Friday, July 24Nepali Online News Portal

शैक्षिक गुणस्तर बढाउन शिवराज ६ मा निःशुल्क कोचिङ सुरु


   

राजकुमार ठाकुर कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले विद्यार्थीहरूको शैक्षिक गुणस्तर बढाउनका लागि आजबाट निःशुल्क कोचिङ सञ्चालन गरेको छ ।शिवराज नगरपालिका वडा नं ६ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरी र आधारभूत विद्यालय धर्मनगरका विद्यार्थीहरुको लागि कोचिङ सेन्टर सञ्चालन गरेको वडा अध्यक्ष माहेताव आलम खाले जानकारी दिनुभयो ।त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरीमा सञ्चालन भएको कोचिङ सेन्टरमा १५० जना विद्यार्थी र आधारभूत विद्यालय धर्मनगरमा सञ्चालन भएको कोचिङ सेन्टरमा ५० जना गरी कुल २०० जना विद्यार्थीहरू लाभान्वित हुने अध्यक्ष खाले बताउनु भयो ।त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरिका कक्षा ८, १० र आधारभूत विद्यालय धर्मनगरका कक्षा ८ का विद्यार्थीहरूलाई निःशुल्क रुपमा कोचिङ सेन्टर सञ्चालन गरिएको विद्यालय प्रशासनले जनाएको छ वडा कार्यालयबाट निःशुल्क रुपमा कोचिङ सेन्टर सञ्चालन गर्दा स्थानीय विद्यार्थी खुसी व्यक्त गरेका छन ।आफ्नो वडाको लगानीमा स्थानीय विद्यालयमा निःशुल्क रुपमा कोचिङ सेन्टर सञ्चालन हुँदा अभिभावकहरू समेत खुसी भएका छन ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्