राज कुमार ठाकुर
अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना एक जनाको मृत्यु
अर्घाखाँचीको मालारानी गाउँपालिकामा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउपालिका(२ कुभिन्डेमा बुटबल बाट मालारानी आउदै गरेको लु१ ज ४२२६ नम्वरको जिप दुर्घटना भएको हो ।दुर्घटनामा जिप चालक अर्घाखाचीको मालारानी २ का अन्दाजी ५१ बर्षिय कृष्णलाल मरासिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताएका छन् । घटना कसरी भयो भन्ने बारे अनुसन्धान भैरहेको डिएसपी मल्लले बताए ।
