Friday, July 24Nepali Online News Portal

कपिलवस्तुकाे विजयनगरमा माछा जाेन विस्तार गर्न कृषकसँग छलफल


   

धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा माछा जाेन विस्तार गर्नका लागि बृहत छलफल गरिएको छ । गाउँपालिकाकाे सभाहल खडैचामा गाउँपालिकाले माछा पालक कृषकहरुसँग माछा जाेन विस्तारका लागि छलफल गरेकाे हाे ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले विजयनगर गाउँपालिकाभित्र माछा व्यवसायीले संगठन बनाई अगाडी बढ्नुपर्ने बताएका छन् । माछा पकेट क्षेत्रका लागि गाउँपालिका उपयुक्त क्षेत्र भएकाले माछा व्यवसाय फस्टाउन सकिने विभिन्न ताल, पाेखरी रहेकाे हुँदा माछा व्यवसायीले लगानी गर्नुपर्नेमा उनले जाेड दिए । अध्यक्ष थापाले भारतबाट आयात हुने पशुजन्य पदार्थ तस्करी पहिला भन्दा धेरै कम भएको बताउँदै पशुजन्य पदार्थलाई आयातबाट राेक्न लागि माछा व्यवसायी लगायत सम्बन्धित निकायले लाग्नुपर्ने बताए ।

भारतीय माछा आयातले स्वदेशी माछा व्यवसायीहरु मर्कामा परेकाे हुँदा सबैेले हातेमालो गर्दै स्थानीय उत्पादनलाई उपभाेगमा ल्याउनुपर्ने बताए । भारतबाट आयात हुने पशुजन्य पदार्थ स्वास्थ्यकाे दृष्टिकोणले उपभाेगका लागि स्वस्थ नभएको बताउँदै आम उपभाेक्तालाई सचेत हुन अध्यक्ष थापाले आग्रहसमेेत गरे । गाउँपालिकाले माछा व्यवसायीलाई अनुदान दिने कुरामा तत्पर रहेकाेले पालिकामा व्यवसायलाई सूचीकृत गरि अनुदान रकमकाे लाभ उठाई फाइदा लिई व्यावसायिक तरिकाले अघि बढ्नुपर्ने अध्यक्ष थापाकाे भनाइ छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले माछा व्यवसायीकाे साथ गाउँपालिका रहेकाे बताएकी छन् । चाेरी पैठारी गरि आयात हुने माछा लगायत पशुजन्य पदार्थ राेक्नका लागि सम्बन्धित निकायमा आवश्यक समन्वय गरि अगाडी बढ्ने कुरामा व्यवसायीलाई विश्वस्त रहन उनलेआग्रह गरिन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजाले खुला सिमानाका कारण भारतबाट आयात बढी हुने गरेकाे बताउँदै संगठित हुँदै पशुजन्य पदार्थलाई राेक्न स्थानीय, व्यापारी, व्यवसायी, प्रहरी सबै सक्रिय हुनपर्ने बताएका छन् । भारतबाट आएका माछा, पशुजन्य पदार्थ चेकजाँच नभई आएकाे हुँदा उपभोक्तका लागि उपयुुक्त नभएको बताउँदै आमउपभोक्ताले गम्भीर हुनुपर्ने रिजालले बताए ।

कार्यक्रममा बाेल्ने अधिकांश माछा व्यवसायी वक्ताहरुले भारतबाट बढीमा मात्रामा माछा आयात हुने हुँदा उत्पादित माछाहरु बजारीकरणमा समस्या देखिएकाे बताएका छन् । उनीहरुले भारतबाट आएका माछालाई ल्याएर सस्तोमा उपभोक्तालाई बिक्री गर्दा घाटा लाग्ने गरेकाे दुखेसाे पाेखे । भारती माछालाई आयातबाट राेक्न लागि सम्बन्धित सबैलाई उनीहरुले आग्रह गरेका छन् ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्