कपिलवस्तु नापी कार्यालयका कर्मचारी खुलेआम घुस लिदैं
राजकुमार ठाकुर
भूमि व्यवस्था मन्त्रीकै क्षेत्रमा नापीका कर्मचारीहरुले अवैध असुली धन्दा चलाएपछि उनका मतदाता असन्तुष्ट बनेका छन् । कपिलवस्तु १ बाट निर्वाचित भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीकै क्षेत्र अन्र्तगत मायादेवी गाउँपालिकामा नापी कर्मचारीले अवैध रकम असुलेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।नापी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिकाको जग्गा व्यवस्थापन अन्र्तगत त्यहा रहेको गाउँ ब्लकको जग्गा नाप नक्सा गरि पुर्जा बनाउनका लागि टोली खटाएको थियो । टोलीले अस्थायी कार्यालय नै राखेर काम गर्दै आएको छ ।तर त्यहा खटिएका नापी कर्मचारीले सेवाग्राहीहरु संग प्रति कित्ता १ सय ५० को दरले रकम लिदै आएको गुनासो गरेका छन् । स्थानीय संचारकर्मीहरु कार्यालय अगाडी जादा समेत सेवाग्राही संग रकम लिदै गरेको पाइएको थियो टोली प्रमुख अमिन प्रदिप मण्डलको नेतृत्वमा रहेका कर्मचारीले रसिद नकाटेरै प्रति कित्ता १५० को दरले रकम लिएको पीडित सेवाग्राहीले बताए । मायादेवी २ का धर्मराज कलवारले कर्मचारीले हाकाहाकी रकम माग गरेको गुनासो पोखे ।मैले प्रति कित्ताको दरले रकम बुझाए तर रसिद पाएन” उनले भने । “हामीले भोट दिएर मन्त्री बनायौ, उहाकै क्षेत्रमा कर्मचारीले घुस लिन्छन् हामी के बोल्ने” कलवारले भने ।
मायादेवी २ का लाल बहादुर यादवले पनि ४५० रुपैया घुस दिएको बताए । “मेरो ३ कित्ता थियो, नदिए सम्म निवेदनमा तोक लगाएनन् अनि दिए” उनले भने । निवेदन तथा दर्तामा खटिएका नापी कर्मचारी रामकृष्ण यादव, मोतिलाल साह, नितेश मण्डल, रामनिवास केवट, सन्तोष थारु लगायतले सेवाग्राही संग रकम लिइरेको स्थानीयबासीले बताए ।कर्मचारीहरुले विभिन्न कारण देखाउदै रकम लिन थालेपछि गाउँपालिका अध्यक्षले यसबारे चासो देखाएका थिए । पालिका अध्यक्ष वलिउद्धिन मुसलमानले सेवाग्राहीलाई अनावश्यक दुख नदिन र अवैध रकम लिएको पाइए कारवाही गर्ने धम्की दिएपछि रकम लिन रोकिएको थियो ।घटनाबारे टोली प्रमुख अमिन प्रदिप मण्डलले भने निवेदन शुल्क लिएको हुन सक्ने बताए । “बाहिर निवेदन लेख्नेहरुले लिएको हुन सक्छ, कर्मचारीले लिएको छैन” उनले भने ।मन्त्रीकै जिल्लामा भूमिहिन गाउँब्लक पीडित संग कर्मचारीले घुस लिएको गुनासो मन्त्रीको सचिवालयमा जानकारी गराएको तर कुनै कारवाही नभएको स्थानीय नागरिकले बताएका छन ।
