Friday, May 29Nepali Online News Portal

सशस्त्र प्रहरी द्वारा गाई उद्बार


   


सुधांशु गिरी
कृष्णनगर ४/ बैशाख १०

मिति २०८२/०१/०९ गते राती १२:३५ बजे जिल्ला कपिलवस्तु, कृष्णनगनर न.पा. ४ रमुवापुर स्थित सार्वजनिक पानीको ईनारमा जिल्ला कपिलवस्तु, कृष्णनगनर न.पा. ४ रमुवापुर बस्ने प्रकाश कुमार शर्माको गाईलाई कुकुरले लखेट्दा उक्त ईनारमा खसेको खबर प्राप्त हुनासाथ उक्त स्थानमा स.प्र.बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर, कपिलवस्तुबाट स.प्र.ना.नि. सन्तोष हमालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त विपद् उद्बारका सामाग्रीहरु सहित ७ जनाको टोली खटि गई नेपाल प्रहरी र स्थानियबासीहरुको संयुक्त प्रयासमा राती ०१:५५ बजे जिवित अवस्थामा गाई उद्बार गरेको ।

साथै विगतमा पनि विपद्का घटनामा सशस्त्र प्रहरी बलबाट विपद् सम्बन्धी विशेष तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी खटिई उद्बार गरेको । सो सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर, कपिलवस्तुका गुल्मपतिले आफुसँग उपलब्ध श्रोत साधनको प्रयोग गरी उद्बार कार्य गरेको भए पनि विपद् व्यावस्थापनमा प्रयोग हुने श्रोत साधनको कमि रहेको । हामीसँग विपद् सम्बन्धी श्रोत साधन भएमा बिशेष तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुबाट बिपद् सम्बन्धी अझ परिस्कृत रुपमा कार्य गर्न सकिने बताउनु भयो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्