राज कुमार ठाकुर
चन्द्रौटा, शिवराज
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ६ का स्थानीयवासीलाई लमखुट्टेको टोकाइबाट बचाउन झुल वितरण गरिएको छ ।वडा कार्यालयद्वारा आयोजित कार्यक्रममा ५०५ जनालाई झुल वितरण गरिएको वडा अध्यक्ष माहेताब आलम खाले जानकारी दिनुभयो ।वडा अध्यक्ष खाका अनुसार वृद्ध, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिला तथा गर्भवती महिलालाई प्राथमिकता दिई झुल वितरण गरिएको हो ।अध्यक्ष खाले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । “डेंगु, मलेरिया तथा लमखुट्टेबाट सर्ने अन्य रोगहरूबाट बच्न झुल उपयोगी भएकाले झुल वितरण गरेको बताउनु भयो ।वडा सचिव राम प्रसाद चौधरीका अनुसार झुल वितरणले स्थानीयको स्वास्थ्य सुधारमा सहयोग गर्ने विश्वास गरिएको छ ।गर्मी मौसममा लमखुट्टेको टोकाइबाट धेरै समस्या हुने भएकाले यो कार्यक्रम महत्वपूर्ण रहेको वडा सचिव राम प्रसाद चौधरीले जानकारी दिनुभयो ।झुल पाएपछि स्थानीय नागरिक खुसी भएका छन । उनीहरूले वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगी कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन ।
