Friday, May 29Nepali Online News Portal

गाडी चेकजाँचको लागि ट्राफिक उपकरण


   

प्रदीप चौबे / बैशाख १७

कपिलवस्तु जिल्लाकाे कृष्णनगर बजार क्षेत्रमा अत्याधुनिक क्यामेरा जडानसहित गाडीकाे नम्बर प्लेटसमेत स्क्यान हुने भएकाे छ । कपिलवस्तु जिल्लामा पहिलाे पटक बजार क्षेत्र लगायत गाडीकाे नम्बर प्लेटसमेत स्क्यान गर्ने अत्याधुनिक क्यामेरा जडान गरिएकाे हाे ।

कृष्णनगरकाे सुरक्षा व्यवस्था चुस्तदुस्त बनाइएकाे छ । कृष्णनगर बजार क्षेत्र , बहादुरगंज हुलाकी बाटाेकाे गाैरव शाह चाैक भन्सार , बसपार्क , गाेलघर लगायतका स्थानमा कुल २४ थान क्यामेरा जडान गरिएकाे इलाका प्रहरी कार्उालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिनुभएकाे छ । सिमा क्षेत्रका बजार र वरपर एरियामा सुरक्षा चुनाैतीलाई समाधान गर्न कपिलवस्तुमै पहिलाे पटक नया प्रविधियुक्त ANPR (ए.एन.पी.आर) कैमरा २ थान र त्यसका सहायक २ थान कृष्णनगर- चन्द्राैटा सडकखण्डमा जडान गरिएकाे छ । क्यामेराले भेहिकल टाइप , भेहिकल क्लर , स्पिड चेक गर्न सक्ने क्षमता रहेकाेले सबै प्रकारका गाडीहरु खासगरी अवैधानिक क्रियाकलापमा संग्लन हुने गाडी र दुर्घटना गरि भाग्ने अपराधीसमेतलाई समात्न सकिने छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरकाे पहल तथा कृष्णनगर नगरपालिकाकाे आर्थिक सहयाेगमा प्रहरी कार्यालयभित्र सिसिटिभी क्यामेरा जडान गरिएकाे हाे ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्