Friday, July 24Nepali Online News Portal

शैक्षिक गुणस्तर वृद्धिका लागि रूपान्तरण कक्षा


   

राजकुमार ठाकुर
कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा रहेको मिलिजुली महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले किशोरीहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँ गाउँमा रूपान्तरण कक्षा सञ्चालन गरेको छ ।

शिवराज नगरपालिकाको वडा नम्बर ३ खरेन्द्रपुर, मदवा र नयाँबस्ती गाउँमा रूपान्तरण कक्षा सञ्चालन गरेको मिलिजुली महिला विकास बचत ऋण तथा सहकारी संस्थाको अध्यक्ष दीपा बेलबासेले जानकारी दिनुभयो । युनिसेफ र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा किशोरीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि हप्ताको शनिबार दिउँसो रुपान्तरण कक्षा सञ्चालन हुने गरेको अध्यक्ष बेलबासेको भनाई रहेको छ । गाउँ गाउँमा रूपान्तरण कक्षा सञ्चालन भएपछि किशोरीहरु खुशि भएका छन । कक्षा वार्षिक रूपमा ४२ हप्ता सञ्चालन हुनेछ । कक्षाले किशोरीहरूलाई ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य लिएको छ ।

शिवराज नगरपालिकाको १ सय २५ जना किशोरीहरूलाई पाँचवटा समूहमा कक्षा सन्चालन भइरहेको मिलिजुली महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनाएको छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्