Thursday, October 29Nepali Online News Portal

Author: Krishnanagar Today

अल्पत्रमा स्वास्थ्य चौकी भवन

अल्पत्रमा स्वास्थ्य चौकी भवन

मुख्य समाचार, स्थानिय तह, स्वास्थ्य/उपचार
प्रदीप चौबे सिर्सिहवा-४, जेठ १४ केही दिन वा महिना पुर्व कृष्णनगर - ४ सिर्सिहवामा स्वास्थ्य चौकी भवन निर्माण भइ सकेको छ । संचालनमा न आउदा उक्त स्वास्थ्य चौकी अल्पत्र हालतमा देखियो । स्वास्थ्य चौकी कम दारुमासु खाने अड्डा बडी देखिन्छ अथवा दिशापिसाब गर्ने सार्वजनिक सौचालय हो कि बुझना गार्हो छ । सिर्सिहवाको स्वास्थ्य भवन संचालनमा न आउदा उक्त भवन दारुमासु खाने र दिशापिसाब गर्ने बाहेको अरु के के कामको लागि प्रयोग गरिन्छ थाह छैन ।...
पत्रकार केसीको निधन

पत्रकार केसीको निधन

जीवनशैली, सुचना प्रविधि
लालु चौधरी ब्लड क्यान्सरबाट प्रभावित पत्रकार दीपक केसीको निधन भएको छ । अर्घाखाँची घर भई कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजरका रूपमा कार्यरत ३६ वर्षीय केसीको शुक्रवार राति निधन भएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जानकारी दिनुभयो । पत्रकार केसीको असामयिक निधनले कपिलवस्तुको पत्रकारिता क्षेत्रले एक कर्मठ र प्रतिबद्ध व्यक्ति गुमाएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाले जनाएको छ । पछिल्लो दुई वर्षदेखि क्यान्सरको उपचारमा रहनुभएका केसीले भारतमा बोन म्यारो ट्रान्सप्लान्ट समेत गराउनु भएको थियो । स्वास्थ्यमा सुधार आएपछि पुनः पत्रकारितामा सक्रिय हुनुभएका केसीको स्वास्थ्य अवस्था अचानक गम्भीर भएपछि उपचारका लागि बुटवल लगिएको थियो । तर, उपचारकै क्रममा उहाँले ज्यान गुमाउनुभयो । प्रेस सेन्टरका सदस्यसमेत रहेका केसीको शनिवार अन्त्येष्टि गरिने जनाइएको छ ।...
महिला अधिकार प्रशिक्षण

महिला अधिकार प्रशिक्षण

कला साहित्य, जीवनशैली, समाचार, सुचना प्रविधि
धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा मन्तव्यकला, नेतृत्व विकास, उद्यमशीलता, सकारात्मक साेँच र महिला अधिकार विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत प्रशिक्षण तालिम सुरु भएको हाे । गाउँपालिकाकाे आयाेजना र समृद्धि सामुदायिक विकास सेवा केन्द्रकाे सहजीकरणमा दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएको सहजीकरण संस्थाका अध्यक्ष सरस्वती आचार्यले जानकारी दिइन् । कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले मानिसले जीवनभर नयाँ-नयाँ कुराहरु सिकी राख्नुपर्ने बताउँदै आफू व्यवस्थित, अनुशासित र मर्यादित हुन आवश्यक रहेकाे बताए । समृद्ध जीवनका लागि सीप सिक्न जरुरी रहेकाे जिकिर गर्दै सीप भए जीवन निर्वाह गर्न सहज हुँदै जाने उनले बताए । यसले सक्षमताकाे साथै राेजगारीकाे अवसर पनि प्रदान गर्दै जाने उन...
प्रहरीको उपस्थितिमा तस्करी

प्रहरीको उपस्थितिमा तस्करी

समाचार, सामाजिक सञ्जाल, सुचना प्रविधि
विनोद ओझा कृष्णनगर/ जेठ ९ कपिलवस्तु को दक्षिणी पश्चिमी सीमावर्ती क्षेत्र हरूबाट खुलेआम तस्करी हुने गरेको छ। कोटिया बढनी हरदौना कर्मा बगही बन्चौरा कुकुर भुकवा डुमाई कृष्णनगर लक्ष्मीनगर लगायतका स्थानबाट टायलस, बरान, कपड़ा, चिनी, हार्डवेयर मलखाद खादान फलफुल विदेशी चुरोट जस्ता सामान हरू को तस्करी हुने गरेको हो। लक्ष्मीनगर ६८ नम्बर पिलर नाकामा सुरक्षाकर्मी र घुमुवाहरूको गस्ती हुँदाहुँदै पनि तस्करी नरोकिएको देखिएको छ स्थानीय प्रत्यक्षदर्शीका अनुसार साइकिल र मोटरसाइकिल मार्फत मालसमान ओसारपसार भइरहेको छ। केही सुरक्षाकर्मी र घुमुवा लाई मासिक रकम बुझाएर तस्करहरू निर्वाध रूपमा समान वरिपरि गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ। कहिलेकाहीँ दबाव का कारण सशस्त्र प्रहरीले मालसमान समात्ने गरेको भएपनि रोक्न प्रभावकारी कदम नचालिए को सामाजिक अभियन्ताहरू बताउँछन्।...
पूर्ण खाेप दिगाेपना सुनिश्चितता घाेषणा

पूर्ण खाेप दिगाेपना सुनिश्चितता घाेषणा

जीवनशैली, बिचार/ब्लग, समाचार, स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु, १ जेष्ठ कपिलवस्तुकाे विजयनगर गाउँ पालिकालाई पूर्ण खाेप दिगाेपना सुनिश्चितता घाेषणा गरिएको छ । बिहिबार एक कार्यक्रमका बीच पूर्ण खाेप दिगाेपना सुनिश्चितता गाउँपालिका घाेषणा गरिएको जनाइएको हो । विजयनगर गाउँपालिका जिल्लामा दाेस्राे पूर्ण खाेप सुनिश्चितता पालिका घाेषणा भएकाे स्वास्थ्यका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए । सरकारले उपलब्ध गराएको खाेप पूर्ण रुपमा बालबालिकालाई लगाइएकाे सुनिश्चित भइसकेपछि जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यद्वारा पानसमा बत्ती बालेर पूर्ण खाेप दिगाेपना सुनिश्चिता पालिका घाेषणा गरिएको हाे । १६ महिलादेखि ५९ महिनासम्मका बालबालिकालाई पूर्ण खाेप दिई सुनिश्चित गरिएको हाे । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यले विजयनगर गाउँपालिका क्रमशः विकासतर्फ बढिरहेको बताएका छन् । उनले हरेक क्षेत्रमा...
सडक अति आवश्यकता, को ले बनाइदिने ?

सडक अति आवश्यकता, को ले बनाइदिने ?

आर्थिक, सामाजिक सञ्जाल, सुचना प्रविधि, स्थानिय तह
प्रदीप चौबे हनुमानगढी/ बैशाख २४ कृष्णनगर नगरपालिका कार्यापालिका - ६ अन्तर्गत पुरानो इ.प्र.का र शिव बीडी फैक्ट्री पछाडी रहेको प्रशिद्ध हनुमान गढी , शिव भोले मन्दिर आउने जाने बाटो दैनिये रहेको छ । यदि कुनै एउटा बैट्री वाला रिक्सा आयो भने अर्को कुनै साधन जस्तै रिक्सा (३ खुट्टे रिक्सा), चार पांग्रे सवारी साधन निस्किन गार्हो हुन्छ । मोटरसाइकल समेत निकलाना समस्या हुने गरेको छ ।  हनुमान मन्दिर जाने क्रममा सानो पुल/ पानी निकास नाली (सानो हियुम पाईप द्वारा) बनेको झन समस्या उतपन्न गरेको छ । त्यो सानो पुल/ पानी निकास नाली दुबै तिर भ्याचेको रहेछ । बाटो पनि सांग्लो रहेकोले र शिव बिडी फैक्ट्री बाट निस्किने ट्यालेटको पानी बीच बाटोमा आएकोले मन्दिर सम्मा पुग्न गार्हो भइ रहेको भक्तहरुको गुनासो आएको छ । समयमै बाटो र तरिका बद्धले शिव बीडी फैक्टीको ट्यालेटको पानी निकास राम्रोको ले बनाई दिने हो, कृ...
उदाँउदो द्वारा निरन्तर पानी खुवाए

उदाँउदो द्वारा निरन्तर पानी खुवाए

समाचार, सामाजिक सञ्जाल
सुधांशु गिरी कृष्णनगर-८/ बैशाख २२ मिति १९ र २० बैशाख २०८२ पानीको व्यवस्थापन उदांउदो नेपाल कपिलवस्तु (The Rising Nepal Kapilvastu) संस्थाले गरेको थियो । दुई दिन लायेको मुटु तथा मृगौलाको शिविरमा कुनै प्रकारको खाने पानीको समस्या देखियेना । चौबीसे घण्टा दुई दिन सम्मा सेवाग्रही, सेवा दिने डा., स्टाफ, नगर प्रहरी, जनपथ प्रहरी, कृष्णनगर नगरपालिका कार्यालयको टोली, आमजनमानुसहरु लाई उदांउदो नेपाल कपिलवस्तु (The Rising Nepal Kapilvastu) संस्था द्वारा पानी उपलब्ध गरायेको थियो । कुनै पनि बेला खाने पानीको समस्या देखियेन । दुई दिन सम्मा गर्मी रहेको तर खाने पानीको खाचो रहेन । कसैले (कोही व्यक्ती) खाने पानी छैन भने कुरा राखेन । उदांउदो नेपाल कपिलवस्तु (The Rising Nepal Kapilvastu) संस्थाले फेरि पनि कुनै काममा अगाडि रही यसै प्रकार काम गर्ने भनी निर्भय सिंह मार्फत जानकारी प्राप्त भएको हो । ...
आधारभूत अस्पतालकाे अवलोकन, सेवा प्रवाहमा जाेड  

आधारभूत अस्पतालकाे अवलोकन, सेवा प्रवाहमा जाेड  

समाचार, स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्दाैरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा एक टाेलीले अवलोकन गरेकाे छ । विजयनगर गाउँपालिका र निक साइमन इन्स्टिच्युटकाे टाेलीले अस्पतालकाे अवलोकन गरेकाे हाे । अस्पताललाई थप व्यवस्थित बनाउँदै उपलब्ध भएका सेवालाई प्रभावकारी बनाउनका लागि साे टाेलीले अस्पतालकाे व्यवस्थापन, जनशक्ति, उपकरण र आधारभूत सेवा र आकस्मिक सेवाकाे सुनिश्चिततामा जाेड दिएकाे छ । गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालफ, ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारी, इन्चार्ज इन्द्र भण्डारी र निक साइमन इन्स्टिच्युटका पदाधिकारीहरुकाे सहभागीतामा विजयनगर आधारभूत अस्पतालकाे अध्ययन अवलाेकनकाे साथै गुणस्तरीय सेवा प्रवाहकाे बारेमा छलफलसहित अस्पताललाई व्यवस्थित...
दुई दिने मुटु तथा मृगौला निशुल्क स्वास्थ्य शिविर सम्पन्न

दुई दिने मुटु तथा मृगौला निशुल्क स्वास्थ्य शिविर सम्पन्न

जीवनशैली, फोटो-बिशेष, मुख्य समाचार, स्वास्थ्य/उपचार
सुधांशु गिरी कृष्णनगर-८/ बैशाख २० कृष्णनगर नगरपालिका-८, बहादुरगंज शिवराज अस्पतालमा कृष्णनगर नगरपालिकाको आयोजनामा निशुल्क मुटु तथा मृगौला स्वास्थ्य शिविर सम्पन्न भएको हो । कृष्णनगर नगरपालिकाको आयोजना र Save The Heart (मुटु जोगाउ, काठमाडौ) मनमोहन कार्डियो थोरासिक भस्कुलर एण्ड ट्रान्सपलान्ट सेन्टरको सहयोगमा निशुल्क स्वास्थ्य शिविर समपन्न भयो । मुटु तथा मृगौला निशुल्क शिविर मृगौला तथा प्रत्यारोपण विभाग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल बाट डा. हरु, स्टाफ नर्स, कर्म्चारीहरुको उपस्थिति रहयो । शिविर चली रहेको समयमा कृष्णनगर नगरपालिका कार्यालयका प्रशासकिये अधिकृत, मेयर- शाह, उप-मेयर- चौधरी, उप-मेयर सल्लाहकार भुलन चौधरी, स्वास्थ्य शाखा प्रमुख, लागात कर्मचारी, स्वास्थ्य चौकी का इन्चार्ज तथा स्वास्थ्यकर्मी, नगर प्रहरी, इ.प्र.का बहादुरगंज प्रहरी जवान, सफाईकर्मी, पत्रकार, समाजसेवी लगाय...
कार्यक्रममा पारदर्शी भएन, जवाफदेही को ?

कार्यक्रममा पारदर्शी भएन, जवाफदेही को ?

अचम्मका कुरा, जीवनशैली, समाचार, सुचना प्रविधि, स्थानिय तह
सुधांशु गिरी सिर्सिहवा - ४/ बैशाख १९ मिति १८ बैशाख २०८२ गते दिन बिहिवार का दिन कृष्णनगर नगरपालिका - ४ सिर्सिहवामा सरसफाई कार्यक्रम गराईयो । कार्यक्रम पारदर्शिता न रहेको जनताको भनाई रहेको छ । कृष्णनगर नगरपालिका ४ मा सिर्सिहवा गाउँ मात्र छ क्या हो अरु ५ गाउँ के वडा ४ भन्दा बहिरा छ त ? फोहरमैला फाल्ने डस्ट्बिन मात्र सिर्सिहवा गाउँका व्यापारीलाई लक्षित गरि मात्र वितरण गरियो किन ? यस प्रकारको अनैतिकता भएको जवाफ देही कृष्णनगर नगरपालिका-४ को वडा अध्यक्ष हुन कि ? ...