Wednesday, September 9Nepali Online News Portal

ब्यानर न्युज

कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ।

कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ।

Uncategorized, मुख्य समाचार
नन्द किशोर कुर्मी ( लालु ) विजयनगर साउन २२ कपिलवस्तुमा अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरी नष्ट गरिएको छ। जिल्लाको विजयनगर वडा नम्बर-७ गेडुवाजोतमा दुई मोटरसाइकल मार्फत् भित्र्याइएको उक्त सङ्ख्याको चल्ला सशस्त्र प्रहरीले मंगलबार बिहान बरामद गरी नष्ट गरेको हो। बिओपी कृषण्नगरका प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार बिहान ४ बजे तस्करहरूले लु १७ प ७४७९ र ना.६ प ९९९९ नम्बरको दुई मोटरसाइकलमा ती चल्लाहरु भारतबाट लुकीछिपी भित्र्याएका थिए। सशस्त्रको टोलीलाई देखेपछि तस्करहरू मोटरसाइकल सोही ठाउँमा छाडी भागेका थिए। २० वटा कार्टुनमा रहेको उक्त चल्लाको बजार मूल्य २ लाख ४० हजार रुपैयाँ बराबर रहेको छ। बरामद गरिएका चल्ला पशु क्वारेनटाइनका दयाराम चौधरी, पत्रकार, र स्थानीय समाजसेवीहरूको रोहवरमा नष्ट गरिएकाे थियो। चल्लाका साथै बरामद भएका दुई मोटरसाइकल भन्सार पठ...
मुख्य समाचार
बिनोद ओझा वार्ड नम्बर १२ बेदमाऊ साउन १९ कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नम्बर १२ बेदमाऊ हरिगवा गाउँ मा आवत जावतमा कति धेरै समस्या परिरहेको छ यो समस्याको समाधान को ले गर्ने करोड को बजेट आइरहेको छ त्यो बजेटबाट सडक मरम्मत हुन सक्दैन त्यही गाउँमा वडा कार्यालय पनि छ। स्थानीय सरकारको ध्यान कहाँ छ नगरपालिका वडा कार्यालयमा बैठकको बजेट हुन्छ। सडक मर्मतको बजेट हुँदैन मर्मत को ले गर्छ जनताले आफै गर्छ ...
आठ मन्त्रीको जिम्मेवारी, धनेन्द्रको आर्थिक र भूमिश्वरको भौतिक

आठ मन्त्रीको जिम्मेवारी, धनेन्द्रको आर्थिक र भूमिश्वरको भौतिक

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी / गेडुवजोत लुम्बिनी प्रदेशका बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिनुभएको छ । शुक्रबार मुख्यमन्त्री चेतनारायण आचार्यले ८ जना विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ४ र कांग्रेसबाट ४ जना गरी ८ जना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।मन्त्रीहरुको जिम्मेवारी बाँडफाट नभएको भन्दै आलोचना भएको थियो । यहीबीचमा बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि ८ जना मन्त्रीले जिम्मेवारी पाएका हुन् । बाँडफाट गरिएको जिम्मेवारी अनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मीले जिम्मेवारी पाएका छन् । दाङका प्रचण्डविक्रम न्यौपाने उद्योग, पर्यटन तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्...
बेखौफ तस्करी, सुरक्षा निकाय मौन

बेखौफ तस्करी, सुरक्षा निकाय मौन

आर्थिक, मुख्य समाचार
सुधांशु गिरी भिल्मी/ साउन १५ कपिलवस्तु कृष्णनगर- ६ को कर्मा, भिल्मी गाउँमा रहेको बनचौरा र बसन्तपुर नाका बाट व्यापकरुपले खद र चामलको तस्करी भई रहेको हुन्दा सुरक्षाका लागि रहेका नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरी चौकी खै किन मौन अवस्थामा रहेको छन । दिउसैको बेला हो उक्त सीमामा नेपाल प्रहारी जवान र सशस्त्र प्रहरी जवान कोही पनि पोष्टमा देखिनु गार्हो रहेको छ । पोष्ट बनाउने र उक्त पोष्टलाई रिक्त छोड्नु हुँदैन । के बापत पोष्ट छोडेको छन । केही कतै तस्करी गर्ने हरु बाट सुविधा शुल्क पाईसेको छन कि जस्तो लागदै छ । तस्करीगर्ने हरुको पनि जवाब छैन दिउँसोको बेला, भारतीय नम्बर भएको मोटरसाइकल, त्यो पनि बिना भंसार । मोटरसाइकल जस्को गाडी कागजात, चालक अनुमतिपत्र, छ/छैन । त्यस बापत कोही छैन चेकजाँच गर्ने । तस्करहरूले बेखौफ तस्करी गर्दै गरेको रहेन्छ । मोटरसाइकल बाट तस्करी जस्को कागजात छैन, सुविधा ...
पोखरीमा डुबेर एक युवतीकाे मृत्यु

पोखरीमा डुबेर एक युवतीकाे मृत्यु

जीवनशैली, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कृष्णनगर/ साउन ९ कृष्णनगर नगरपालिका भोरहवा गाउंकाे पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ । नगरपालिका वडा नं ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र (१६) बर्षिय दुर्गीवती कोहार पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हाे । दिउसाे पाेखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएकाे युवती स्थानीय दुखिराम कोहारकी छोरी रहेकाे जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनु भयो। शवलाई शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुबाट पोस्टमार्टम समेत भई सकेपछि परिवारलाई जिम्मा लगाइएकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।...
हवाई जहाज दुर्घटना, जवाफ दिनेको ?

हवाई जहाज दुर्घटना, जवाफ दिनेको ?

मुख्य समाचार
सुधांशु गिरी काठमाडौ/ साउन ९ मिति २०८१ साल साउन ९ गते बुधबारका दिन अन्दाजी विहान ११ बजेर ११ मिनेटमा काठमाडौ त्रिभुवन विमानस्थलमै सौर्य विमान दुर्घटना भएको छ । बुधबार बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा मर्मतका लागि १९ कर्मचारी सहित उड्ने क्रममा रनवेमा दुर्घटना भएको छ । दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ भने १ जनाको उद्धार गरिएको छ । ४ जनालाई काठमाडौ के.एम.सी मा उपचार चली रहेको छ । ३० मिनेट पछि आगो नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । सौर्य जहाज १९ वर्ष पुरानो बताइएको छ । ...
हावाहुरी, ४७ घर क्ष्यायि

हावाहुरी, ४७ घर क्ष्यायि

मुख्य समाचार
धर्मेन्द्र चौधरी विजयनगर/जेठ १५ कपिलवस्तुको विजयनगर गाउँपालिको वर्षा सँगै आएको हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । सोमवार राती आएको हावाहुरीले विजयनगर गाउँपालिकाका २,३,४,र ६ वडाका ४७ घरमा क्षति पुयाएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए । घरको छानो, जस्तापाता समेत उडाएको छ भने एउटा कुखुरा फर्म र एक विद्यालयमा पनि क्षति पुगेको छ । विजयनगर गाउँपालिका ३ का दिपेन्द्रनगरका बलराम सुनारको घर पूर्णरुपमा क्षति भएको छ । हावाहुरीले विद्युतका ९ वटा पोल ढलाएको छ, भने वडा नं ३ मा विद्युत् सेवा अवरुद्ध भएको छ ।वर्षा सँगै आएको हावाहुरीले विजयनगरका चार वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए । आगलागी र लामो समयसम्म परेको खडेरीका कारण समस्यामा परेका स्थानीयलाई वर्षा सँगै आएको हावाहुरीले थप समस्यामा पारेको हो । सोम...
कृष्णनगर क्ष्राद्धलुको गढ

कृष्णनगर क्ष्राद्धलुको गढ

मुख्य समाचार
प्रदिप चौबे कृष्णनगर / जेठ १५   नेपालको प्रभुनाथ बाबा र माता सुपादेउलारी दर्शन गर्नु निमित भारतिय क्ष्रद्दालुहरुको गढ कृष्णनगर बाजर बनी सकेको छ । करिब हाजौरोको संख्यामा भारतको विभिन्न स्थान बाट माता सुपादेउलारी र भिंगरी प्रभुनाथ दर्शन गर्ना नेपालको कृष्णनगर भंसार हुँदै आई रहेको छ्न ।   भक्तजनहरु आफ्नो-आफ्नो सुविधा अनुसार आई रहेको देखियेको छ । भारत बाट मोटरसाइकलमा, आफ्नो कार/जीप, बस, ट्रेनको सफर गरि नेपालको भोले बाबा(प्रभुनाथ) र माता सुपादेउरालीको दर्शन गर्ना गई रहेको छन । अजो भक्तजनहरु भारत बाट ट्रेन वा सरकारी/ प्राईभेट बसमा यात्रा गरि नेपालको कृष्णनगर आई सके पछि कृष्णनगर बाट बसमा चढी भिंगरी सम्मा यात्रा पूरा गरि भंगरी देखि १४/१५ किलो मिटर पद यात्रा गरि बाबा को दरबारमा पुग्छन । मन्दिर परिसरमा पुगि सके पछि मन्दिरको अर्को तिर सानो कुण्डमा पुगि नुहाई-धुवाई गरि त्यसै क...
चुनाव नजिक, ७२ घन्टा पुर्व बोडर सिल

चुनाव नजिक, ७२ घन्टा पुर्व बोडर सिल

मुख्य समाचार
विनोद ओझा कृष्णनगर/ जेठ १० नेपाल मित्र राष्ट्र भारतको उत्तर प्रदेश कृष्णनगर, खुनुवा, कोईलाबास लगायत का सीमानाका हरुलाइ २३ मई २०२४ (२०८१/०२/१० गते) दिन बिहिवार समय विहान ०६:०० बजे देखि २५ मई २०२४ (२०८१/०२/१२ गते) दिन शनिबार साझा ०६:०० बजे सम्मा चुनावलाई निश्चित गरि सुरक्षा निम्ति ७२ घन्टा ३ दिन पुर्व नेपाल बोडर लाई सिल गरियेको छ । बोडर सिल हुन साथै भारत बाट नेपाल भ्रमण गर्ने अथवा तीर्थ यात्रा गर्ने श्रद्धालु लाई सास्ती भएको छ । नेपाल बाट भारत जाने भारतिय नागरिक समेत लाई समस्या भएको छ । स्थानिय बासिन्दाले घर खर्च (किराना समान, हरियो तरकारी, लुगा, औषधि जस्ता) समान किन्नु का लागि भारतको बढनी बजार जान्थे भने समेतलाई समस्या भएको छ ।   फोटो फिचर : विनोद ओझा...
गाउँमा आगलागी, ५० बढि घरगोठ नष्ट

गाउँमा आगलागी, ५० बढि घरगोठ नष्ट

मुख्य समाचार
  विनोद ओझा विजयनगर / बैशाख १९ कपिलवस्तुको विजयनगरमा बुधवारका दिन दुई वटा गाउँमा आगलागी ५० भन्दा बढी घरगोठ नष्ट भएको छ । विजनगर गाउँपालिका वडा ५ को डालपुर र नौरगिया गाउँमा दिउसो २ बजेबाट आगलागी सुरु भएको बताइएको छ । आगलागीका कारण २८ वटा घर,२५ वटा गोठ र ३ वटा भन्साघर जलेको वडा अध्यक्ष अनवर मुसलमानले बताउनुभयो । चार घण्टा पश्चात दमकल प्रहरी र स्थानीयहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । हावाहुरीका कारण खेतबारी बाट गाउँमा आगो सल्किएको हुनसक्ने ईलाका प्रहरी कार्यालय गणेशपुरले अनुमान गरेको छ । आगलागीको विस्तृत जानकारीको लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिवराज,महाराजगंज र कृष्णनगरको दमकलले आगो निभाइएको स्थानीयहले बताएका छन् ।...