Friday, July 24Nepali Online News Portal

हरायेको मोटरसाइकल फेला पारियो


   

सुधांशु गिरी
कृष्णनगर

मिति २०८२।०३।२० गते साझ अ. १५:०० बजेको समयमा जिल्ला कपिलवस्तु साविक रामनगर गा.वि.स. वडा नं. ०८ हाल कृष्णनगर न.पा.वडा नं.११ सरफर बस्ने वर्ष ५० को रामनाथ चौधरीको नाममा दर्ता रहेको ईन्जिन नंम्बर MD2A57BZ 8EWD21697 र चेसिस नंम्बर DAZWED-11257 भएको निलो रङको लु २२ प ७४९७ नंम्बरको बजाज डिस्कबर मोटरसाईकल जिल्ला कपिलवस्तु कृष्णनगर न.पा. वडा नं.०१ मडाहा स्थित कृष्णनगर-सुन्दरीडाँडा (RTO) सडकखण्ड स्थितबाट चोरी भएकोमा खोजतलास गर्दै जाने क्रममा मिति २०८२।०३।२० गते बेलुका अन्दाजी १५:३० बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ यात्रु गेट स्थितमा देश भारत उत्तर प्रदेश जिल्ला खुस्रीनगर लाजाबजार खड्डा बस्ने बर्ष अं.२५ को सोनु कुर्मीले लिदैगरेको अबस्थामा फेला पारी निजलाई सोही स्थानबाट रित पुर्वक पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित कपिलबस्तु जिल्ला अदालतबाट म्याद थप भइ इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखि अनुसन्धान भईरहेको जानकारी इ.प्र.का प्रमुख इश्वरी लौडारीले दिनु भयो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्