सुधांशु गिरी
सिर्सिहवा/ जेठ ९
मिति २०८१/०२/०९ गते दिन बुधबार सिर्सिहवा स्वास्थ्य चैकीमा कार्यक्रम तथा वडा अध्यक्ष घन्श्याम बनिया, अथिती-, वडा सदस्य-अखिलेश कुमार ठाकुर,अरुण उपाध्याय, सिर्सिहवा प्रहरी चौकी प्रमुख-फैजल खान , स्वास्थ्य सदस्यअजोरमती मौर्य, आई.पि.भी. अभियान तथा पुर्ण खोप दिगोपना तथा सुनिचितता समबन्धि अन्तर्गत वडा स्तरिय खोप समन्वय समितीको बैठक सिर्सिहवा स्वास्थ्य चौकीमा सम्पन्न भयो ।
- उक्त कार्यक्रममा सिर्सिहवा स्वास्थ्य चौकी प्रमुख सि.हे.व. राम कुमार गुप्ताले आई.पि.भी. खोप र बालबालिकामा लाग्ने विभिन्न रोग, समस्या बारे जानकारी दिनु भएको छ । साथै पोलियोमाईलिट्स, पोलियो उन्मुलन तथा हाल अवस्था, आई.पी.भी खोप र पोलियोको तीन चरण WILD POLIO VIRUS (WPV1,WPV2,WPV3) को व्याख्या गर्नु भएको हुन । आई.पि.भी खोप ०.५ मि.लि र २.५ मि.लि को भायलमा उपलब्ध हुन्छ । उक्त कार्यक्रममा अ.हे.व- बिरेन्द्र कुमार गुप्ता, शिव कुमार चौधरी (सि.हे.व) लगायत सम्पुर्ण कर्मचारीको सहाभगिता थियो ।
