Friday, September 11Nepali Online News Portal

ब्यानर न्युज

मंत्री र नगर सभापतिको भेटघाट

मंत्री र नगर सभापतिको भेटघाट

मुख्य समाचार, राजनीति
सुधांशु गिरी कृष्णनगर/ भदौ २० मिति २०८१/०५/२० गते दिन विहिवार विहान १० बजे वन तथा वातावरण राज्य मन्त्री रुपा बिका बिनय कुमार गिरी (नगर सभापति, नगर कार्य समिति) कृष्णनगर कपिलवस्तु संग चिया तथा अनौपचारिक भेटघाटका लागि बिनय कुमार गिरी (नगर सभापति)को निवास स्थान भेटेको हुन । उक्त भेटघाटको बेला ब्रहानन्द उपाध्याय, घनश्याम अग्रहारी (वडा अध्यक्ष-४), अखिलेश कुमार ठाकुर (वडा सदस्य-४), शिवम गिरी (समाजसेवी), चन्द्रीका प्रसाद यादव, राम सुरत यादव लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो । ...
कृष्णनगर क्वारेन्टाइनका प्रमुख ले घुस माग्दै

कृष्णनगर क्वारेन्टाइनका प्रमुख ले घुस माग्दै

मुख्य समाचार
बिनोद ओझा भादौ १७ कपिलवस्तु : कृष्णनगर प्लान्ट क्वारेन्टाइनका प्रमुख बुद्धिराम भट्टराईले सेवाग्राहीसँग घुस माग्ने गरेको तथ्य बाहिर आएको छ।क्वारेन्टाइन प्रमुख भट्टराईले स्थानीय सेवाग्राहीसँग पटक-पटक घुस रकम माग्ने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन्। भारतबाट कृष्णनगर नाका हुँदै नेपालतर्फ भित्रने साग सब्जी, फलफूल, तरकारी, खाद्यान्न लगायतका प्लान्टजन्य वस्तुहरूको विषादी परीक्षणमा सहजता गर्ने भन्दै उनले सेवाग्राहीसँग घुस रकम माग गर्ने गरेका हुन्। प्लान्ट क्वारेन्टाइनका सिलसिलामा मासिक रूपमा स्थानीय व्यवसायीहरूसँग उनले मासिक लाखौं रुपैयाँ उठाउँदै आएको स्थानीय व्यवसायीको भनाई छ। प्लान्ट क्वारेन्टाइनले प्लान्टजन्य वस्तुको विषादीलगायतको परीक्षण गरी सकेपछि क्वारेन्टाइन रिर्पोटको आधारमा भन्सारबाट गाडी जाँच पास भएर नेपाल भित्रने गर्छ। क्वारेन्टाइनका नाममा अनावश्यक दुख दिने,गाडी जा...
मुख्यमन्त्री सिंह मन्त्रालय सम्मा ई-रिक्सामा

मुख्यमन्त्री सिंह मन्त्रालय सम्मा ई-रिक्सामा

अचम्मका कुरा, मुख्य समाचार
कृष्ण गिरी भदौ १५ जनमत पार्टीका नेता सतिश सिंह मधेश प्रदेशको मुख्‍यमन्त्री नियुक्त भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पद तथा गोपनीयताको शपथ लिने ई-रिक्सामा यात्रा गरेको छन । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार बिहान सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री सिंहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार बिहान १२ः२१ बजे शपथ ग्रहणको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। सिंहले शुक्रबार बिहान ६ दलका ५५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। उनलाई जनमतसँगै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका सांसदले समर्थ...
तस्करीको गढ बन्यो मन्दिर

तस्करीको गढ बन्यो मन्दिर

मुख्य समाचार, सुचना प्रविधि
प्रदीप चौबे लक्ष्मीनगर / भादौ १४ कृष्णनगर नगरपालिका-३, लक्ष्मीनगर गाउँका दक्षिण तर्फ अवस्थित माता समामाई मन्दिर तस्करहरु को गढ बनी सकेको छ । समामाई माताको मन्दिर कृष्णनगर नगरपालिका-३, लक्ष्मीनगर गाउँको दक्षिण र भारतके सीमाको उत्तर तर्फ रहेको पुरानो प्रशिद्ध माताको मन्दिर हो । यो मन्दिरमा पुजाआजा गर्ना प्रतिदिन भक्तहरु आउने नित्य पुजापाठ गर्दै गरेको दिखिन्छ । यो मन्दिर भारत/ नेपाल सीमाना संग जोडियेको कारण तस्कर हरुको गढ बनीसकेको छ । भारत बाट नेपाल र नेपाल बाट भारत तर्फ तस्करी गरि लैजाने समाग्री जस्तै चामल, लसुन, औषधि, कपडा, फलामको कबाड जस्ता समानहरु सजिलै संग तस्करी गर्ना सकिन्छ र तस्करहरु यसै बाटोलाई अपनाएको छन । मिति २०८१ साल भदौ १२ गते बुधबारका दिन समय अन्दाजी करिब दिउँसो ०१:१५ बजे कृष्णनगर सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक- भुपेन्दरको अगुवाईमा टोलीले १०/११ बोरा चामल माता ...
महिला कामदारलाई यातायातमा छुट

महिला कामदारलाई यातायातमा छुट

मुख्य समाचार
राज कुमार ठाकुर शिवराज/ भदौ १३ शिवराजका महिला कामदारलाई यातायात भाडामा छुट शिवराज नगरपालिकाले नगरपालिकाको कार्यालय र विभिन्न उद्योगमा कार्यरत महिला कामदारहरूलाई यातायात भाडामा ७०५ छुटको व्यवस्था गरेको छ। शिवराज नगरपालिकाको कार्यालयमा आयोजित बैठकको निर्णयअनुसार, महिला कामदारहरूले सम्बन्धित यातायात व्यवसायी प्रा।लि।बाट यो सुविधा प्राप्त गर्न सक्नेछन्।उक्त सुविधा प्राप्त गर्न महिलाहरूले आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ। सूचनामा उल्लेख गरिएका यातायात व्यवसायी प्रा।लि।हरूमा कृष्णनगर यातायात, बुटवल यातायात, पश्चिमाञ्चल बस व्यवसायी, र सजिलो यातायात प्रा।लि। परेका छन्।नगर प्रमुखको हस्ताक्षरसहित जारी गरिएको यो सूचनाले महिलाहरूलाई कार्यस्थलमा आवतजावत गर्न थप सुविधा दिने उद्देश्य राखेको छ। महिला दिदिबहिनीको सुरक्षा र आर्थिकलाई मध्यनजर गर्दै यो निर्णय गरिएको मेयर अजय था...
पोखरेल र अधिकारीको प्रतिस्पर्धा

पोखरेल र अधिकारीको प्रतिस्पर्धा

मुख्य समाचार, राजनीति
राज कुमार ठाकुर चन्द्रौटा/ भद्र ९ नेकपा एमाले शिवराज : पोखरेल र अधिकारीको प्रतिस्पर्धा , वडामै भयो निर्वाचन नेकपा एमाले शिवराज नगर अधिवेशनमा नेतृत्व चयनका लागि कडा प्रतिस्पर्धा हुने भएको छ । भदौ १३ गते हुने नगर अधिवेशनमा सर्वसम्मत नेतृत्वचयन गर्ने प्रयास असफल भएपछि निर्वाचनको सम्भावना बलियो भएको हो।शिवराज नगरकमिटीको अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष महादेव पोखरेल र सचिव शरद अधिकारी बीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । दुवै नेताले करिब १५ दिनअघि नै आफ्नो उम्मेदवारीको घोषणा गरेका थिए। सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहे पनि, दुबै नेताले पछाडि नहट्ने अडानका कारण सहमति जुट्न सकेको छैन ।वडाबाट चयन भएका प्रतिनिधिमै विवाद उत्पन्न भएपछि नगर अधिवेशनमा पनि सहमतिको सम्भावना न्यून देखिएको छ । वडा न ५ बाट प्रतिनिधि छनोट निर्वाचन प्रकृया बाट हुने भएको छ । १० जना प्रतिनिधिको लागि ४५ जनाले इच...
नाकामा चावल तस्करी

नाकामा चावल तस्करी

आर्थिक, मुख्य समाचार
कृष्णनगर/ भद्र ८ कपिलवास्तुको कृष्णनगर नाका हालको समयमा चावल तस्करहरूका लागि हबमै परिणत हुन पुगेको छ । तस्करहरूले स्थानीय प्रहरीदेखि जिल्ला प्रहरीसम्म मासिक मोटो रकमको नजराना बुझाए पश्चात् तस्करहरूका लागि कृष्णनगर नाका हबमै परिणत हुन पुगेको हो । कृष्णनगर तस्करको रूपमा सीमा नाका स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयुक्ति टोलिलाइ भारतको बढ़नीबाट समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्यूटी मिलान गराएर मात्र अबैध तरिकाले नेपाल भित्रयाउने गरेको छ । यस बिषयमा नेपाल प्रहरी संगठनका प्रमुख लगायत सीमामा खटिने सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुखको ध्यान पुग्न अति अवाश्यक देखिन्छ । सशस्त्र प्रहरी बल नेपाल संगठन प्रमुखको ध्यान पुगे पनि केही हुने वाला छैन । ...
सशस्त्र प्रहरी अब्बल- अर्याल

सशस्त्र प्रहरी अब्बल- अर्याल

मुख्य समाचार, सुचना प्रविधि
राज कुमार ठाकुर चन्द्रौटा/ भदौ ७ कपिलवस्तु सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक आईजीपी राजु अर्यालले सशस्त्र प्रहरी बलले सीमा सुरक्षाको जिम्मेवारी दृढतापूर्वक पूरा गर्दै आएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देही, चन्द्रौटा, कपिलवस्तुमा सातौं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका आईजीपी अर्यालले सीमा क्षेत्रमा प्रहरी बलले प्रभावकारी रूपमा निगरानी गर्दै आएको र नागरिकहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न सशक्त रूपमा क्रियाशील रहेको स्पष्ट पारे । आईजीपी अर्यालको भनाई अनुसार - “सशस्त्र प्रहरी बलले चौकिदारको भूमिकामा रहेर सीमा क्षेत्रको सुरक्षा, अपराध नियन्त्रण र राजस्व चुहावट रोक्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छन । राज्यले दिएको अधिकारको भरपुर उपयोग गर्दै नागरिकहरूको शान्ति र सुरक्षा सुनिश्...
प्रहरीको नियन्त्रणमा ९ लाख बढी कपडा

प्रहरीको नियन्त्रणमा ९ लाख बढी कपडा

आर्थिक, मुख्य समाचार
विनोद ओझा कृष्णनगर/ साउन २७ चाडबाडको चटारो: तस्करीमा वृद्धि, सुरक्षा सतर्कता कडा चाडबाडको समय सुरु भएसँगै कपिलवस्तुमा तस्करहरूको सक्रियता तीव्र भएको छ। रक्षाबन्धन र तीज जस्ता चाडहरू नजिकिँदै गर्दा तस्करहरूले भारतबाट विभिन्न अवैध मालसामानहरू नेपाल भित्र्याउन थालेका छन्। सीमा क्षेत्रमा तस्करी बढेसँगै सुरक्षाकर्मीहरूले निगरानी कडा बनाएका छन्। रात्रिकालीन गस्तीका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ठूलो मात्रामा भारतबाट अवैध रूपमा भित्र्याइएका कपडा बरामद गरेका छन्। कृष्णनगरका दुई छुट्टाछुट्टै स्थानबाट ९ लाख बढीको कपडा बरामद गरिएको हो। सुराकीका आधारमा कृष्णनगर वडा नम्बर-२ स्थित बैंक रोडमा बेवारिसे अवस्थामा ६ लाख बढीको १९ बोरा कपडा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए। उक्त कपडामा १७७ पिस लेडिज सुट, ८१ पिस साडी, ६३ थान काँचो कपड...
थापाद्वारा पञ्चायन मन्दिरको उद्घाटन

थापाद्वारा पञ्चायन मन्दिरको उद्घाटन

कला साहित्य, मुख्य समाचार
धर्मेन्द्र चौधरी बिजयनगर/ साउन २७ कपिलवस्तुको विजयनगर गाउँपालिका–२ मगरघट्टामा नवनिर्मित शिव पञ्चायन मन्दिरको विजयनगर गाउँपालिका मेयर/ नगर प्रमुख थापा द्वारा उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आइतबार एक कार्यक्रमबीच शिव पञ्चायन मन्दिरको उद्घाटन गरेका हुन् । १६ लाख ३५ हजारको बढी लागतमा शिव पञ्चायन मन्दिर निर्माण गरिएको मन्दिर व्यवस्थान समितिका सचिव सन्तोष तिवारीले जानकारी दिए । गाउँपालिकाको १३ लाख, नयाँ नेपाल भजन समुहको १ लाख ८५ हजार र चन्दाबाट १ लाख ५० हजार बढीको सहयोगमा शिव मन्दिर निर्माण गरिएको उनले जनाए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले हिन्दु धर्मावलम्बीहरुको आस्थाको महत्वपूर्ण कार्य भएको बताएका छन् । उनले अहिले धर्म परिवर्तन बढ्दै गएको बताउँदै धर्म, सँस्कृतिलाई संरक्षणमा सबैले जोड दिनुपर्ने बताए । विविध प्रलो...