Tuesday, July 28Nepali Online News Portal

कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ।


   

नन्द किशोर कुर्मी ( लालु ) विजयनगर
साउन २२
कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ।

जिल्लाको विजयनगर वडा नम्बर-७ गेडुवाजोतमा दुई मोटरसाइकल मार्फत् भित्र्याइएको उक्त सङ्ख्याको चल्ला सशस्त्र प्रहरीले मंगलबार बिहान बरामद गरी नष्ट गरेको हो।

बिओपी कृषण्नगरका प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार बिहान ४ बजे तस्करहरूले लु १७ प ७४७९ र ना.६ प ९९९९ नम्बरको दुई मोटरसाइकलमा ती चल्लाहरु भारतबाट लुकीछिपी भित्र्याएका थिए।
सशस्त्रको टोलीलाई देखेपछि तस्करहरू मोटरसाइकल सोही ठाउँमा छाडी भागेका थिए। २० वटा कार्टुनमा रहेको उक्त चल्लाको बजार मूल्य २ लाख ४० हजार रुपैयाँ बराबर रहेको छ।

बरामद गरिएका चल्ला पशु क्वारेनटाइनका दयाराम चौधरी, पत्रकार, र स्थानीय समाजसेवीहरूको रोहवरमा नष्ट गरिएकाे थियो। चल्लाका साथै बरामद भएका दुई मोटरसाइकल भन्सार पठाइएको छ।

नेपालमा कुखुराको मूल्य बढेपछि तस्करहरूले भारतीय कुखुरा र चल्ला अवैध बाटो हुँदै नेपाल भित्र्याउने गरेका छन्।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्