राज कुमार ठाकुर चंद्रौटा
कपिलवस्तुको शिवराजमा शतचण्डी महायज्ञ तथा श्रीराम कथा आयोजना हुँदै
विश्वकल्याणार्थ श्री शतचण्डी महायज्ञ तथा संगीतमय श्रीराम कथा शिवराज नगरपालिकामा आयोजना हुने भएको छ । शिवराज नगरपालिका–७, कपिलवस्तुमा यही चैत ८ गते ९मार्च २१, २०२५ शुक्रबारका दिन कलश यात्रा तथा कथा प्रवचन प्रारम्भ हुने आयोजकले जनाएका छन् ।आयोजनाको प्रमुख उद्देश्य धार्मिक तथा आध्यात्मिक चेतनाको विस्तार गर्नु रहेको छ । कथा प्रवचन कार्यक्रम प्रत्येक दिन साँझ ७ बजेबाट सुरु हुने वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो ।महायज्ञको अन्तिम दिन चैत १६ गते ९मार्च २९, २०२५ शनिबारका दिन हवन तथा प्रसाद वितरण गरिनेछ शिवराज ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो ।कथावाचक कृष्ण शास्त्री महाराज रहनुहुनेछ भने यज्ञाचार्यको जिम्मेवारी आचार्य पन्डित शिवम पाण्डेयले सम्हाल्नुहुने छ। प्रमुख आयोजकका रूपमा वडा अध्यक्ष अनुप कुमार चौधरी रहेका छन्।आयोजक समितिले धार्मिक उत्सवलाई भव्य र सभ्य बनाउन सबै भक्तजनलाई सहभागी हुन अनुरोध गरेको छ ।
