Wednesday, October 28Nepali Online News Portal

Uncategorized

कपिलवस्तुकाे विजयनगरमा माछा जाेन विस्तार गर्न कृषकसँग छलफल

कपिलवस्तुकाे विजयनगरमा माछा जाेन विस्तार गर्न कृषकसँग छलफल

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा माछा जाेन विस्तार गर्नका लागि बृहत छलफल गरिएको छ । गाउँपालिकाकाे सभाहल खडैचामा गाउँपालिकाले माछा पालक कृषकहरुसँग माछा जाेन विस्तारका लागि छलफल गरेकाे हाे । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले विजयनगर गाउँपालिकाभित्र माछा व्यवसायीले संगठन बनाई अगाडी बढ्नुपर्ने बताएका छन् । माछा पकेट क्षेत्रका लागि गाउँपालिका उपयुक्त क्षेत्र भएकाले माछा व्यवसाय फस्टाउन सकिने विभिन्न ताल, पाेखरी रहेकाे हुँदा माछा व्यवसायीले लगानी गर्नुपर्नेमा उनले जाेड दिए । अध्यक्ष थापाले भारतबाट आयात हुने पशुजन्य पदार्थ तस्करी पहिला भन्दा धेरै कम भएको बताउँदै पशुजन्य पदार्थलाई आयातबाट राेक्न लागि माछा व्यवसायी लगायत सम्बन्धित निकायले लाग्नुपर्ने बताए । भारतीय माछा आयातले स्वदेशी माछा व्यवसायीहरु मर्कामा परेकाे हुँदा सबैेले हातेमालो गर्दै स्थानीय उत्पादन...
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कपिलवस्तु  लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित भएको छ

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा कपिलवस्तु  लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित भएको छ

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी शनिबार बाँकेकाे नेपालगन्जमा अायाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट कपिलवस्तु सहित प्युठान र रुपन्देही शाखालाई प्रदेश उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे । प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्री अदेश कुमार अग्रवाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनाेद पहाडी, लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीले उत्कृष्ट छनाैट भएका शाखाका अध्यक्षहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको हाे ।कानूनमन्त्री अादेश अग्रवालले सम्मान पत्र प्रदान गर्दै पत्रकारिता मार्फत उत्पिडित नागरिकका अावाज उठाउन अाग्रह गर्नुभयाे । सुशासन कायम राख्न पत्रकारिता महत्त्वपूर्ण हुने बताउदै विभिन्न विकृति विसंगतिका बिरुद्ध निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । अग्रवालले नेपालकाे संविधानले जातिय भेदभाव तथा छ...
मानव बस्तीमा खुला रूपमा हिँड्ने चितुवालाई नियन्त्रणमा लिइयो

मानव बस्तीमा खुला रूपमा हिँड्ने चितुवालाई नियन्त्रणमा लिइयो

Uncategorized, मुख्य समाचार
बिनोद ओझा मानव बस्ती क्षेत्रमा खुला रूपमा हिँडिरहेको चितुवालाई एक महिनापछि नियन्त्रणमा लिइएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ६ श्रीनगर गाउँमा वन कर्मचारीहरूको सहयोगमा वस्यक भाले चितुवालाई नियन्त्रणमा लिइएको हो। चितवन राष्ट्रिय निकुन्जका २ र गौतमबुद्ध डिभिजन वन कार्यालयका ५ गरी ७ जनाको टोलीको ११ दिनको अथक प्रयासपछि चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन प्रमुख राजु क्षेत्रीले बताए। चितुवाले बस्तीमा रहेका निलगाई र त्यसका बच्चा, बाख्रा लगायतका घर पालुवा जनावार खाएको र चितुवाले गर्दा गाउँमा विगत १ महिनादेखि त्रास फैलिएको कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेशनाथ तिवारीले बताए। चितवनबाट आएको निकुन्जका २ प्राविधिकहरूले बुटहनीया र श्रीनगर गाउँमा ११ दिनअघि क्यामेरा जडान गरेर चितुवाबारे विवरण संकलन गरेको थियो। त्यसैका आधारमा खोरमा बाख्रा राखेर जालमा पारेर चितुवालाई आइता...
फलाहारी बाबा बहुमुखी क्याम्पस तिजकाे शुभकामना आदानप्रदान

फलाहारी बाबा बहुमुखी क्याम्पस तिजकाे शुभकामना आदानप्रदान

Uncategorized, कला साहित्य
धर्मेन्द्र कुमार कुर्मी गेडुवाजोत कपिलवस्तुकाे फलाहारी बाबा बहुमुखी क्याम्पसमामा नेपाली नारीहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । तिज पर्वकाे साँस्कृतिक महत्त्व विषयमा अन्तरक्रिया गरि तिजमिलन कार्यक्रम मनाइएको हाे । स्ववियु सभापति अभिषेक मणि यादव को अध्यक्षता क्याम्पस संचालक समितिका अध्यक्ष श्यामसुन्दर चौधरीको प्रमुख अतिथियतामा र क्याम्पस प्रमुख सुर्यलाल कसौधन विशिष्ट अतिथिता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरुबाट नृत्य कविताको माध्यमबाट लैङिक हिंसा विरुद्ध र समाजिक विकृति ,महिला-पुरुष बीचको विभेदको विरुद्धमा प्रस्तुति गरिएको थियो । क्याम्पस प्रमुख सुर्य लाल कसौधनले एकआपसमा समझदारी भएपछि सामाजिक सद्भाव कायम हुनुको साथै हिंसा र द्वन्द्व न्यूनीकरण हुँदै जाने उनकाे भनाइ राख्नु भएको थियो छ । प्रमुख अ...
कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ।

कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ।

Uncategorized, मुख्य समाचार
नन्द किशोर कुर्मी ( लालु ) विजयनगर साउन २२ कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ। जिल्लाको विजयनगर वडा नम्बर-७ गेडुवाजोतमा दुई मोटरसाइकल मार्फत् भित्र्याइएको उक्त सङ्ख्याको चल्ला सशस्त्र प्रहरीले मंगलबार बिहान बरामद गरी नष्ट गरेको हो। बिओपी कृषण्नगरका प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार बिहान ४ बजे तस्करहरूले लु १७ प ७४७९ र ना.६ प ९९९९ नम्बरको दुई मोटरसाइकलमा ती चल्लाहरु भारतबाट लुकीछिपी भित्र्याएका थिए। सशस्त्रको टोलीलाई देखेपछि तस्करहरू मोटरसाइकल सोही ठाउँमा छाडी भागेका थिए। २० वटा कार्टुनमा रहेको उक्त चल्लाको बजार मूल्य २ लाख ४० हजार रुपैयाँ बराबर रहेको छ। बरामद गरिएका चल्ला पशु क्वारेनटाइनका दयाराम चौधरी, पत्रकार, र स्थानीय समाजसेवीहरूको रोहवरमा नष्ट गरिएकाे थियो। चल्लाका साथै बरामद भएका दुई मोटरसाइकल भन्सार पठ...
Uncategorized
कपिलवस्तु विजयनगरमा हावाहुरी : ४७ घरमा क्षति   कपिलवस्तुको विजयनगर गाउँपालिको वर्षा सँगै आएको हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । सोमवार राती आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २,३,४,र ६ वडाका ४७ घरमा क्षति पुयाएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए । घरको छानो, जस्तापाता समेत उडाएको छ भने एउटा कुखुरा फर्म र एक विद्यालयमा पनि क्षति पुगेको छ । विजयनगर गाउँपालिका ३ का दिपेन्द्रनगरका बलराम सुनारको घर पूर्णरुपमा क्षति भएको छ । हावाहुरीले विद्युतका ९ वटा पोल ढलाएको छ, भने वडा नं ३ मा विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षा सँगै आएको हावाहुरीले विजयनगरका चार वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए । आगलागी र लामो समयसम्म परेको खडेरीका कारण समस्यामा परेका स्थानीयलाई वर्षा सँगै आएको हावाहुरीले थप समस्या...
लुट्ना सके लुट कान्छा, जति लुट्ना सके लुट

लुट्ना सके लुट कान्छा, जति लुट्ना सके लुट

Uncategorized
सुधांशु गिरी मिति २०८१/०१/१० गते मंगलवारका दिन कृष्णनगरमा रहेको हनुमान मन्दिरमा ठूलो हनुमान जन्मोत्सव मनाईयो । जन्मोत्सवको बेला विभिन्न भक्तजनहरु द्वारा पुजापाठ गरि प्रसाद चढाई वितरण गरेको हुन । कृष्णनगर पुरानो इ.प्र.का र रानी मैदानको नजिक बनेको प्राशिद्ध हनुमान मन्दिरमा वर्षो देखि पुजापाठ गर्दै आयेको एक्ल महिलाले रात दिन मन्दिरको नित्यदिन सफाई, पुजा, हेर्चार गर्दै गरेको कसैलाई केही चिन्ता न रहेको देखिन्छ । उक्त हनुमान मन्दिरको कार्यवाहक समितिले पनि कुनै प्रकारको चासो न देखायेको देखिन्छ । अरु बेला समाजसेवीहरुको अत्तोपत्तो हुदैन कुनै प्रकारको पुजा कार्यक्रम हुँदा सबैजना (समाजसेवी, राजनैतिक, समिति) लगायतका महापुरुषहरुको दर्शन हुने गरिन्छ । जो व्यक्ती कहिले पनि अथवा कहिले काहीँ हनुमान मन्दिर आउने गरेको छन भने विशेष मौकामा देखियेको हुन्छन । किन त्य्स्तो हो भने मात्र मन्दिरमा चढे...
जग्गादातालाई शिला सहितको सम्मान

जग्गादातालाई शिला सहितको सम्मान

Uncategorized
कपिलवस्तु विजयनगरमा जग्गा दातालाई शिला लेखसहित सम्मान धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा कार्यालयकाे भवन समेत गाउँपालिका अध्यक्ष थापाद्वारा उद्घाटन गरिएको वडा कार्यालयले जनाएको छ । वडाभित्र आर्थिक वर्ष २०७३/०७४ देखि २०८०/०८१ सम्म सरकारी तथा संघसंस्थाहरुलाई जग्गा दान गर्ने दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको वडा अध्यक्ष दिनेश कुमारी चाैधरीले जानकारी दिए । उनले जग्गा दाताहरुले आम नागरिककाे हकहितकाे साथै सेवा प्रवाहका लागि ऐतिहासिक र सामाजिक ...

जसपाको नियमावली सन् २०२१

Uncategorized
जसपा-नेपालको-नियमावली-२०७८ जनता समाजवादी पार्टी, नेपालको नियमावली सन् २०२१ (वि. सं. २०७८) जनता समाजवादी पार्टी, नेपालको विधान सन् २०२० (वि. सं. २०७७) को धारा ७० बमोजिम केन्द्रीय समितिद्वारा पारित गरी जनता समाजवादी पार्टी, नेपालको नियमावली– सन् २०२१ (वि. सं. २०७८) जारी गरीएको छ । परिच्छेद–१ प्रारम्भिक १. नाम र प्रारम्भ (१) यस नियमावलीको नाम “जनता, समाजवादी पार्टी, नेपालको नियमावली–सन् २०२१ (वि. सं. २०७८)” रहेको छ । (२) यो नियमावली तुरून्त प्रारम्भ हुने छ । २. परिभाषा विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो नियमावलीमा — (१) “विधान” भन्नाले जनता समाजवादी पार्टी, नेपालको विधान सन् २०२० (वि. सं. २०७७) लाई सम्झनु पर्दछ । (२) “पार्टी” भन्नाले जनता समाजवादी पार्टी, नेपाललाई सम्झनु पर्दछ । (३) ‘‘सदस्य’’ भन्नाले विधानबमोजिम सदस्यता प्राप्त व्यक्ति सम्झनु पर्दछ । (४) “नियमावली...

ढाक्रेको गीत अनि कविता विमोचन

Uncategorized
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्ध ढाक्रेको नयाँ कृति ‘ढाक्रेको गीत अनि कविता’ विमोचन गरिएको छ । ललितपुरकाे बालकुमारीस्थित जसपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जसपाका वरिष्ठ नेता अशोक राईले उक्त कृतिको विमोचन गरेका हुन् । १०० रुपैयाँ मूल्य तोकिएको उक्त कृतिमा २८ वटा गीत र नौवटा कविता समावेश छन् । ढाक्रेले नाट्य तथा संगीत विधामा क्षेत्रीय प्रतिभा पुरुस्कार प्राप्त गरेका छन्। उक्त कार्यक्रमको बिशेष अतिथि पार्टीका केन्द्रीय सदस्य राजकुमार राई रहेका थिए भने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु लाक्पा शेर्पा, अर्जुन लम्साल, रिम बस्याल, सन्तोष सिलवाल लगायतका नेताहरु तथा साहित्य पारखीहरुको उपस्थिति रहेको थियो। पार्टीका केन्द्रीय सदस्य तथा साँस्कृतिक महासंघका अध्यक्ष घनराज सुब्बाको अध्यक्षता रहेको कार्यक्रम केन्द्रीय सदस्य परिबर्तन भट्टराईले स...