Friday, May 29Nepali Online News Portal

नायक जस्तो पहिचान, बच्चा चौधरी


   

लालु चौधरी
शिवराज नगर्पालिका

नायकको जस्तो पहिचान बनाउँदै दमकलका चालक राजेन्द्र चौधरी “बच्चा दाई”

शिवराज नगरपालिकामा विगत ८ बर्ष देखी कार्यरत बरूणयन्त्रका चालक ४० वर्षीय राजेन्द्र कुर्मी पटेल । उहाँको कार्य शैली कुनै नायक भन्दा कम छैन्। सरल, सालिन र नम्र स्वभावका पटेल स्थानीय स्तरमा “बच्चा प्रधान” को रूपमा प्रख्कयात छन्। उहाँ भन्नुहुन्छ “कति बेला कठिन र कठोर कार्यको सुरुवात थाहा नै हुँदैन।आफ्नो कार्य प्रति इमान्दारी पूर्वक २४ शै घण्टा तयारी अवस्थामा रहेर काम गर्नुपर्छ। उहाँको फोनको घण्टी बज्छ र हतारिदै साइरन बजाउँदै घटनस्थलमा पुगी कार्य सम्पन्न गरी फर्किनु वहाँको दिनचर्या भइसकेको छ । कुनै कुनै बेला त भोक भोकै भएर पनि घटनस्थालमा पुग्नु पर्ने अवस्था आएको हुन्छ । अहिले हावा हुरी र आगजनी बढी हुने समय भएकोले निरन्तर तयारी अवस्थामा नै बस्नु हुन्छ । आगो लागेको सूचना पाउने बित्तिकै शिवराज नगरपालिका भित्र मात्रै नभएर विजयनगर, कृष्णनगर ,महाराजगन्ज, कपिलवस्तु नगरपालिका लगायत आवश्यक परेको बेला जिल्लामा मात्र सीमित नभई छिमेकी दाङ तथा रूपन्देही जिल्लामा समेत जाने गरेका छन् । धेरै ठाउँमा आफूले गरेको कार्य देखेर सीडीओ तथा अधिकृतहरु बाट पुरस्कृत पनि भएका छन् । वास्तवमा हेर्दा न्यूनतम पारिश्रमिक र जोखिम कार्य भए त पनि आफ्नो कार्य बाट सन्तुष्ट रहनु भएका राजेन्द्र पटेल अन्य सामाजिक कार्यमा पनि उतिकै अग्रसर र सक्रिय रहनु हुन्छ । रक्तदान देखि लिएर सामाजिक जनचेतना मुलक र सरसफाई कार्यहरुमा वहाँको उपस्थिति भएकै हुन्छ ।

नम्र सालिन व्यवहार बाट जो कसै लाई पनि प्रभावित पार्न सक्ने पटेल आफूले गरेको मेहनत र कार्यको मूल्यांकन न हुँदा दुःख लाग्ने गरेको गुनासो सुनाए, कतिपय अवस्थामा आफूलाई संचो न भएको बेलामा पनि आगजनी भएको स्थलमा सूचना पाउने बित्तिकै पुगे त पनि स्थानीयहरुले दमकल ढिलो आयो भनेर भन्दै गर्दा मन खिन्न भएको तीतो अनुभव सुनाउनु भयो तर जे जस्तो भए त पनि आफ्नो कार्य प्रति सधैं तत्पर रहने शिवराज नगर पालिकाका मन्द मुस्कानसहितको रियल हिरो हुन राजेन्द्र कुर्मी पटेल (बच्चा दाई) वहाँको कार्यप्रति शिवराजनगरपालिका र शिवराज बासीले सधैं सम्मान र नमन् गर्दछन् ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्