Friday, May 29Nepali Online News Portal

मानव बस्तीमा खुला रूपमा हिँड्ने चितुवालाई नियन्त्रणमा लिइयो


   

बिनोद ओझा

मानव बस्ती क्षेत्रमा खुला रूपमा हिँडिरहेको चितुवालाई एक महिनापछि नियन्त्रणमा लिइएको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ६ श्रीनगर गाउँमा वन कर्मचारीहरूको सहयोगमा वस्यक भाले चितुवालाई नियन्त्रणमा लिइएको हो।

चितवन राष्ट्रिय निकुन्जका २ र गौतमबुद्ध डिभिजन वन कार्यालयका ५ गरी ७ जनाको टोलीको ११ दिनको अथक प्रयासपछि चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन प्रमुख राजु क्षेत्रीले बताए। चितुवाले बस्तीमा रहेका निलगाई र त्यसका बच्चा, बाख्रा लगायतका घर

पालुवा जनावार खाएको र चितुवाले गर्दा गाउँमा विगत
१ महिनादेखि त्रास फैलिएको कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेशनाथ तिवारीले बताए।

चितवनबाट आएको निकुन्जका २ प्राविधिकहरूले बुटहनीया र श्रीनगर गाउँमा ११ दिनअघि क्यामेरा जडान गरेर चितुवाबारे विवरण संकलन गरेको थियो। त्यसैका आधारमा खोरमा बाख्रा राखेर जालमा पारेर चितुवालाई आइताबार राति ८ बजेतिर नियन्त्रणमा लिइएको थियो।

खोरमा उफ्रिँदा चितुवालाई सामान्य चोट समेत लागेको र उपचारपछि बाँके पठाइने डिभिजन प्रमुख क्षेत्रीले बताए। चितुवा ६ देखि ७ वर्षको रहेको वन कर्मचारी बताउँछन्।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्