Tuesday, October 27Nepali Online News Portal

ब्यानर न्युज

गणेशपुर प्रहरीको नियन्त्रणमा कुखुराको चल्ला

गणेशपुर प्रहरीको नियन्त्रणमा कुखुराको चल्ला

मुख्य समाचार
धर्मेंद्र कुर्मी भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएका १ लाख कुखुराका चल्ला ले आज प्रहरीको नियन्त्रणमा लिई नष्ट गरेका छन् । प्रहरीले ठूलो सङ्ख्यामा प्रतिबन्धित भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गणेशपुर प्रहरी टोली बेड़मऊगाउँ राति २ बजे १ लाख भारतीय चल्ला र बाइक नियन्त्रणमा लिएको हो।सीमावर्ती भारतीय अवैधरूपमा तस्करले प्रतिबन्धित भारतीय कुखुराका चल्ला भित्र्याइरहेको विशेष सूचनाको आधारमा उक्त चल्ला नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बताए।  नियन्त्रणमा लिइएका चल्ला गणेशपुर प्रहरी कार्यालयले जनाएको छ। चल्ला तस्कर भने प्रहरी गस्ती टोलीलाई देख्नासाथ चल्ला छोडेर भाग्न सफल भएको प्रहरीले जनाएको छ।...
विजयनगर गाउँपालिकाद्वारा चाडपर्वको शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न

विजयनगर गाउँपालिकाद्वारा चाडपर्वको शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु विजयनगर गाउँपालिकाद्वारा बडादशैँ, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले एकआपसमा चाडपर्वको शुभकामना आदान–प्रदान गर्दै आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले स्थानीय तहमा आपसी सम्बन्ध मजबुत बनाउनुका साथै चाडपर्वलाई शान्तिपूर्ण, मर्यादित र सद्भावपूर्ण वातावरणमा मनाउने सन्देश दिएको छ।...
दिनदहाडै_घाँटीबाटै_डेढ_तोला_सुनको_सिक्री_लुटियो

दिनदहाडै_घाँटीबाटै_डेढ_तोला_सुनको_सिक्री_लुटियो

मुख्य समाचार
राजकुमार ठाकुर शिवराज नगरपालिका वडा नं ५, सुन्दटोल निवासी विष्णु अधिकारी (नेपाली) को घाँटीमा लगाएको डेढ तोला सुनको सिक्री लुटेराले लुटेर लगेको पीडितको भनाई छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रौटा चोकदेखि ५सय पश्चिम केबी पेट्रोल पम्पको पश्चिम सुन्दरटोल जाने बाटोमा किरानासँगै चिया पसल गर्दै आएका दीपक नेपालीकि धर्मेपत्नी विष्णुको घाँटीबाटै सिक्री लुटिएको हो । घटना मंगलबार दिउँसो करीब १ देखि २ बजेको बिचमा भएको हो । केही दिनदेखि त्यहाँ आउने, खाजा खाने र घण्टौंसम्म बसेर योजना बनाउँदै आएका ती लुटेरा बिहानै आएर चिया खाएको र दिउँसो पुन: खाजा खान आएको पीडित विष्णुको भनाई छ । दिउँसो एक्लै भएको मौका छोपी खाजाको पैसा दिने क्रममा घाँटीबाट सिक्री लुटेर मोटरसाइकलमा भागेको बताइएको छ । घटना लगत्तै पीडितले हारगुहार मागेपछि छिमेकीहरू त्यहाँ जम्मा भएपनि लुटेरा भागिसकेको पीडितले बताउनुभयो । लुटेराह...
विजयनगर गाउँपालिकामा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

विजयनगर गाउँपालिकामा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु । विजयनगर गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम गाउँपालिकाको सभा हल खडैचामा सम्पन्न भएको छ। समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाले आर्थिक वर्षभरि सञ्चालन गरेका कार्यक्रम तथा हासिल गरेका उपलब्धिबारे प्रस्तुतीकरण गरेका थिए। त्यस्तै, गाउँपालिकाअन्तर्गतका वडाका सचिवहरूले सम्बन्धित वडाबाट सम्पन्न भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको प्रगति विवरण प्रस्तुत गरेका थिए। गाउँपालिकासँग सहकार्य गर्दै आएका ८ वटा साझेदार संस्थाले समेत आफ्ना कार्यक्रम, गतिविधि तथा उपलब्धिबारे प्रस्तुतीकरण गरेका थिए। साझेदार संस्थाले गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेका कार्यक्रमको प्रभाव, उपलब्धि र आगामी योजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले वार्षिक समीक्षा कार्यक्रमले वर्षभरि भएका कामको उप...
पुरस्कार बितरण कार्यक्रमको सम्पन्न

पुरस्कार बितरण कार्यक्रमको सम्पन्न

मुख्य समाचार
शिव(प्रदीप) चौबे/ तौलिहवा भदौ २७ मिति २०८३ साल भदौ २७ गते शनिबारका दिन नेपाल पत्रकार महासंघ कपिलवस्तु साभाको हलमा स्वर्गीय प्रमोदराज शर्मा आर्याल स्मृति पत्रकारता पुरस्कार बितरण नेपाल प्रेस युनियन, कपिलवस्तको आयोजनामा सम्पन्न भयो । उक्त कार्यक्रममा कपिलवस्तुमा रहेका विभिन्न पत्रकारका  संचारकर्मी, विभिन्न पत्रकार शाखा, युनियन, महासंघका पदाधिकारी हरुको उपस्थिति रह्यो । कार्यक्रमको संचालक अंकुश श्रीवास्तव (सचिव-नेपाल प्रेस युनियन, कपिलवस्तु ) गर्नु भयो । कार्यक्रममा तीन जना पत्रकारलाई राम्रो पत्रकारिता गरेकोमा पुरस्कार र प्रमाणपत्र वितरण गरिये । उक्त कार्यक्रमा कपिलवस्तुका विभिन्न मिडिया संग जोडियेका पत्रकार विभिन्न पदाधिकारी र मेयर समेत सदस्यहरुको उपस्तिथि थियो ।...
बच्चाहरु द्वारा तीजको उप्लक्षमा देखाए आफ्नो कला

बच्चाहरु द्वारा तीजको उप्लक्षमा देखाए आफ्नो कला

मुख्य समाचार
सुधांशु गिरी/ कृष्णनगर-४ भदौ २६ कृष्णनगर नगरपालिका-४ को रमवापुर गाउँमा रहेका श्री शिव शक्ति आधारभुत (१-५) विधालयमा नेपालमा मनाईने तीजको उप्लक्षमा तीजगीत मनाईयो । आउने मिति २०८३ साल भदौ २९ गते पर्ना गयेको तीजको उप्लक्षमा कृष्णनगर नगरपालिका-४, रमवापुरको श्री शिवशक्ती आधारभुत (१-५) विधालयमा पढदै गरेका स साना बाबुनानीहरु द्वारा प्रेणादायक, सुचना युक्त नाच गानको माध्यमबाट तीज कार्यक्रम भव्य रुपमा सम्पन्न गरियो । उक्त कार्यक्रममा वि.व्य. स. अध्यक्ष बिजेन्द्र कुमार कहार (दिनेश), वि.व्य. स. सदस्य -हरि प्रसाद यादव, अतिथी श्री विनय कुमार गिरी, समाजसेवी शाहिद खान, सुजित सिंह यसैगरी विधालय शिक्षक/ शुक्षिका - श्री अन्नत राम मौर्य (प्रधान्ध्ययपक), खुम कला रेश्मी, सीमा यादव, राम पारस खडका, सीमा सहानी (बाल विकास), उमेश चौधरी (का.स) लगायत उपस्थिति थियो । कार्यक्रमको बेला हाजिरी जवाफ प्रतियो...
श्री लौटन राम द्रोपती देवी माध्यमिक विद्यालयमा ६ कोठे भवनको शिलान्यास

श्री लौटन राम द्रोपती देवी माध्यमिक विद्यालयमा ६ कोठे भवनको शिलान्यास

मुख्य समाचार
बिनोद ओझा कपिलवस्तु । विजयनगर गाउँपालिका–७, गणेशपुरस्थित श्री लौटन राम द्रोपती देवी माध्यमिक विद्यालयमा नयाँ ६ कोठे भवनको शिलान्यास गरिएको छ। पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताकी श्रीमती स्वतन्त्र देवीको उपस्थितिमा भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको हो। गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा अध्यक्ष दिनेश कुमार चौधरीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन्। पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताको पहलमा विनियोजित बजेटबाट निर्माण हुन लागेको उक्त भवन करिब १ करोड रुपैयाँको लागतमा निर्माण हुने बताइएको छ। भवन निर्माणको ठेक्का ब्रेभ कन्स्ट्रक्सन कम्पनीले पाएको छ। नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै विद्यार्थीहरूको पठनपाठनमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।...
विजयनगर वार्ड नं ४ जनज्योति मा वि मा नयाँ चार कोठे भवनको शिलान्यास

विजयनगर वार्ड नं ४ जनज्योति मा वि मा नयाँ चार कोठे भवनको शिलान्यास

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुकाे विजयनगर गाउँपालिका-४ शंकरपुर-देउपुरामा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा नयाँ चार कोठे भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्ष तिलकराम कँडेल र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताको पहलमा विनियोजित बजेटबाट विद्यालय भवन निर्माण हुन लागेको हो । करिब १ करोड रुपैयाँको लागतमा निर्माण हुने भवनको ठेक्का ब्रेभ कन्स्ट्रक्सन कम्पनीले पाएको छ । भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए । उनले नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययनका लागि थप सहज र सुरक्षित वातावरण सिर...
अधिकार र न्यायको पहुँच बढाउन विजयनगरमा घुम्ती कानुनी शिविर सम्पन्न

अधिकार र न्यायको पहुँच बढाउन विजयनगरमा घुम्ती कानुनी शिविर सम्पन्न

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिकामा कानुनी सचेतना तथा परामर्श सेवाका लागि घुम्ती शिविर सम्पन्न भएको छ । नवजीवन संस्था र फोेडेको सहकार्यमा आयोजित शिविरमा महिला, दलित महिला, मुस्लिम महिला, किशोरी, बालबालिका तथा यौनिक अल्पसंख्यकको अवस्था, अधिकार र कानुनी विषयमा प्रशिक्षण तथा परामर्श प्रदान गरिएको नवजीवन संस्थाकी फेलाे अर्पना सुनारले जानकारी दिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले समाजमा कसैलाई पनि अपहेलित नगरी सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । अवसर र सम्मानको सवालमा राजनीतिक क्षेत्र लगायत अन्य क्षेत्रमा पनि पछाडि परेका समुदायलाई अगाडी बढाउन तीनै तहका सरकारले चासो लिएर जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाई छ । उपलब्ध अवसरका लागि सम्बन्धित समुदायका व्यक्तिहरू पनि तयार हुनुपर्नेमा अध्यक्ष थापाले जोड दिए । यस्तै नवजीवन स...
विजयनगर वार्ड २ नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास  विस्तृत

विजयनगर वार्ड २ नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास विस्तृत

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी तथा पूर्व मन्त्री रुपा विकका प्रतिनिधि सुरज विकले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । पूर्व मन्त्री रुपा विकको विशेष पहलमा प्राप्त बजेटबाट विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु हुन लागेको हो । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको बताउँदै नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गरे । उनले निर्माण कार्यलाई गुणस्तरीय, पारदर्शी र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह समेत गरे । यस्तै उपाध्यक्ष लक्...