Friday, May 29Nepali Online News Portal

तस्करीको गढ बन्यो मन्दिर


   

प्रदीप चौबे
लक्ष्मीनगर / भादौ १४

कृष्णनगर नगरपालिका-३, लक्ष्मीनगर गाउँका दक्षिण तर्फ अवस्थित माता समामाई मन्दिर तस्करहरु को गढ बनी सकेको छ ।

समामाई माताको मन्दिर कृष्णनगर नगरपालिका-३, लक्ष्मीनगर गाउँको दक्षिण र भारतके सीमाको उत्तर तर्फ रहेको पुरानो प्रशिद्ध माताको मन्दिर हो । यो मन्दिरमा पुजाआजा गर्ना प्रतिदिन भक्तहरु आउने नित्य पुजापाठ गर्दै गरेको दिखिन्छ । यो मन्दिर भारत/ नेपाल सीमाना संग जोडियेको कारण तस्कर हरुको गढ बनीसकेको छ । भारत बाट नेपाल र नेपाल बाट भारत तर्फ तस्करी गरि लैजाने समाग्री जस्तै चामल, लसुन, औषधि, कपडा, फलामको कबाड जस्ता समानहरु सजिलै संग तस्करी गर्ना सकिन्छ र तस्करहरु यसै बाटोलाई अपनाएको छन ।

मिति २०८१ साल भदौ १२ गते बुधबारका दिन समय अन्दाजी करिब दिउँसो ०१:१५ बजे कृष्णनगर सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक- भुपेन्दरको अगुवाईमा टोलीले १०/११ बोरा चामल माता समामाई मन्दिर र वरिपरि बाट हिरासतमा ली कृष्णनगर भंसारलाई भुझाएको जानकारी प्राप्त भएको छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्