Friday, May 29Nepali Online News Portal

मुख्यमन्त्री सिंह मन्त्रालय सम्मा ई-रिक्सामा


   

कृष्ण गिरी
भदौ १५

जनमत पार्टीका नेता सतिश सिंह मधेश प्रदेशको मुख्‍यमन्त्री नियुक्त भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पद तथा गोपनीयताको शपथ लिने ई-रिक्सामा यात्रा गरेको छन ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार बिहान सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री सिंहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार बिहान १२ः२१ बजे शपथ ग्रहणको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सिंहले शुक्रबार बिहान ६ दलका ५५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। उनलाई जनमतसँगै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका सांसदले समर्थन गरेका हुन्।

६ दलले मन्त्रालयको पनि भागबन्डा गरेका छन्। एमालेको भागमा चार मन्त्रालय परेका छन्। भौतिक पूर्वाधार, स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा संस्कृति र खेलकूद तथा समाज कल्याण मन्त्रालय एमालेको भागमा परेका हुन्।

त्यस्तै, जनमतले मुख्यमन्त्री सहित वन तथा वातावरण मन्त्रालय पाएको छ। जनमतलाई थप एक मन्त्रालय पछि व्यवस्था गर्ने सहमति बनेको छ।

माओवादीको भागमा दुई मन्त्रालय परेका छन्। अर्थ र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय माओवादीले पाउने भएको छ। यस्तै, नेकपा (एकीकृत समाजवादी)ले भूमि व्यवस्था, कृषि तथा सहकारी र उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय पाउने भएको छ।

एक-एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात र नेपाल संघीय समाजवादीले गृह तथा सञ्‍चार मन्त्रालय पाउने सहमति भएको एक नेताले बताए। मधेश प्रदेशमा अहिले ११ वटा मन्त्रालय छन्।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्