरी (व्य. समिती सदस्य), दिपेन्द्र मणि त्रिपाठी (वि.व्य.समिती सदस्य), लगायतका भद्रभला हरुको उपस्थिति रह्यो । यसै गरि FCHV का उषा कोरी, रिता यादव, लक्ष्मी रैदास, ममता कुमारी भुज, प्रमिला चौधरी, अंकिता चौधरी (अ.हे.वा/ सिर्सिहवा H.P.), लक्ष्मी हेला (अ.न.मी/ सिर्सिहवा H.P.), पृथ्वी पाल तेली (CM/KSSC/TLTN) र जगदीश प्रसाद यादव (क.स./ सिर्सिहवा H.P.) उपस्थिति थियो ।

२०७६/५/५ गते लागू भइ सकेको लाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना मिति २०८२ साल जेठ १८ गते दिन आइतबार कृष्णनगर-४, सिर्सिहवा स्वास्थ्य चौकीमा घोषणा गरियो । २०८१ फागुन/ चैत महिनमा घरघुरी सर्वेक्षण भएको तथा छुटेको बच्चाको पुर्ण खोप पायेकोले (१६-५९) महिनाका ३५६ बालबालिका मध्ये ३५५ बालबालिका पुर्ण खोप पायेकोले र १ जना बच्चा ३ वर्ष टोलमा आयेको २.६ महिना मात्र भएकोले पुर्ण खोप निर्देशिका अनुसार पुर्ण खोपमा असर न भएकोले यस कृष्णनगर नगरपालिका ४ मा पुर्णखोप सुनिश्चितता तथा दिगोपना सर्व सहामत बाट घोषणा गरियो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्