समाजवादी ट्रेड युनियन महासंघ आबद्ध समाजवादी यातायात श्रमिक संगठनको प्रदेश २ स्तरिय भेला सम्पन्न भएको छ। धनुषाको जनकपुरमा आयोजित भेलाले संजितकुमार यादवको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ।
भेलालाई समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्बाङ्ग, उपाध्य्क्षहरु अर्जुन लम्साल, बिन्देश्वोर राय यादव, रिम बस्याल लगायतका नेताहरुले मन्तब्य राखेका थिए।
उक्त भेलाले पुराना यातायात श्रमिक नेता शिवनारायण यादवलाई इन्चार्ज तोकेको छ। भेलामा महासंघका केन्द्रिय उपमहासचिब हरिश दाहाल, प्रमोद पोख्रेल, केन्द्रिय नेताहरु ऋषीराम ढुंगाना, बासुदेव यादव, युवा नेता जगदीश महतो लगायतका श्रमिक नेताहरुको उपस्थिति रहेको प्रदेश अध्यक्ष फुल्गेंद्र प्रसाद साहले जानकारी दिए।
