Wednesday, October 28Nepali Online News Portal

Uncategorized

कपिलवस्तुकाे गौतमबुद्ध साझेदारी बन उपभोक्ता समूहको ११औँ साधारण सभा सम्पन्न भएको छ

कपिलवस्तुकाे गौतमबुद्ध साझेदारी बन उपभोक्ता समूहको ११औँ साधारण सभा सम्पन्न भएको छ

Uncategorized
धर्मेन्द्र कुमार कुर्मी साेमबार गाउँपालिकाकाे सभाहल खडैचामा साझेदारी बनकाे साधारण सभा भव्य रुपमा भएको हाे । सभामा बन संरक्षण, वृक्षारोपण, बन पैदावार तथा जलवायु परिवर्तनका कारण देखिएका चुनौतीबारे सरोकारवालाले चर्चा गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री जानकी प्रसाद यादवले साझेदारी तथा सामुदायिक बनले बिरुवा वितरण गर्दै आएकाले बन संरक्षणमा महत्वपूर्ण टेवा पुगेको बताए । उनले बन संरक्षणका लागि सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै संघ र प्रदेश सरकारबाीच कानुन बाझिएको हुँदा काम गर्न कठिनाई भएको बताए । यस्तै विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्थानीय समुदायसँग समन्वय गर्दै बन संरक्षणका गतिविधि अघि बढाइरहेको बताए । उनले बन संरक्षण, बन पैदावारको व्यवस्थापन तथा वृक्षारोपणलाई मुख्य जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा ...
विजयनगर गाउँपालिकामा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

विजयनगर गाउँपालिकामा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु । विजयनगर गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम गाउँपालिकाको सभा हल खडैचामा सम्पन्न भएको छ। समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाले आर्थिक वर्षभरि सञ्चालन गरेका कार्यक्रम तथा हासिल गरेका उपलब्धिबारे प्रस्तुतीकरण गरेका थिए। त्यस्तै, गाउँपालिकाअन्तर्गतका वडाका सचिवहरूले सम्बन्धित वडाबाट सम्पन्न भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको प्रगति विवरण प्रस्तुत गरेका थिए। गाउँपालिकासँग सहकार्य गर्दै आएका ८ वटा साझेदार संस्थाले समेत आफ्ना कार्यक्रम, गतिविधि तथा उपलब्धिबारे प्रस्तुतीकरण गरेका थिए। साझेदार संस्थाले गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेका कार्यक्रमको प्रभाव, उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले वार्षिक समीक्षा कार्यक्रमले वर्षभरि भएका कामको उप...
अधिकार र न्यायको पहुँच बढाउन विजयनगरमा घुम्ती कानुनी शिविर सम्पन्न

अधिकार र न्यायको पहुँच बढाउन विजयनगरमा घुम्ती कानुनी शिविर सम्पन्न

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिकामा कानुनी सचेतना तथा परामर्श सेवाका लागि घुम्ती शिविर सम्पन्न भएको छ । नवजीवन संस्था र फोेडेको सहकार्यमा आयोजित शिविरमा महिला, दलित महिला, मुस्लिम महिला, किशोरी, बालबालिका तथा यौनिक अल्पसंख्यकको अवस्था, अधिकार र कानुनी विषयमा प्रशिक्षण तथा परामर्श प्रदान गरिएको नवजीवन संस्थाकी फेलाे अर्पना सुनारले जानकारी दिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले समाजमा कसैलाई पनि अपहेलित नगरी सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । अवसर र सम्मानको सवालमा राजनीतिक क्षेत्र लगायत अन्य क्षेत्रमा पनि पछाडि परेका समुदायलाई अगाडी बढाउन तीनै तहका सरकारले चासो लिएर जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाई छ । उपलब्ध अवसरका लागि सम्बन्धित समुदायका व्यक्तिहरू पनि तयार हुनुपर्नेमा अध्यक्ष थापाले जोड दिए । यस्तै नवजीवन स...
विजयनगर वार्ड २ नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास  विस्तृत

विजयनगर वार्ड २ नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास विस्तृत

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी तथा पूर्व मन्त्री रुपा विकका प्रतिनिधि सुरज विकले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । पूर्व मन्त्री रुपा विकको विशेष पहलमा प्राप्त बजेटबाट विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु हुन लागेको हो । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको बताउँदै नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गरे । उनले निर्माण कार्यलाई गुणस्तरीय, पारदर्शी र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह समेत गरे । यस्तै उपाध्यक्ष लक्...
कपिलवस्तुको विजयनगरम–७ गणेशपुर स्वास्थ्य चौकीमा वृक्षरोपण कार्यक्रम सम्पन्न

कपिलवस्तुको विजयनगरम–७ गणेशपुर स्वास्थ्य चौकीमा वृक्षरोपण कार्यक्रम सम्पन्न

Uncategorized
धर्मेन्द्र कुमार कुर्मी विजयनगर गाउँपालिका–७ स्थित गणेशपुर स्वास्थ्य चौकी कार्यालयमा दिगो विकास लक्ष्यलाई मध्यनजर गर्दै हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले शुक्रबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। स्वास्थ्य चौकी परिसरमा आयोजित उक्त कार्यक्रममा कार्यालयका स्वास्थ्यकर्मी तथा सहकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण, हरियाली विस्तार तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने सन्देश दिइएको स्वास्थ्य चौकीले जनाएको छ।...

विसर्जन पुर्ण

Uncategorized
कृष्णनगर-४ रमवापुर/ रुपगंजमा विसर्जन पुर्ण रमवापुर/ रुपगंज, कार्तिक-९ कृश्णनगर-४ रमवापुर/रुपगंज गाउँमा इलाका प्रहरी कार्यालय प्रमुख- इश्वरी लौडारीको अगुवाई, नेपाल सशस्त्र प्रहरी बल अ.स.इ - गगन बलामी को सहयोग, प्रहरी चौकी सिर्सिहवा टोली, विनय कुमार गिरी(बाबा रमवापुर), सुदिप त्रिपाठी, वडा अध्यक्ष- घनश्यम अग्रहरी, वडा सदस्य- अखिलेश कुमार ठाकुर लागयल गाउँका व्यक्तिको सहयोग शान्तिपुर्ण लक्ष्मी माता मुर्ती विसर्जन पुर्ण गरियो । रमवापुर गाउँको पुर्व रहेको पोखरीमा रमवापुर/ रुपगंज गाउमा परिक्रमा गरि धुमधाम डीजे, पालैपिलो हरेक घरका हिन्दु घरपरिवार पुजापाठ गरि शान्तिपुर्ण विसर्जन गरियेको हो । रमवापुर गाउँमा ५ र रुपगंज गाउँमा ३ मिलाई जम्मा ८ मुर्ती रहेको थियो । विसर्जनका बेला भक्तजनहरु को होचो कृष्णनगर बजार भन्दा कम थियेन होला । कृष्णनगर नेपाल जनपद प्रहरी बल र कृष्णनगर नेपाल सशस्त्र प्रहरी बल...
झिँगहा-बकाैली हुलाकी सडकमा दुई माेटरसाइकल एकआपसमा ठाेकिँदा एककाे मृत्यु, एक गम्भीर

झिँगहा-बकाैली हुलाकी सडकमा दुई माेटरसाइकल एकआपसमा ठाेकिँदा एककाे मृत्यु, एक गम्भीर

Uncategorized
धर्मेन्द्र कुमार कुर्मी जिला कपिलवस्तुकाे कृष्णनगर नगर पालिका-१० अन्तर्गत पर्ने झिँगहा-बकाैली हुलाकी सडक खण्डमा दुई माेटरसाइकल एकआपसमा ठाेकिँदा एक युवककाे मृत्युु भएको छ । माेटरसाइकल दुर्घटनामा परी विजयनगर गाउँपालिका-५ कटुवाका २२ वर्षीय लवकुश यादवकाे मृत्युु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा परेका अर्का कृष्णनगर नगरपालिका-१० बकाैलीका १८ वर्षीय रवी चाैरसिया गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका चाैरसियालाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको तर त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि चाैराहा अस्पताल बुटवलमा पठाइएको छ । मृतक यादव सवार लु ९५ प ९२२ नम्बरको माेटरसाइकल र घाइते चाैरसिया सवार भारतीय प्लेट युपी ५५ एक्यु ८४७४ नम्बरको माेटरसाइकल आएआपसका ठाेकिँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी...

इप्रका कृष्णनगर द्वारा  ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

Uncategorized, मुख्य समाचार
बिनोद ओझा कृष्णानगर कृष्णनगर, कपिलवस्तु ,साउन ९  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३  झण्डेनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्।   इ.प्र.का.कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देही   बाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध कारोबार गरी रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्ने बर्ष २० को महमद कैफलाई  पक्राउ गरिएको थियो ।  कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगर बाट थ...
कपिलवस्तुको विजयनगरमा चट्याङ लागेर एक महिलाकाे मृत्यु

कपिलवस्तुको विजयनगरमा चट्याङ लागेर एक महिलाकाे मृत्यु

Uncategorized
धर्मेन्द्र कुर्मी विजयनगर ७ कपिलवस्तुमा चट्याङ लागेर एक महिलाकाे मृत्यु भएको छ ।कपिलवस्तु जिल्लाकाे विजयनगर गाउँपालिका-५ नाैरंगिया बस्ने अन्दाज ४०/४५ वर्षीय जन्ममति यादवकाे चट्याङले मृत्युु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दका अनुसार डालपुर-नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा बुधबार करिब साँझ साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटना स्थलमै यादवकाे मृत्यु भएकाे हाे । शवलाई पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको उनलेे बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जनाए ।...

बेखौफ चलाउदै रिक्सा, ट्राफिक मौन

Uncategorized
प्रदीप चौबे कृष्णनगर/ चैत ७ कृष्णनगर नगरपालिका बजार, सीमानाका देखि बहादुरगंज, चन्द्रौटा, लक्ष्मीनगर, सिर्सिहवा, हृदयनगर, ठकुरापुर लगायतका विभिन्न स्थान सवारी(यात्रु) लाई पुर्याउने गरेको छन बैट्री रिक्स । मिति २०८१/१२/०७ गते दिन कृष्णनगरको बसपार्क जाँदै गरेको बैट्री रिक्सा कृ.न.पा-२ निवासी वर्ष-१८को चालक गोलु सिंह बस पार्क जाँदै गरेको रा १ ह ७५४० नम्बर रहेको बैट्री रिक्सा वाला द्वारा ऐ.ऐ. -१ सेमरा निवासी वर्ष-३५ को निश्चल सिंह आफ्नो छोरी वर्ष-४ कि अभिका सिंह लाई स्कुल छोडना जाने क्रममा १ ह ७५४० नम्बर रहेको बैट्री रिक्सा चालक गोलु सिंहले एक्कासी घुमाई दियेको कारण दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि निश्चल लाई चोट लाग्नु साथ छोरी अभिकाको अनिधारमा गहिरो चोट लागेको हो । नजिककै संजिवनी क्लिनिकमा उपचार गरियेको हो । क्लिनिकमा उपचारको क्रम्मा गोलु सिंहले निश्चल माथि आक्रमण गर्ने प्रयास...