Tuesday, September 8Nepali Online News Portal

ब्यानर न्युज

श्री लौटन राम द्रोपती देवी माध्यमिक विद्यालयमा ६ कोठे भवनको शिलान्यास

श्री लौटन राम द्रोपती देवी माध्यमिक विद्यालयमा ६ कोठे भवनको शिलान्यास

मुख्य समाचार
बिनोद ओझा कपिलवस्तु । विजयनगर गाउँपालिका–७, गणेशपुरस्थित श्री लौटन राम द्रोपती देवी माध्यमिक विद्यालयमा नयाँ ६ कोठे भवनको शिलान्यास गरिएको छ। पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताकी श्रीमती स्वतन्त्र देवीको उपस्थितिमा भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको हो। गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा अध्यक्ष दिनेश कुमार चौधरीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन्। पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताको पहलमा विनियोजित बजेटबाट निर्माण हुन लागेको उक्त भवन करिब १ करोड रुपैयाँको लागतमा निर्माण हुने बताइएको छ। भवन निर्माणको ठेक्का ब्रेभ कन्स्ट्रक्सन कम्पनीले पाएको छ। नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै विद्यार्थीहरूको पठनपाठनमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।...
विजयनगर वार्ड नं ४ जनज्योति मा वि मा नयाँ चार कोठे भवनको शिलान्यास

विजयनगर वार्ड नं ४ जनज्योति मा वि मा नयाँ चार कोठे भवनको शिलान्यास

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुकाे विजयनगर गाउँपालिका-४ शंकरपुर-देउपुरामा अवस्थित जनज्योति माध्यमिक विद्यालयमा नयाँ चार कोठे भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्ष तिलकराम कँडेल र प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । पूर्व सांसद स्वर्गीय मंगल प्रसाद गुप्ताको पहलमा विनियोजित बजेटबाट विद्यालय भवन निर्माण हुन लागेको हो । करिब १ करोड रुपैयाँको लागतमा निर्माण हुने भवनको ठेक्का ब्रेभ कन्स्ट्रक्सन कम्पनीले पाएको छ । भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए । उनले नयाँ भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययनका लागि थप सहज र सुरक्षित वातावरण सिर...
अधिकार र न्यायको पहुँच बढाउन विजयनगरमा घुम्ती कानुनी शिविर सम्पन्न

अधिकार र न्यायको पहुँच बढाउन विजयनगरमा घुम्ती कानुनी शिविर सम्पन्न

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिकामा कानुनी सचेतना तथा परामर्श सेवाका लागि घुम्ती शिविर सम्पन्न भएको छ । नवजीवन संस्था र फोेडेको सहकार्यमा आयोजित शिविरमा महिला, दलित महिला, मुस्लिम महिला, किशोरी, बालबालिका तथा यौनिक अल्पसंख्यकको अवस्था, अधिकार र कानुनी विषयमा प्रशिक्षण तथा परामर्श प्रदान गरिएको नवजीवन संस्थाकी फेलाे अर्पना सुनारले जानकारी दिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले समाजमा कसैलाई पनि अपहेलित नगरी सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । अवसर र सम्मानको सवालमा राजनीतिक क्षेत्र लगायत अन्य क्षेत्रमा पनि पछाडि परेका समुदायलाई अगाडी बढाउन तीनै तहका सरकारले चासो लिएर जिम्मेवारी निर्वाह गर्नुपर्ने उनको भनाई छ । उपलब्ध अवसरका लागि सम्बन्धित समुदायका व्यक्तिहरू पनि तयार हुनुपर्नेमा अध्यक्ष थापाले जोड दिए । यस्तै नवजीवन स...
विजयनगर वार्ड २ नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास  विस्तृत

विजयनगर वार्ड २ नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास विस्तृत

Uncategorized, मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी तथा पूर्व मन्त्री रुपा विकका प्रतिनिधि सुरज विकले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । पूर्व मन्त्री रुपा विकको विशेष पहलमा प्राप्त बजेटबाट विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु हुन लागेको हो । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको भौतिक पूर्वाधार सुदृढ हुनु आवश्यक रहेको बताउँदै नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण थप सुधार हुने विश्वास व्यक्त गरे । उनले निर्माण कार्यलाई गुणस्तरीय, पारदर्शी र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह समेत गरे । यस्तै उपाध्यक्ष लक्...
कपिलवस्तुको विजयनगरमा अवैध सिसौ काठ  मिल सञ्चालक सहित नियन्त्रणमा

कपिलवस्तुको विजयनगरमा अवैध सिसौ काठ मिल सञ्चालक सहित नियन्त्रणमा

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु। इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरी टोलीले विजयनगर गाउँपालिका–७ दत्तपुरदेखि भारतको परसरामपुर जाने सडकमा नेपालतर्फ रहेको निसा तथा काठ मिल उद्योगमा छापा मारेर लुकाइछिपाइ राखिएको ९ वटा सिसौ (सिसम) काठका गोलिया बरामद गरेको छ। प्रहरीका अनुसार बरामद काठको परिमाण करिब ११० क्यूबिक फिट रहेको छ। ४ लाखको उक्त काठसँग सम्बन्धित अनुसन्धानका क्रममा काठ मिलका सञ्चालक (साहु) लाई समेत नियन्त्रणमा लिइएको छ। बरामद काठ र नियन्त्रणमा लिइएका मिल सञ्चालकलाई आवश्यक कानुनी कारबाहीका लागि ठकुरापुर सब-डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
बिजयनगर ७ गणेशपुर  विद्यालयमा मन्दिर निर्माणमा सहयोग गर्ने २ सय ६२ दातालाई सम्मान र शिला लेख अनावरण

बिजयनगर ७ गणेशपुर विद्यालयमा मन्दिर निर्माणमा सहयोग गर्ने २ सय ६२ दातालाई सम्मान र शिला लेख अनावरण

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिका-७ गणेशपुर स्थित श्री लौटन राम द्रोपदी देवी माध्यमिक विद्यालयले सरस्वती माताको मन्दिर निर्माण तथा प्राण प्रतिष्ठा कार्यक्रममा सहयोग पुर्‍याउने चन्दादाताहरूलाई सम्मान गरेको छ । सोमबार आयोजित विशेष कार्यक्रममा २ सय ६२ जना चन्दादातालाई दोसल्ला र सम्मान-पत्र प्रदान गर्दै सम्मान गरिएको विद्यालयले जनाएको छ । साथै चन्दादाताहरूको नामावली समेटिएको शिला लेखको समेत अनावरण गरिएको थियो । चन्दादाताको नामावली अंकित शिला लेखको अनावरण प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले गरेका हुन् ।   कार्यक्रमलाई सम्बाेधन सांसद अभिषेक प्रताप शाहले शिक्षा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समुदायको योगदान महत्वपूर्ण रहेको बताउँदै विद्यालयमा निर्माण गरिएको सरस्वती माताको मन्दिरले विद्यार्थीहरूमा नैतिक, साँस्कृतिक र धार्मिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने ...
राष्ट्रिय स्वतन्त्र पार्टी विजयनगरको सभापतिमा लोकेश थापा चयन

राष्ट्रिय स्वतन्त्र पार्टी विजयनगरको सभापतिमा लोकेश थापा चयन

मुख्य समाचार
कपिलवस्तु - धर्मेन्द्र कुमार कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयनगर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लोकेश थापाको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा मो. जुवेद खान, सचिवमा कमल बहादुर थापा तथा सहसचिवमा सीमा अर्याल चयन हुनुभएको छ । सदस्यहरूमा जुना परियार, गोबरे यादव अहिर र मोहम्मद आरिफ खान चयन हुनुभएको छ । त्यसैगरी अधिवेशनले केन्द्रीय प्रतिनिधिमा चिन्ता बहादुर दर्जी, प्रदेश प्रतिनिधिमा अर्जुन सापकोटा तथा जिल्ला प्रतिनिधिमा कृष्ण प्रसाद भण्डारी, तेजप्रसाद पौडेल र फुलचन्द चौधरी निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै केन्द्रीय सल्लाहकार विष्णु हरि शर्माले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको बताउनुभयो । उहाँले पुराना राजनीतिक शैलीप्रति जनताको निराशा बढिरहेका बेला रास्व...
विजयनगरमा म्याद बजारमा ‘एक्सन’ मोड : नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा

विजयनगरमा म्याद बजारमा ‘एक्सन’ मोड : नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिकाले बजार अनुगमन गर्दै म्याद गुज्रिएका खाद्यान्न तथा अवैध रूपमा बिक्रीका लागि राखिएका ३० हजार रुपैयाँ भन्दा बढी मूल्यका सामग्री जफत गरी नष्ट गरेको छ । गाउँपालिकाकाे प्राङ्गणमामा नियमानुसार उक्त सामग्रीहरु नष्ट गरिएको हाे । बिहीबार गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विजयनगर गाउँपालिका-४ त्रिपालनगरस्थित ७ ओटा पसल तथा व्यवसायबाट म्याद नाघेका खाद्यान्न, सुर्तीजन्य पदार्थ, किराना सामग्री, तेल, मसला, कस्मेटिक सामग्री, पेट्रोल, पेय पदार्थ तथा अवैध औषधी बरामद गरेकाे थियो । अनुगमनका क्रममा टोलीले पसल दर्ता भए-नभएको, व्यवसायीले स्थानीय तहमा बुझाउनुपर्ने राजश्व तिरे-नतिरेको तथा व्यवसाय सञ्चालनसम्बन्धी कागजातको समेत तथ्यांक संकलन र जाँच गरेको गाउँपालिका राजश्व शाखा प्रमुुख अनिल सापकोटाले जानकारी द...
विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तुको विजयनगर गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा तथा पत्रकार महासंघको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य लगायत विभिन्न सेवा–सुविधासम्बन्धी प्रश्न उठाएका थिए। कार्यक्रममा उठाइएका जिज्ञासा तथा गुनासोहरूमाथि गाउँपालिका अध्यक्ष गोपाल थापाले जवाफ बताउनुभयो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा लगायत सम्बन्धित शाखाका प्रमुखहरूले पनि विषयगत रूपमा स्पष्टिकरण बताउनुभयो। सार्वजनिक सुनुवाइमार्फत नागरिकका समस्या, सुझाव तथा अपेक्षालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने प्रयास गरिएको र यसले सेवा प्रवाह सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।...
ढाइ क्विन्टल अवैध माछा बरामद

ढाइ क्विन्टल अवैध माछा बरामद

मुख्य समाचार
राज कुमार ठाकुर कपिलवस्तुको शिवराज नगरपालिका–६ गडगैडा क्षेत्रबाट करिब ढाइ क्विन्टल अवैध माछा बरामद गरिएको छ। सीमा क्षेत्र हुँदै भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उक्त माछा नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नियमित गस्ती तथा विशेष सूचनाका आधारमा खटिएको टोलीले शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा माछा फेला पारेको थियो। सो माछा आवश्यक कागजात तथा भन्सार प्रक्रिया बिना नै भित्र्याइएको पाइएको प्रहरीले जनाएको छ। घटनास्थलबाट दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल समेत बरामद गरिएको छ। माछा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देख्ने बित्तिकै फरार भएको प्रारम्भिक जानकारी दिइएको छ। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुस...