Friday, July 24Nepali Online News Portal

लागू औषध सहित २ जना पक्राउ


   

कृष्ण गिरी
नवलपरासीमा/ भदौ ११

हिजो सोमवार रामग्राम नगरपालिका वडा नं.४ यातायात व्यवस्था कार्यालय नजिकै दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ४५ प ९०९८ नम्बरको मोटरसाईललाई शंकाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट मुनि कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

लागु औषध सहित सुनवल नगरपालिका वडा नं.३ देवकोटा टोल बस्ने ३८ बर्षिय केशव श्रेष्ठ र सोही ठाउँ बस्ने ३८ बर्षिय प्रशान्त गुरुङ सहित नाईट्रोभेट ३० ट्याब्लेट,स्पास्मो १८० क्याप्सुल र ओनोरेक्स १ सय एम यलको २ बोतल नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिबन्धित लागू औषध सहित दुबै जनालाई पक्राउ गरी मंगलवार लागू औषध सम्वन्धी कसुर शिर्षकमा मुद्धा दर्ता भई सम्मानित जिल्ला अदालत परासीबाट ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्