कपिलवस्तुमा विश्व आत्माहत्या रोकथाम दिवस मनाइयो
राज कुमार ठाकुर चन्द्रौटा
भादौ २५
कपिलवस्तुमा विश्व आत्माहत्या रोकथाम दिवस मनाइयो
रोटरी क्लब अफ कपिलवस्तुको आयोजनमा शिवराज नगरपालिकामा विश्व आत्माहत्या रोकथाम दिवस सम्पन्न भएको छ । रोटरी क्लब अफ कपिलवस्तुले आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । समाजमा आत्महत्या रोकथामका विषयमा जनचेतना फैलाउने उदेश्यले कार्यक्रम आयोजना गरेको रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष बाल कृष्ण पान्डेयले जानकारी दिनुभयो ।कार्यक्रममा “आत्महत्या रोकथाम बारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं” भन्ने नाराका साथ र्याली निकालिएको अध्यक्ष पान्डेयले बताउनु भयो । र्यालीको शुरुवात सन्जिवनी अस्पताल देखी दुर्गा मन्दिरसम्म गरिएको थियो ।र्याली कार्यक्रममा शिवराज स्वास्थ्य शाखाका प्रमुख चुडामणि भट्टराईले आत्माहत्या रोकथामका बारेमा प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रममा रोटरी क्लब कपिलवस्तुका पुर्वअध...









