Friday, May 29Nepali Online News Portal

कपिलवस्तुमा विश्व आत्माहत्या रोकथाम दिवस मनाइयो


   

राज कुमार ठाकुर चन्द्रौटा
भादौ २५
कपिलवस्तुमा विश्व आत्माहत्या रोकथाम दिवस मनाइयो
रोटरी क्लब अफ कपिलवस्तुको आयोजनमा शिवराज नगरपालिकामा विश्व आत्माहत्या रोकथाम दिवस सम्पन्न भएको छ । रोटरी क्लब अफ कपिलवस्तुले आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । समाजमा आत्महत्या रोकथामका विषयमा जनचेतना फैलाउने उदेश्यले कार्यक्रम आयोजना गरेको रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष बाल कृष्ण पान्डेयले जानकारी दिनुभयो ।कार्यक्रममा “आत्महत्या रोकथाम बारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं” भन्ने नाराका साथ र्याली निकालिएको अध्यक्ष पान्डेयले बताउनु भयो । र्यालीको शुरुवात सन्जिवनी अस्पताल देखी दुर्गा मन्दिरसम्म गरिएको थियो ।र्याली कार्यक्रममा शिवराज स्वास्थ्य शाखाका प्रमुख चुडामणि भट्टराईले आत्माहत्या रोकथामका बारेमा प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रममा रोटरी क्लब कपिलवस्तुका पुर्वअध्यक्ष, टोपलाल पोख्रेल, टोयानाथ गैरे, रोट्याक क्लबका अध्यक्ष विष्णु पाण्डेय, रोटरीका सदस्यहरू, विद्यालयका विद्यार्थीहरु, स्थानिय युवाहरू र स्वास्थ्यकर्मीहरूले र्यालीमा सहभागी भएका थिए।र्यालीमा सहभागीहरूले आत्महत्या रोकथाम सम्बन्धी ब्यानर, प्लेकार्ड, र पर्चाहरू वितरण गरेका थिए। र्यालीले समाजमा आत्महत्या रोकथामका विषयमा सकारात्मक सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ।क्लबका अध्यक्ष पान्डेयका अनुसार, “आत्महत्या एउटा ठूलो सामाजिक समस्या हो, र यसको रोकथामका लागि सबैले मिलेर काम गर्न आवश्यक छ । यो र्यालीले समाजमा आत्महत्या रोकथामको लागि जनचेतना जगाउन मद्दत पुर्याउने विश्वास गरेका छौं यस किसिमका कार्यक्रमले समाजमा आत्महत्या रोकथामका प्रयासलाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्