गाडी चेकजाँचको लागि ट्राफिक उपकरण
प्रदीप चौबे / बैशाख १७
कपिलवस्तु जिल्लाकाे कृष्णनगर बजार क्षेत्रमा अत्याधुनिक क्यामेरा जडानसहित गाडीकाे नम्बर प्लेटसमेत स्क्यान हुने भएकाे छ । कपिलवस्तु जिल्लामा पहिलाे पटक बजार क्षेत्र लगायत गाडीकाे नम्बर प्लेटसमेत स्क्यान गर्ने अत्याधुनिक क्यामेरा जडान गरिएकाे हाे ।
कृष्णनगरकाे सुरक्षा व्यवस्था चुस्तदुस्त बनाइएकाे छ । कृष्णनगर बजार क्षेत्र , बहादुरगंज हुलाकी बाटाेकाे गाैरव शाह चाैक भन्सार , बसपार्क , गाेलघर लगायतका स्थानमा कुल २४ थान क्यामेरा जडान गरिएकाे इलाका प्रहरी कार्उालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभएकाे छ । सिमा क्षेत्रका बजार र वरपर एरियामा सुरक्षा चुनाैतीलाई समाधान गर्न कपिलवस्तुमै पहिलाे पटक नया प्रविधियुक्त ANPR (ए.एन.पी.आर) कैमरा २ थान र त्यसका सहायक २ थान कृष्णनगर- चन्द्राैटा सडकखण्डमा जडान गरिएकाे छ । क्यामेराले भेहिकल टाइप , भेहिकल क्ल...









