Saturday, September 12Nepali Online News Portal

Author: Krishnanagar Today

तस्करीको गढ बन्यो मन्दिर

तस्करीको गढ बन्यो मन्दिर

मुख्य समाचार, सुचना प्रविधि
प्रदीप चौबे लक्ष्मीनगर / भादौ १४ कृष्णनगर नगरपालिका-३, लक्ष्मीनगर गाउँका दक्षिण तर्फ अवस्थित माता समामाई मन्दिर तस्करहरु को गढ बनी सकेको छ । समामाई माताको मन्दिर कृष्णनगर नगरपालिका-३, लक्ष्मीनगर गाउँको दक्षिण र भारतके सीमाको उत्तर तर्फ रहेको पुरानो प्रशिद्ध माताको मन्दिर हो । यो मन्दिरमा पुजाआजा गर्ना प्रतिदिन भक्तहरु आउने नित्य पुजापाठ गर्दै गरेको दिखिन्छ । यो मन्दिर भारत/ नेपाल सीमाना संग जोडियेको कारण तस्कर हरुको गढ बनीसकेको छ । भारत बाट नेपाल र नेपाल बाट भारत तर्फ तस्करी गरि लैजाने समाग्री जस्तै चामल, लसुन, औषधि, कपडा, फलामको कबाड जस्ता समानहरु सजिलै संग तस्करी गर्ना सकिन्छ र तस्करहरु यसै बाटोलाई अपनाएको छन । मिति २०८१ साल भदौ १२ गते बुधबारका दिन समय अन्दाजी करिब दिउँसो ०१:१५ बजे कृष्णनगर सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक- भुपेन्दरको अगुवाईमा टोलीले १०/११ बोरा चामल माता ...
महिला कामदारलाई यातायातमा छुट

महिला कामदारलाई यातायातमा छुट

मुख्य समाचार
राज कुमार ठाकुर शिवराज/ भदौ १३ शिवराजका महिला कामदारलाई यातायात भाडामा छुट शिवराज नगरपालिकाले नगरपालिकाको कार्यालय र विभिन्न उद्योगमा कार्यरत महिला कामदारहरूलाई यातायात भाडामा ७०५ छुटको व्यवस्था गरेको छ। शिवराज नगरपालिकाको कार्यालयमा आयोजित बैठकको निर्णयअनुसार, महिला कामदारहरूले सम्बन्धित यातायात व्यवसायी प्रा।लि।बाट यो सुविधा प्राप्त गर्न सक्नेछन्।उक्त सुविधा प्राप्त गर्न महिलाहरूले आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ। सूचनामा उल्लेख गरिएका यातायात व्यवसायी प्रा।लि।हरूमा कृष्णनगर यातायात, बुटवल यातायात, पश्चिमाञ्चल बस व्यवसायी, र सजिलो यातायात प्रा।लि। परेका छन्।नगर प्रमुखको हस्ताक्षरसहित जारी गरिएको यो सूचनाले महिलाहरूलाई कार्यस्थलमा आवतजावत गर्न थप सुविधा दिने उद्देश्य राखेको छ। महिला दिदिबहिनीको सुरक्षा र आर्थिकलाई मध्यनजर गर्दै यो निर्णय गरिएको मेयर अजय था...
लागू औषध सहित २ जना पक्राउ

लागू औषध सहित २ जना पक्राउ

समाचार
कृष्ण गिरी नवलपरासीमा/ भदौ ११ हिजो सोमवार रामग्राम नगरपालिका वडा नं.४ यातायात व्यवस्था कार्यालय नजिकै दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ४५ प ९०९८ नम्बरको मोटरसाईललाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनि कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। लागु औषध सहित सुनवल नगरपालिका वडा नं.३ देवकोटा टोल बस्ने ३८ बर्षिय केशव श्रेष्ठ र सोही ठाउँ बस्ने ३८ बर्षिय प्रशान्त गुरुङ सहित नाईट्रोभेट ३० ट्याब्लेट,स्पास्मो १८० क्याप्सुल र ओनोरेक्स १ सय एम यलको २ बोतल नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रतिबन्धित लागू औषध सहित दुबै जनालाई पक्राउ गरी मंगलवार लागू औषध सम्वन्धी कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलप...
चन्द्रौटा दुर्घटनामा २६  जना घाईते

चन्द्रौटा दुर्घटनामा २६ जना घाईते

समाचार
राज कुमार ठाकुर चन्द्रौटा/ भादौ ११ सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका-१, बनकसबासा मा दुर्घटना भएको छ । बसमा सवार २६ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो । बसमा सवार २६ यात्रु घाइते भएक जानकारी दिनु भएको छ । घाइतेको चन्द्रौटास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । ...
कुनाल शाह द्वारा उद्घाटन

कुनाल शाह द्वारा उद्घाटन

आर्थिक, समाचार
सुधांशु गिरी कृष्णनगर-३, चैपुरवा कपिलवस्तुको कृष्णनगर नगरपालिका-३, चैपुरवा जाने रोड कृष्णानगर स्वास्थ्य चौकीको छेउमा संचालनमा आएका नेपाल हार्डवेयर एण्ड फर्नीचर पसलको उद्घाटन कृष्णानगरका पूर्व मेयर प्रत्याशी, नेकपा एमालेका जिल्ला सदस्य कुनाल प्रताप शाह द्वारा उद्घाटन गरियेको छ । उक्त उद्घाटनको अवसरमा कपिलवस्तुको कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह, कृष्णनगर नपा-३, वडा अध्यक्ष सगिर ‌अहमद खां, कैफ खान, डा. सलमान खान, युवा व्यापारी असलम खां, लुम्बिनी प्रदेश मदरसा‌‌ बोर्ड‌का उपाध्यक्ष मौलाना‌ मशहुद खां नेपाली तथा समाजसेवीहरुको उपस्तिथि रहेको जानकारी कृष्णानगर नगरपालिका वार्ड न.४ वार्ड कमेटी अध्यक्ष नेकपा एमाले पार्टी का नेता गौरव मणि त्रिपाठी । ...
कृष्ण जन्मदिनको अवसरमा शुभकामना

कृष्ण जन्मदिनको अवसरमा शुभकामना

कला साहित्य, समाचार
धर्मेन्द्र कुमार कुर्मी विजयनगर/ भाद्र ९ कृष्णनगर नगर पालिका 2 कपिलवस्तु डा:पूनम चौहान डा: सुनील कु चौहान (MBBS) भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा कृष्ण जन्मदिनको अवसरमा कपिलवस्तु वासीलाई शुभकामना संजीवनी हेल्थ क्लिनिक द्वारा शुभकामना व्यक्त गरेको छ । कृष्ण जन्मदिन हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । यो पर्व भगवान कृष्णको जन्म हुन्जेल राती १२ बजे सम्मा गीत गाउदै पुजापाठ गर्दै गरि रहेको हुन्छन भन जन्म पछि प्रसाद वितरण गर्ने प्रथा रहेको छ । कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग,कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ। जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा...
पोखरेल र अधिकारीको प्रतिस्पर्धा

पोखरेल र अधिकारीको प्रतिस्पर्धा

मुख्य समाचार, राजनीति
राज कुमार ठाकुर चन्द्रौटा/ भद्र ९ नेकपा एमाले शिवराज : पोखरेल र अधिकारीको प्रतिस्पर्धा , वडामै भयो निर्वाचन नेकपा एमाले शिवराज नगर अधिवेशनमा नेतृत्व चयनका लागि कडा प्रतिस्पर्धा हुने भएको छ । भदौ १३ गते हुने नगर अधिवेशनमा सर्वसम्मत नेतृत्वचयन गर्ने प्रयास असफल भएपछि निर्वाचनको सम्भावना बलियो भएको हो।शिवराज नगरकमिटीको अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष महादेव पोखरेल र सचिव शरद अधिकारी बीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । दुवै नेताले करिब १५ दिनअघि नै आफ्नो उम्मेदवारीको घोषणा गरेका थिए। सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहे पनि, दुबै नेताले पछाडि नहट्ने अडानका कारण सहमति जुट्न सकेको छैन ।वडाबाट चयन भएका प्रतिनिधिमै विवाद उत्पन्न भएपछि नगर अधिवेशनमा पनि सहमतिको सम्भावना न्यून देखिएको छ । वडा न ५ बाट प्रतिनिधि छनोट निर्वाचन प्रकृया बाट हुने भएको छ । १० जना प्रतिनिधिको लागि ४५ जनाले इच...

मोमिताको सम्झनामा दीप प्रज्वलन

जीवनशैली, समाचार
राज कुमार ठाकुर चन्द्रौटा/ भाद्र ९ डाक्टर मोमिताको सम्झनामा कपिलवस्तुमा दीप प्रज्वलन भारतको डाक्टर मोमिता देबनाथको बलात्कारबाट मृत्यु भएको घटनाले समाजमा ठूलो असर पारेको छ । यस घटनाप्रति संवेदनशीलता व्यक्त गर्दै कपिलवस्तुको चन्द्रौटा चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।चन्द्रौटामा रहेका विभिन्न संघ संस्थाहरुको पहलमा आयोजित दिप प्रज्वलन कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापा, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका कपिलवस्तु अध्यक्ष विष्णु खतिवडा, महिला अधिकारकर्मी मिना परियार, अधिकारकर्मी महादेव पोख्रेल,तौलेश्वर चौधरी, अजय सिंह, लेखनाथ घर्ती, दिपक द्विबेदी, जगत पौडेल, खगेश्वर गिरी, सोना मिश्रा, कविता आचार्य,इन्दु चौधरी, अर्जुन बेल्बासे लगायतको सहभागिता रहेको थियो।कार्यक्रममा उपस्थित व्यक्तिहरुले डाक्टर मोमिता देबनाथको परिवारप्रति समवेदना प्रकट गर्दै यस्ता अपराधहरुलाई समा...
नाकामा चावल तस्करी

नाकामा चावल तस्करी

आर्थिक, मुख्य समाचार
कृष्णनगर/ भद्र ८ कपिलवास्तुको कृष्णनगर नाका हालको समयमा चावल तस्करहरूका लागि हबमै परिणत हुन पुगेको छ । तस्करहरूले स्थानीय प्रहरीदेखि जिल्ला प्रहरीसम्म मासिक मोटो रकमको नजराना बुझाए पश्चात् तस्करहरूका लागि कृष्णनगर नाका हबमै परिणत हुन पुगेको हो । कृष्णनगर तस्करको रूपमा सीमा नाका स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयुक्ति टोलिलाइ भारतको बढ़नीबाट समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्यूटी मिलान गराएर मात्र अबैध तरिकाले नेपाल भित्रयाउने गरेको छ । यस बिषयमा नेपाल प्रहरी संगठनका प्रमुख लगायत सीमामा खटिने सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुखको ध्यान पुग्न अति अवाश्यक देखिन्छ । सशस्त्र प्रहरी बल नेपाल संगठन प्रमुखको ध्यान पुगे पनि केही हुने वाला छैन । ...
सशस्त्र प्रहरी अब्बल- अर्याल

सशस्त्र प्रहरी अब्बल- अर्याल

मुख्य समाचार, सुचना प्रविधि
राज कुमार ठाकुर चन्द्रौटा/ भदौ ७ कपिलवस्तु सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक आईजीपी राजु अर्यालले सशस्त्र प्रहरी बलले सीमा सुरक्षाको जिम्मेवारी दृढतापूर्वक पूरा गर्दै आएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देही, चन्द्रौटा, कपिलवस्तुमा सातौं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका आईजीपी अर्यालले सीमा क्षेत्रमा प्रहरी बलले प्रभावकारी रूपमा निगरानी गर्दै आएको र नागरिकहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न सशक्त रूपमा क्रियाशील रहेको स्पष्ट पारे । आईजीपी अर्यालको भनाई अनुसार - “सशस्त्र प्रहरी बलले चौकिदारको भूमिकामा रहेर सीमा क्षेत्रको सुरक्षा, अपराध नियन्त्रण र राजस्व चुहावट रोक्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छन । राज्यले दिएको अधिकारको भरपुर उपयोग गर्दै नागरिकहरूको शान्ति र सुरक्षा सुनिश्...