Saturday, September 12Nepali Online News Portal

Author: Krishnanagar Today

सुविधा अनुसार काम हुने : भंसार कार्यालय

सुविधा अनुसार काम हुने : भंसार कार्यालय

समाचार, सुचना प्रविधि
सुधांशु गिरी कृष्णनगर/ मंसिर २५ कृष्णनगर नेपाल भंसार कार्यालले आफुले रोजे अनुसार काम गर्ने भएको छ । कृष्णनगर बजार भित्र चल्ना निम्ति भारतिय नम्बर भएको सवारी धनी, चालकहरु ले सुविधा लिनको लागि कृष्णनगर भंसारको यात्रु शाखामा लिन जादा मदन (कृष्णनगर भंसार कार्यालयको कर्मचारी)को भनाई अनुसार आफ्नो मान्छेको ल्यायेको काम गर्ने पछि सर्वसाधारणको काम हुने हो कृष्णनगर भंसार कार्यालयको आदेशानुसार । कृष्णनगर भंसार कार्यालय प्रमुख संग भंसार र सुविधा, गोप्य सुचना दिने सम्बन्धमा फोन गर्दा फोन न उठाउने र छुटेको काल देखि पछि पनि फोन नगर्ने । करिब ८/१० क्यारेट स्वाउ भारतको बढनी देखि नेपालीको कृष्णनगर बजारमा भित्रिन्छ भने किन रोक्ना सकेको छैनन् ? स्वाउ प्राय जसो दिन प्रती दिन आउने गरेको छ । ...
अनेम संघ विजयनगर १ नम्बर वडा कमिटीकाे अध्यक्षमा सिर्जना थारु

अनेम संघ विजयनगर १ नम्बर वडा कमिटीकाे अध्यक्षमा सिर्जना थारु

मुख्य समाचार
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु नेकपा एमालेकाे भातृ संगठन अखिल नेपाल महिला संघ विजयनगर गाउँपालिकाकाे वडा नम्बर १ काे वडा कमिटीकाे अध्यक्षमा सिर्जना थारु चयन भएकी छन् । थारुकाे नेतृत्वमा ४१ सदस्य अनेम संघ वडा कमिटी गठन गरिएको जनाइएको छ । जसकाे उपाध्यक्षमा गिता काेरी, सचिवमा टीका माया थापा, उप-सचिवमा कमला खटिक र चेतमाया सारु सर्वसम्मत रुपमा चयन भएका छन् । अनेम संघले संगठनलाई बलियो बनाउन सबै वडामा वडा कमिटी विस्तार गर्ने कार्यलाई तीव्रता दिएकाे छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गाेपाल बहादुर थापाले संगठनलाई मजबुत बनाउँदै अगाडी बढ्नुपर्नेमा जाेड दिएका छन् । अनेम संघले महिलाकाे हक अधिकारका लागि विभिन्न समयमा सक्रिय भएर अधिकारका पैरवी गर्दै आएकाे जिकिर गर्दै समाज परिवर्तन गर्न अनेम संघ महत्त्वपूर्ण भूमिका रहेको अध्यक्ष थापाकाे भनाइ छ । यस्तै नेपाल एमाले जिल्ला कमिटी सदस्...
शैक्षिक गुणस्तर वृद्धिका लागि रूपान्तरण कक्षा

शैक्षिक गुणस्तर वृद्धिका लागि रूपान्तरण कक्षा

शिक्षा/रोजगार, सुचना प्रविधि
राजकुमार ठाकुर कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा रहेको मिलिजुली महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले किशोरीहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँ गाउँमा रूपान्तरण कक्षा सञ्चालन गरेको छ । शिवराज नगरपालिकाको वडा नम्बर ३ खरेन्द्रपुर, मदवा र नयाँबस्ती गाउँमा रूपान्तरण कक्षा सञ्चालन गरेको मिलिजुली महिला विकास बचत ऋण तथा सहकारी संस्थाको अध्यक्ष दीपा बेलबासेले जानकारी दिनुभयो । युनिसेफ र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा किशोरीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि हप्ताको शनिबार दिउँसो रुपान्तरण कक्षा सञ्चालन हुने गरेको अध्यक्ष बेलबासेको भनाई रहेको छ । गाउँ गाउँमा रूपान्तरण कक्षा सञ्चालन भएपछि किशोरीहरु खुशि भएका छन । कक्षा वार्षिक रूपमा ४२ हप्ता सञ्चालन हुनेछ । कक्षाले किशोरीहरूलाई ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य लिएको छ । शिवर...
रक्तदान : सय भन्दाबढीको सहभागिता

रक्तदान : सय भन्दाबढीको सहभागिता

जीवनशैली, सामाजिक सञ्जाल, स्वास्थ्य/उपचार
धर्मेन्द्र कुमार कुर्मी विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकामा बृहत् रक्तदानमा कार्यक्रम गरिएको छ । शनिबार भएको रक्तदानमा १ सय ३० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीको आयोजना, गाउँपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाइटी बुटवल-रुपन्देहीको प्राविधिक सहयोगमा वडा नम्बर ६ बद्धौरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। रगत अभावले कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रगत दान गरेका युवा संघ विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकले जानकारी दिए ।...
विद्यालयमा यल्लो बक्सः मेयरले गुनासो सुन्ने

विद्यालयमा यल्लो बक्सः मेयरले गुनासो सुन्ने

मुख्य समाचार, शिक्षा/रोजगार
राजकुमार ठाकुर चन्द्रौटा कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ अभ्यास सुरु गरेको छ । नगरपालिकाले नगरभित्रका हरेक सामुदायिक विद्यालयमा गुनासो पेटिका यल्लो बक्स. राखेको छ । यल्लो बक्समा विद्यार्थीले विद्यालय तथा शिक्षकप्रति आफ्ना गुनासा तथा सल्लाह सुझाव भएमा राख्न सक्नेछन् । यसले विद्यालयमा भएका कमिकमजोरी सुधार्न सहज हुने नगर प्रमुख अजय थापाले विश्वास व्यक्त गर्नुभयो । नगरका सबै सामुदायिक विद्यालयमा भएका यल्लो बक्समा ढुक्कसँग आफ्ना गुनासा राख्न प्रमुख थापाले आग्रह गर्नुभयो । गुनासो राख्ने विद्यार्थीले आफ्नो नाम खुलाउन नपर्ने भन्दै यसले गुणस्तरीय शिक्षामा सहज हुने बताउनुभयो । यल्लो बक्समा आएको गुनासोलाई नगरपालिकाका शिक्षा शाखाका कर्मचारीहरूले नगर प्रमुखको रोहवरमा खोलेर समस्या समाधान गर्ने गरेका छन् । यसरी नगरपालिकाले आफ्नो रोहवरमा विद्यालयमा यल्लो बक...
शैक्षिक गुणस्तर बढाउन शिवराज ६ मा निःशुल्क कोचिङ सुरु

शैक्षिक गुणस्तर बढाउन शिवराज ६ मा निःशुल्क कोचिङ सुरु

सुचना प्रविधि
राजकुमार ठाकुर कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढाउनका लागि आजबाट निःशुल्क कोचिङ सञ्चालन गरेको छ ।शिवराज नगरपालिका वडा नं ६ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरी र आधारभूत विद्यालय धर्मनगरका विद्यार्थीहरुको लागि कोचिङ सेन्टर सञ्चालन गरेको वडा अध्यक्ष माहेताव आलम खाले जानकारी दिनुभयो ।त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरीमा सञ्चालन भएको कोचिङ सेन्टरमा १५० जना विद्यार्थी र आधारभूत विद्यालय धर्मनगरमा सञ्चालन भएको कोचिङ सेन्टरमा ५० जना गरी कुल २०० जना विद्यार्थीहरू लाभान्वित हुने अध्यक्ष खाले बताउनु भयो ।त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरिका कक्षा ८, १० र आधारभूत विद्यालय धर्मनगरका कक्षा ८ का विद्यार्थीहरूलाई निःशुल्क रुपमा कोचिङ सेन्टर सञ्चालन गरिएको विद्यालय प्रशासनले जनाएको छ वडा कार्यालयबाट निःशुल्क रुपमा क...
कपिलवस्तु नापी कार्यालयका कर्मचारी खुलेआम घुस लिदैं

कपिलवस्तु नापी कार्यालयका कर्मचारी खुलेआम घुस लिदैं

मुख्य समाचार
कपिलवस्तु नापी कार्यालयका कर्मचारी खुलेआम घुस लिदैं राजकुमार ठाकुर भूमि व्यवस्था मन्त्रीकै क्षेत्रमा नापीका कर्मचारीहरुले अवैध असुली धन्दा चलाएपछि उनका मतदाता असन्तुष्ट बनेका छन् । कपिलवस्तु १ बाट निर्वाचित भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीकै क्षेत्र अन्र्तगत मायादेवी गाउँपालिकामा नापी कर्मचारीले अवैध रकम असुलेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।नापी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिकाको जग्गा व्यवस्थापन अन्र्तगत त्यहा रहेको गाउँ ब्लकको जग्गा नाप नक्सा गरि पुर्जा बनाउनका लागि टोली खटाएको थियो । टोलीले अस्थायी कार्यालय नै राखेर काम गर्दै आएको छ ।तर त्यहा खटिएका नापी कर्मचारीले सेवाग्राहीहरु संग प्रति कित्ता १ सय ५० को दरले रकम लिदै आएको गुनासो गरेका छन् । स्थानीय संचारकर्मीहरु कार्यालय अगाडी जादा समेत सेवाग्राही संग रकम लिदै गरेको पाइएको थियो टोली प्रमुख अ...
मुख्य समाचार
कपिलवस्तुमा पाटेबाघको छाला सहित एक व्यक्ति पक्राउ । धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु जिल्लामा प्रहरीले पाटेबाघको छाला सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा वडा  प्रहरी कार्यालय चन्द्रौटाबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको टोलीले शिवराज नगरपालिका–२ हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजको परिसरबाट उक्त व्यक्तिलाई पक्राउ गरेको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, गोलपार्क निवासी ४१ वर्षीय वसन्तप्रसाद भट्टराईलाई शंकास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा, उनको साथमा रहेको सेतो प्लास्टिकको बोराभित्र लुकाइएको अवस्थामा पाटेबाघको छाला फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका भट्टराईसँग बरामद गरिएको पाटेबाघको छालाको लम्बाई ६ फिट रहेको छ भने पुच्छरको लम्बाई २ फिट २ इन्च रहेको बताइएको छ। छालामा गोली लागेको जस्तो देखिने तीनवटा प्वाल पनि भेटिएको छ। उक्त छाल...
एमाले संसदले नदी कटानको सर्भे गर्नुभयो।

एमाले संसदले नदी कटानको सर्भे गर्नुभयो।

मुख्य समाचार
बिनोद ओझा सासद माननीय मगंल प्रसाद गुप्ता एमाले वर्तमान तथा माननीय सिराज फारुकी एमाले , वर्तमान संसद कृष्णनगर नगरपालिका वार्ड नम्बर १२ नदि कटानको सर्बे गर्नु भएको छ माननीय ज्यु हरु सासद भवनमा पहल गर्ने बताउनुभयो मानपुर भदुई नरैनापुर हथियागढ नदी कटान रोकथाम गर्नको लागि र सडक पीच बनाउन को लागि लालपुर देखि नरैनापुर स्कुल सम्मा माननीय जी हरू सँग पहल गर्नुभएको छ वडा अध्यक्ष प्रत्याशी राजेश चौधरी र सुदीप त्रिपाठी एग्रिश पठान वर्तमान वडा अध्यक्ष जीवन श्रीवास्तव वार्ड नम्बर ११ संसद मङ्गलप्रसाद गुप्ता। सिराज फारुकी जी बताउनुभएको छ...
फिजियोथेरापी तथा सर्वे इन्जिनियरिंगमा विशेष छुटका साथ पिपरामा भर्ना खुल्यो

फिजियोथेरापी तथा सर्वे इन्जिनियरिंगमा विशेष छुटका साथ पिपरामा भर्ना खुल्यो

शिक्षा/रोजगार
अजय मिश्रा कपिलवस्तु, असोज ९ कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं २ पिपरामा तीन बर्षे डिप्लोमा कार्यक्रम अन्तर्गत फिजियोथेरापी (DPT) तथा १८ महिने प्रि डिप्लोमा कार्यक्रम अन्तर्गत सर्वे इन्जिनियरिंग (AMIN) मा दशै तिहारको अवसरमा विशेष छुटका साथ भर्ना हुन् चाहने लाई राम्रो अवसर भएको कपिलवस्तु टेक्निकल इन्षि्टच्युट का प्रमुख अरुण पाण्डेयले जानकारी दिनुभयो। २०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इंस्टीट्यूट लुम्बिनी प्रदेशमै राम्रो नतिजा ल्याउने र आफ्नै सम्पूर्ण पूर्वाधार भएको महेन्द्र राजमार्गको शान्त वातावरणमा अवस्थित रहेको छ। २०५४ साल देखि CMA/ANM/CMLT/ANIM १८ महिने कार्यक्रम संचालित रही यही २०७९ बाट HA/CMLT/DPT कार्यक्रम पनि संचालन रहेको छ र निकट भविष्यमा फार्मेसी DP कार्यक्रम पनि संचालनको तयारीमा रहेको कालेज प्रशासनले जनाएको छ। विदेशमा समेत फिजियोथेरापी (DPT) को समे...