Friday, May 29Nepali Online News Portal

आधारभुत अस्पतालमा ब्रह्मलुट


   

राज कुमार ठाकुर
चन्द्रौटा/ भदौ २७

चन्द्रौटा शिवराज आधारभुत अस्पतालमा सरकारी दस्तुर रु.२०/- रुपैयाँको औषधि रु.५०/- रुपैयाँमा बेचेको खुलासा भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिकाद्वारा सञ्चालित शिवराज आधारभुत अस्पतालमा व्यापक ब्रह्मलुट तथा अनियमितता भएको प्रमाण सार्वजनिक भएको छ । अस्पतालले नागरिकलाई सस्तो र छिटोछरितो सेवा दिने उद्देश्यले अस्पताल परिसरभित्रै फर्मेसी सञ्चालन गरेको भए पनि त्यहाँ औषधिको अत्यधिक मूल्य लिने गरिएको खुलासा भएको छ ।

न्युज सेन्टर नेपाल फेला पारेको विलकोमा अस्पतालले २० रुपैयाँ पर्ने औषधिको ५० रुपैयाँ लिएको पाइएको छ । एक विरामीले अस्पतालबाट खरिद गरेको टिटि सिरिन्जको बिल ५० रुपैयाँको काटिएको थियो, जबकि त्यही सिरिन्ज बाहिरका मेडिकलहरूमा २५ रुपैयाँमै पाइन्छ । अस्पतालमा औषधिको मूल्यमा ब्रह्मलुट भइरहेको आरोप स्थानीयले लगाएका छन । अस्पतालले विरामीलाई औषधि खरिद गर्दा २०५ छुट दिने निर्णय गरेको भए पनि, बिलमा कुनै छुट नदेखिएकोले व्यापक विरोध भइरहेको छ । अस्पतालका इन्चार्ज बिरेन्द्र मिश्रले विरामीबाट चर्को मूल्य लिएको विषयमा नगर प्रमुख अजय थापा, उप प्रमुख शिव कुमारी चौधरी, अस्पतालका अध्यक्ष तथा शिवराज ५ का अध्यक्ष नेत्र प्रसाद बेल्बासेलाई जानकारी भए पनि कुनै कार्वाही नगरेको नागरिक समाजले जनाएका छन । अस्पतालका इन्चार्ज बिरेन्द्र मिश्रको प्रत्यक्ष संलग्नतामा विरामीहरूबाट चर्को मूल्य असुली भइरहेको स्थानीयहरूले दाबी गरेका छन । मिश्रले कुनै सुधार नगरी विरामीहरूबाट अनैतिक रूपमा अतिरिक्त पैसा असुल्न निरन्तरता दिएको देखिन्छ ।मिश्रको नेतृत्वमा भइरहेको यो आर्थिक अनियमितता सबैको मिलोमतो रहेको शिवराजवासीले आरोप लगाएका छन ।

नेतृत्वको कमजोरीका कारण बिरामीहरूलाई ठगी र ब्रह्मलुटको शिकार बनाइएको आरोप रहेको छ । स्थानीयहरूले सबैको मिलोमतोमा आर्थिक चलखेल भएको आशंका गरेका छन । शिवराज आधारभुत अस्पतालमा यस अघि पनि पटकपटक विवाद हुँदै आएको थियो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्