Saturday, September 12Nepali Online News Portal

Author: Krishnanagar Today

लोकतान्त्रिक खेलकुद संघको जिल्ला समिति बिस्तार

लोकतान्त्रिक खेलकुद संघको जिल्ला समिति बिस्तार

खेलकुद
धर्मेन्द्र कुमार कुर्मी विजयनगर ७ नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्य समिति लुम्बिनी प्रदेश कपिलवस्तुको बिस्तार गरिएको हो। नेपाली काँग्रेस पार्टीको भातृ संगठन लोकतान्त्रिक संघका जिल्ला अध्यक्ष पदम प्रताप सेनले समिति बिस्तार गरेका हुन । बिस्तारित समिति २३ सदस्यीय पुगेको छ । संघको उपाध्यक्षमा नारायण अर्याल, कालिका उपाध्याय, मोहम्मद सरिफ मुसलमान र सचिवमा रण बहादुर क्षेत्रीलाई मनोनयन गरिएको छ । त्यसैगरी कोषाध्यक्षमा बम बहादुर कुँवर, सहसचिवमा नवराज पौडेल, बिन्दु शाहनी क्षेत्री, दिपक थारु र गणेशलाल कर्ण चयनमा परेका छन् । सदस्यहरुमा क्रमशः उमानाथ पोख्रेल, कोपिला थापा, वेद प्रकाश भुसाल, संगिता पोख्रेल, माधुरी ओली गिरी, दिप कुमार केवट, केशव थापा, मैनुद्दिन मुसलमान, राकेश तिवारी, अहमद हुसेन, अब्दुल जाहिद, बिशेन्द्रसिंह रावल र हरिबहादुर गुरुङ्ग मनोनयनमा परेका छन् । खेल क्षेत्रको बिक...
सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा पटाका बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा पटाका बरामद

पत्र पत्रिका, मुख्य समाचार, सुचना प्रविधि
कृष्ण गिरी नवलपरासी/ असोज २ पश्चिम नवलपरासी सशस्त्र प्रहरीले प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ पटाका बरामद गरी नष्ट गरेको छ । नवलपरासी खुला सीमा नाकाहरूबाट तिहार तथा छठ पर्वलाई लक्षित गरी पाल्हिनन्दन गाउँपालिका वडा नं.२ भक्सिपुर स्थित धान खेतको बाटो भएर टाउकोमा राखी भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै गरेको करिब ३ लाख मुल्य बराबरको विस्फोटक पदार्थ पटाका सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारीको नेतृत्वमा खटिएकाे गाडी मोबाइल टोलीले विस्फोटक पदार्थ पटाका नियन्त्रणमा लिन सफल भएको हो । उक्त पटाका ल्याउदै गर्दा सशस्त्र प्रहरी टोलीलाई देखेर बेवारिसे अवस्थामा छाडी मानिस भागेका थिए । नियन्त्रणमा लिएको पटाकालाई नेपाल प्रहरी,भन्सार कार्यालय जनप्रतिनिधि, पत्रकार र स्थानीयहरूको रोहवरमा सशस्त्र प्रहरी बल नेपाल प्...
आधारभुत अस्पतालमा ब्रह्मलुट

आधारभुत अस्पतालमा ब्रह्मलुट

मुख्य समाचार, स्वास्थ्य/उपचार
राज कुमार ठाकुर चन्द्रौटा/ भदौ २७ चन्द्रौटा शिवराज आधारभुत अस्पतालमा सरकारी दस्तुर रु.२०/- रुपैयाँको औषधि रु.५०/- रुपैयाँमा बेचेको खुलासा भएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाद्वारा सञ्चालित शिवराज आधारभुत अस्पतालमा व्यापक ब्रह्मलुट तथा अनियमितता भएको प्रमाण सार्वजनिक भएको छ । अस्पतालले नागरिकलाई सस्तो र छिटोछरितो सेवा दिने उद्देश्यले अस्पताल परिसरभित्रै फर्मेसी सञ्चालन गरेको भए पनि त्यहाँ औषधिको अत्यधिक मूल्य लिने गरिएको खुलासा भएको छ । न्युज सेन्टर नेपाल फेला पारेको विलकोमा अस्पतालले २० रुपैयाँ पर्ने औषधिको ५० रुपैयाँ लिएको पाइएको छ । एक विरामीले अस्पतालबाट खरिद गरेको टिटि सिरिन्जको बिल ५० रुपैयाँको काटिएको थियो, जबकि त्यही सिरिन्ज बाहिरका मेडिकलहरूमा २५ रुपैयाँमै पाइन्छ । अस्पतालमा औषधिको मूल्यमा ब्रह्मलुट भइरहेको आरोप स्थानीयले लगाएका छन । अस्पतालले विरामीलाई औषधि खरिद गर...
कपिलवस्तुमा विश्व आत्माहत्या रोकथाम दिवस मनाइयो

कपिलवस्तुमा विश्व आत्माहत्या रोकथाम दिवस मनाइयो

मुख्य समाचार
राज कुमार ठाकुर चन्द्रौटा भादौ २५ कपिलवस्तुमा विश्व आत्माहत्या रोकथाम दिवस मनाइयो रोटरी क्लब अफ कपिलवस्तुको आयोजनमा शिवराज नगरपालिकामा विश्व आत्माहत्या रोकथाम दिवस सम्पन्न भएको छ । रोटरी क्लब अफ कपिलवस्तुले आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । समाजमा आत्महत्या रोकथामका विषयमा जनचेतना फैलाउने उदेश्यले कार्यक्रम आयोजना गरेको रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष बाल कृष्ण पान्डेयले जानकारी दिनुभयो ।कार्यक्रममा “आत्महत्या रोकथाम बारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं” भन्ने नाराका साथ र्याली निकालिएको अध्यक्ष पान्डेयले बताउनु भयो । र्यालीको शुरुवात सन्जिवनी अस्पताल देखी दुर्गा मन्दिरसम्म गरिएको थियो ।र्याली कार्यक्रममा शिवराज स्वास्थ्य शाखाका प्रमुख चुडामणि भट्टराईले आत्माहत्या रोकथामका बारेमा प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रममा रोटरी क्लब कपिलवस्तुका पुर्वअध...
फलाहारी बाबा बहुमुखी क्याम्पस तिजकाे शुभकामना आदानप्रदान

फलाहारी बाबा बहुमुखी क्याम्पस तिजकाे शुभकामना आदानप्रदान

Uncategorized, कला साहित्य
धर्मेन्द्र कुमार कुर्मी गेडुवाजोत कपिलवस्तुकाे फलाहारी बाबा बहुमुखी क्याम्पसमामा नेपाली नारीहरुकाे महान पर्व हरितालिका तिजकाे अवसरमा शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । तिज पर्वकाे साँस्कृतिक महत्त्व विषयमा अन्तरक्रिया गरि तिजमिलन कार्यक्रम मनाइएको हाे । स्ववियु सभापति अभिषेक मणि यादव को अध्यक्षता क्याम्पस संचालक समितिका अध्यक्ष श्यामसुन्दर चौधरीको प्रमुख अतिथियतामा र क्याम्पस प्रमुख सुर्यलाल कसौधन विशिष्ट अतिथिता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरुबाट नृत्य कविताको माध्यमबाट लैङिक हिंसा विरुद्ध र समाजिक विकृति ,महिला-पुरुष बीचको विभेदको विरुद्धमा प्रस्तुति गरिएको थियो । क्याम्पस प्रमुख सुर्य लाल कसौधनले एकआपसमा समझदारी भएपछि सामाजिक सद्भाव कायम हुनुको साथै हिंसा र द्वन्द्व न्यूनीकरण हुँदै जाने उनकाे भनाइ राख्नु भएको थियो छ । प्रमुख अ...
मंत्री र नगर सभापतिको भेटघाट

मंत्री र नगर सभापतिको भेटघाट

मुख्य समाचार, राजनीति
सुधांशु गिरी कृष्णनगर/ भदौ २० मिति २०८१/०५/२० गते दिन विहिवार विहान १० बजे वन तथा वातावरण राज्य मन्त्री रुपा बिका बिनय कुमार गिरी (नगर सभापति, नगर कार्य समिति) कृष्णनगर कपिलवस्तु संग चिया तथा अनौपचारिक भेटघाटका लागि बिनय कुमार गिरी (नगर सभापति)को निवास स्थान भेटेको हुन । उक्त भेटघाटको बेला ब्रहानन्द उपाध्याय, घनश्याम अग्रहारी (वडा अध्यक्ष-४), अखिलेश कुमार ठाकुर (वडा सदस्य-४), शिवम गिरी (समाजसेवी), चन्द्रीका प्रसाद यादव, राम सुरत यादव लगायत नेपाली कांग्रेसका कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो । ...
कृष्णनगर क्वारेन्टाइनका प्रमुख ले घुस माग्दै

कृष्णनगर क्वारेन्टाइनका प्रमुख ले घुस माग्दै

मुख्य समाचार
बिनोद ओझा भादौ १७ कपिलवस्तु : कृष्णनगर प्लान्ट क्वारेन्टाइनका प्रमुख बुद्धिराम भट्टराईले सेवाग्राहीसँग घुस माग्ने गरेको तथ्य बाहिर आएको छ।क्वारेन्टाइन प्रमुख भट्टराईले स्थानीय सेवाग्राहीसँग पटक-पटक घुस रकम माग्ने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका छन्। भारतबाट कृष्णनगर नाका हुँदै नेपालतर्फ भित्रने साग सब्जी, फलफूल, तरकारी, खाद्यान्न लगायतका प्लान्टजन्य वस्तुहरूको विषादी परीक्षणमा सहजता गर्ने भन्दै उनले सेवाग्राहीसँग घुस रकम माग गर्ने गरेका हुन्। प्लान्ट क्वारेन्टाइनका सिलसिलामा मासिक रूपमा स्थानीय व्यवसायीहरूसँग उनले मासिक लाखौं रुपैयाँ उठाउँदै आएको स्थानीय व्यवसायीको भनाई छ। प्लान्ट क्वारेन्टाइनले प्लान्टजन्य वस्तुको विषादीलगायतको परीक्षण गरी सकेपछि क्वारेन्टाइन रिर्पोटको आधारमा भन्सारबाट गाडी जाँच पास भएर नेपाल भित्रने गर्छ। क्वारेन्टाइनका नाममा अनावश्यक दुख दिने,गाडी जा...
शिवराजमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

शिवराजमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

स्वास्थ्य/उपचार
राजकुमार ठाकुर भदौ १६ कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको शिवराज आधारभूत स्वास्थ्यसेवा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरिएको छ शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले स्वास्थ्य बिमा कार्यक्रम सेवा प्रारम्भको औपचारिक शुभारम्भ गर्नुभएको छ ।बिमा लागु भएपछि बिमित सेवाग्राहीले १२ सय प्रकारका औषधि बिमा मार्फत प्राप्त गर्न सक्नेछन । बिमा प्रक्रिया अनलाइन पद्धति बाट कार्यान्वयन गर्नुपर्नेहुदा थुप्रै चुनौती रहेपनि यसलाई सफल बनाउन सवै लागुपर्नेमा बक्ताहरूले जोड दिनुभयो ।कोरोनाकालमा निर्माण भएको भवन बाट सेवा प्रदान गरिरहेको अस्पतालले पछिल्लो समय छुट्टै भवन बाट पोस्टमार्टम सेवा पनि प्रदान गर्दै आइरहेको छ ।कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्वासेको अध्यक्षता र नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...
एमाले शिवाराजको नगर अधिवेशन को को भए निर्वाचित

एमाले शिवाराजको नगर अधिवेशन को को भए निर्वाचित

राजनीति
राजकुमार ठाकुर कपिलवस्तु – नेकपा एमाले शिवराज नगरपालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट महादेव पोख्रेल अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा टेकलाल सापकोटा ,सचीवमा रोसन एमसी ,उपसचिवमा गोपाल प्रसाद बन्जाडे ,महिला उप सचीवमा शान्ता बिक निर्वाचित हुनु भएको हो ।अध्यक्ष पदमा पोखरेल,सचीवमा एमसी र महिला उपसचिव र अन्य सदस्य पदमा सर्वसम्मत नेतृत्व चय भएको हो भने उपाध्यक्ष पदमा मतदान भएको थियो । उपाध्यक्ष पदका उम्मेदवार टेकलाल सापकोटा ७९ मत सहित बिजयी हुनु भएको छ भने उहाँका प्रतिशप्रधी ढुंण्डिराज अधिकारिले ४८ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै उप सचीव पदमा गोपाल प्रसाद बन्जाडेले ८३ मत सहित बिजयी हुंदा उहाँका प्रतिशप्रधी बेलसिंह रावतले २८ र राजकुमार यधा क्षेत्रीले १५ मत प्राप्त गर्नु भएको थियो ।त्यस्तै लेखा आयोग अध्यक्षमा नारायण आचार्य ,उपाध्यक्षमा घनश्याम ब...
मुख्यमन्त्री सिंह मन्त्रालय सम्मा ई-रिक्सामा

मुख्यमन्त्री सिंह मन्त्रालय सम्मा ई-रिक्सामा

अचम्मका कुरा, मुख्य समाचार
कृष्ण गिरी भदौ १५ जनमत पार्टीका नेता सतिश सिंह मधेश प्रदेशको मुख्‍यमन्त्री नियुक्त भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पद तथा गोपनीयताको शपथ लिने ई-रिक्सामा यात्रा गरेको छन । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार बिहान सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री सिंहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार बिहान १२ः२१ बजे शपथ ग्रहणको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। सिंहले शुक्रबार बिहान ६ दलका ५५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। उनलाई जनमतसँगै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका सांसदले समर्थ...