मुख्तार हज समिति अध्यक्ष नियुक्त, उत्कृष्ट सेवाको अपेक्षा
प्रदीप चौबे
सिरहा/ साउन १४
गृहमन्त्री रामेश लेखकको सिफारिसमा मुख्तार अहमद नेपाल हज समिति अध्यक्ष नियुक्त, अल्पसंख्यक समुदायमा खुशी हज यात्रुहरूलाई उत्कृष्ट सेवाको अपेक्षा
नेपाल सरकारले एक महत्वपूर्ण र ऐतिहासिक कदम स्वरूप सिरहा जिल्लाको किल्यानपुर नगरपालिका–१२ निवासी प्रसिद्ध सामाजिक तथा धार्मिक सेवक मुख्तार अहमदलाई नेपाल हज समितिको नयाँ अध्यक्ष नियुक्त गरेको छ । गृहमन्त्री रामेश लेखकको सिफारिसमा गरिएको यो नियुक्ति अल्पसंख्यकहरूको सहभागिता र धार्मिक सहिष्णुताको दिशामा एक दृढ कदमको रूपमा हेरिएको छ ।
गृह मन्त्रालयका अनुसार हज समितिका अन्य सदस्यहरूको चयन प्रक्रिया पनि चाँडै पूरा गरिनेछ । मुख्तार अहमद एक इमानदार, कर्तव्यनिष्ठ, निस्वार्थ र सक्रिय सामाजिक सेवकको रूपमा परिचित छन्, जसले शिक्षा, सेवा र राष्ट्रिय एकताको क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् ।
यो पद केवल सम्मानको विषय ...









