
प्रदीप चौबे
डेबरा/ साउन १४
मिति २०८२ साल साउन १४ गते दिन बुधबार समय अं. दिउसो १२ बजे किसानहरुले आफ्नो खेतमा हाल्नाको ल्याइँदै गरेको भारतीय खद जबर्जस्ती आफ्नो नियन्त्रणमा लियेको जानकारी प्राप्त भएको हो । ८ बोरा भारतीय खाद ल्याइरहेको बेला डेबरा चौराहमा भिल्मी (कर्मा टोली) नेपाल सशस्त्र प्रहारी बल द्वारा खोसी आफ्नो नियन्त्रणमा लियेको हो ।
नेपालको तराई क्षेत्र (कृष्णनगर, विजयनगर, शिवराज, शिवपुर) मा खेतीपातीको बेला किसानहरुले नेपाली प्रयाप्त खाद पाउन न सकेरा जसोतसो गरि भारत बाट भारतीय खाद ल्याउन बाध्य हुन्छन ।
डेबरा चौराहामा नेपाल सशस्त्र प्रहरी बलले किसानहरुले ल्याउदै गरेको खाद नियन्त्रणमा ली भिल्मीको कर्मा आफ्नो ब्यारैकमा पुर्यायेको छन । खाद लिन खोज्दा किसानहरुले एक बोरा च्यात्तिएको र सडकमा फाली सशस्त्र प्रहरी बल, कर्माको अगाडि विरोध गरेको पनि हुन । स्थिती नियन्त्रणमा लिनको लागि कृष्णनगर बाट सशस्त्र प्रहरी बल टोली बोलाइयो । प्राप्त जानकारी अनुसार किसानहरुको मोटरसाइकल २ थान, खाद ८ बोरा (एक बोरा खाद नष्ट गरि विरोध व्यक्त गरेको) नेपाल सशस्त्र प्रहरी बलले आफ्नो नियन्त्रणमा लिइ सशस्त्र कैम्पमा लगेको हुन ।
थप जानकारी आउन बाकी छ ।
