२५ हजार बढी पशुलाई भ्याक्सिन
धर्मेन्द्र कुमार चौधरी
विजयनगर/ जेठ २३
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले २५ हजार ६ सय ६७ पशुलाई भ्याक्सिन (डाेज) दिएकाे छ । गाउँपालिकाले वार्षिक कार्यक्रम २०८०/०८१ अन्तर्गत बाख्रा, भेडा, गाई, भैंसी, र गाेरुलाई नि:शुल्क भ्याक्सिन दिइएकाे पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले जानकारी दिए ।
शाखाका प्रमुख ठाकुराले १४ हजार ९ सय १९ ओटा बाख्रा र भेडालाई पिपिआर भ्याक्सिन (खाेप) दिएकाे बताए । यस्तै १० हजार ७ सय ४८ ओटा गाई, भैंसी र गाेरुलाई एफएमडी, एचएस र बिक्यु भ्याक्सिन दिइएकाे उनले बताए ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले गाउँपालिका भित्रको भेँडा, बाख्रा, गाई, भैँसी, गाेरुलाई पशुजन्य रोगबाट सुरक्षित राख्न गाउँपालिकाले कुनै कसर नराख्ने बताएका छन् । अध्यक्ष थापाले खोप लगाउन मात्र नभई पशु पालक किसानलाई खोप र रोगको बारेमा जानकारी समेत दिन गरि पशु प्राविधिकहरुलाई किसानकाे घरमै खटा...









