Saturday, May 30Nepali Online News Portal

सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा पटाका बरामद


   

कृष्ण गिरी
नवलपरासी/ असोज २

पश्चिम नवलपरासी

सशस्त्र प्रहरीले प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ पटाका बरामद गरी नष्ट गरेको छ ।

नवलपरासी खुला सीमा नाकाहरूबाट तिहार तथा छठ पर्वलाई लक्षित गरी पाल्हिनन्दन गाउँपालिका वडा नं.२ भक्सिपुर स्थित धान खेतको बाटो भएर टाउकोमा राखी भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको करिब ३ लाख मुल्य बराबरको विस्फोटक पदार्थ पटाका सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारीको नेतृत्वमा खटिएकाे गाडी मोबाइल टोलीले विस्फोटक पदार्थ पटाका नियन्त्रणमा लिन सफल भएको हो ।

उक्त पटाका ल्याउदै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेर बेवारिसे अवस्थामा छाडी मानिस भागेका थिए । नियन्त्रणमा लिएको पटाकालाई नेपाल प्रहरी,भन्सार कार्यालय जनप्रतिनिधि, पत्रकार र स्थानीयहरूको रोहवरमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुरको परिसरमा खाडल खनि नष्ट गरिएको सशस्त्र प्रहरी २६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेले जानकारी दिनुभयो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्