इफ्तार कार्यक्रममा पुगेका शाह
राज कुमार ठाकुर चंद्रौटा
इफ्तार कार्यक्रममा पुगेका शाह
इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकामा इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा नेपाली कांग्रेसका युवानेता तथा संविधानसभा सदस्य अभिषेक प्रताप शाहको विशेष सहभागिता रहेको थियो ।कार्यक्रमका क्रममा शाहले रमजान महिनाको पवित्रता र धार्मिक सहिष्णुताको महत्त्वलाई उल्लेख गर्दै मुस्लिम समुदायका लागि शुभकामना व्यक्त गर्नुभयो ।उहाँले सबै धर्म, जात र समुदायबीच भाइचाराको सम्बन्धलाई बलियो बनाउन इफ्तार कार्यक्रम जस्ता अवसरहरू महत्त्वपूर्ण रहने बताउनुभयो । साथै, मुस्लिम समुदायको विकास र समृद्धिका लागि सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो ।शिवराज नगरपालिका–८ का वडाध्यक्ष रिजवान अहमद खाँले विशनपुरमा कार्यक्रमको आयोजना गर्नुभएको हो ।कार्यक्रममा सहभागी भएका संविधानसभा सदस्य शा...









