Friday, July 24Nepali Online News Portal

जग्गादातालाई शिला सहितको सम्मान


   

कपिलवस्तु विजयनगरमा जग्गा दातालाई शिला लेखसहित सम्मान

धर्मेन्द्र कुमार कुर्मी विजयनगर

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको छ । गाउँपालिकाकाे ७ नम्बर वडा कार्यालय गणेशपुरले जग्गा दाताहरुलाई शिला लेखसहित सम्मान-पत्रले सम्मान गरेकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले बिहिबार एक कार्यक्रमबीच जग्गा दाताहरुलाई सम्मान-पत्रले सम्मान गरेका हुन् । यसैबीच वडाकाे डिजिटल बाेर्ड र नवनिर्मित वडा कार्यालयकाे भवन समेत गाउँपालिका अध्यक्ष थापाद्वारा उद्घाटन गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाभित्र आर्थिक वर्ष २०७३/०७४ देखि २०८०/०८१ सम्म सरकारी तथा संघसंस्थाहरुलाई जग्गा दान गर्ने दाताहरुलाई शिला लेखसहित सम्मान गरिएको वडा अध्यक्ष दिनेश कुमारी चाैधरीले जानकारी दिए । उनले जग्गा दाताहरुले आम नागरिककाे हकहितकाे साथै सेवा प्रवाहका लागि ऐतिहासिक र सामाजिक याेगदान गरि सराहनीय काम गरेका जग्गा दाताहरुलाई सम्मान गरिएको बताए । जग्गा दाताहरुकाे सहयोगले वडाभित्र लगायत सेवाग्राहीलाई सेवा प्रवाहमा सहजता भएको भन्दै वडा अध्यक्ष चाैधरीले प्रशंसासमेत गरे ।

जग्गा दाता छाे-अमाैलीका वंशी/इनरपाति चाईले गणेशपुर आयुर्वेद औषधालयकाे लागि ३ कट्ठा, छाे-अमाैलीका मङ्गरे गडरियाले आयुर्वेद औषधालय जाने बाटोकाे लागि ३ धुर, छाे-अमाैलीका त्रिवेणी कुर्मीले आनन्द बाल विकास केन्द्रका लागि २ कट्ठा, छाे-अमाैलीका छेदी गडरियाले आनन्द बाल विकास जाने बाटाेकाे लागि ४ धुर, मधुनगरका राम नरेश चाैधरीले गाउँघर क्लिनिकका लागि ३ धुर र लालपुरका बालजी कुर्मीले प्रतिक्षालय निर्माणका लागि ३ धुर जग्गा दान गरेका छन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले विभिन्न भूमिकामा रहेर याेगदान, ज्ञानका कुराले सहयोग गरेकाे जिकिर गर्दै जग्गा दाता लगायत समाजका लागि अग्रणी पंक्तिमा बसेर याेगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा खुसी र गर्व महसुस गर्न पाएकाे भन्दै प्रशंसासमेत गरेका छन् । उनले सामाजिक सद्भाव, धर्म, संस्कृतिकाे सम्मान गर्ने कुराहरुले अग्रणी भूमिका निर्वाह गरेकाेले साैहार्दपूर्ण वातावरणमा सबैकाे सम्मान भएको बताए । यस सम्मान कार्यक्रमले अनुकरणीय सन्देश दिएकाे बताउँदै अन्य वडाले पनि यस्ता कार्यक्रमकाे आयाेजना गर्न आवश्यक रहेकाे अध्यक्ष थापाकाे भनाई छ ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले डिजिटल बाेर्डले सेवा प्रवाहमा मद्दत पुग्ने बताएका छन् । उनले वडाले तयार पारेकाे डाेकुमेन्ट्रीलाई अवधी भाषामा समेत बनाउन सुझाव दिँदै डिजिटल बाेर्डले सेवाग्राहीलाई सुसूचित बनाउने बताए । वडाले गरेकाे क्रियाकलाप तथा गतिविधिहरुसमेत डिजिटल बाेर्डले जानकारी दिने हुँदा हरेक सूचनाहरु राख्न उनले आग्रह गरे । रिजालले गाउँपालिकाबाट चुस्त-दुरुस्त रुपमा सेवा प्रवाहका लागि पालिकाकाे भवन निर्माण गर्ने तयारीसमेत भएको उनले जनाए ।

कार्यक्रमलाई गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, वडा सचिव बिमल पाेख्रेल, समाजसेवी विजय कुमार चाैधरी, रफिक मुसलमान, दिपक भण्डारी लगायतले सम्बाेधन गरेका थिए ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्