
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्ध ढाक्रेको नयाँ कृति ‘ढाक्रेको गीत अनि कविता’ विमोचन गरिएको छ ।
ललितपुरकाे बालकुमारीस्थित जसपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जसपाका वरिष्ठ नेता अशोक राईले उक्त कृतिको विमोचन गरेका हुन् ।
१०० रुपैयाँ मूल्य तोकिएको उक्त कृतिमा २८ वटा गीत र नौवटा कविता समावेश छन् । ढाक्रेले नाट्य तथा संगीत विधामा क्षेत्रीय प्रतिभा पुरुस्कार प्राप्त गरेका छन्।
उक्त कार्यक्रमको बिशेष अतिथि पार्टीका केन्द्रीय सदस्य राजकुमार राई रहेका थिए भने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु लाक्पा शेर्पा, अर्जुन लम्साल, रिम बस्याल, सन्तोष सिलवाल लगायतका नेताहरु तथा साहित्य पारखीहरुको उपस्थिति रहेको थियो।
पार्टीका केन्द्रीय सदस्य तथा साँस्कृतिक महासंघका अध्यक्ष घनराज सुब्बाको अध्यक्षता रहेको कार्यक्रम केन्द्रीय सदस्य परिबर्तन भट्टराईले संचालन गरेको थिए भने पार्टीका केन्द्रिय सदस्य पूर्णबहादुर बस्नेत र खोटाङ्गका युवा मबिन्द्र चाम्लिङले कार्यक्रमको व्यवस्थापनमा बिशेष भूमिका खेलेका थिए।
