Friday, May 29Nepali Online News Portal

महिला कामदारलाई यातायातमा छुट


   

राज कुमार ठाकुर
शिवराज/ भदौ १३

शिवराजका महिला कामदारलाई यातायात भाडामा छुट
शिवराज नगरपालिकाले नगरपालिकाको कार्यालय र विभिन्न उद्योगमा कार्यरत महिला कामदारहरूलाई यातायात भाडामा ७०५ छुटको व्यवस्था गरेको छ। शिवराज नगरपालिकाको कार्यालयमा आयोजित बैठकको निर्णयअनुसार, महिला कामदारहरूले सम्बन्धित यातायात व्यवसायी प्रा।लि।बाट यो सुविधा प्राप्त गर्न सक्नेछन्।उक्त सुविधा प्राप्त गर्न महिलाहरूले आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ। सूचनामा उल्लेख गरिएका यातायात व्यवसायी प्रा।लि।हरूमा कृष्णनगर यातायात, बुटवल यातायात, पश्चिमाञ्चल बस व्यवसायी, र सजिलो यातायात प्रा।लि। परेका छन्।नगर प्रमुखको हस्ताक्षरसहित जारी गरिएको यो सूचनाले महिलाहरूलाई कार्यस्थलमा आवतजावत गर्न थप सुविधा दिने उद्देश्य राखेको छ। महिला दिदिबहिनीको सुरक्षा र आर्थिकलाई मध्यनजर गर्दै यो निर्णय गरिएको मेयर अजय थापाले बताए ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्